Thursday, July 11, 2013

दोलखामा दुई वर्षमा फल्यो अनार किसान उत्साहित,

दिपिका भुषाल ,दोलखा
अषाढ २७
दोलखाको पश्चिमी गाउमा दुई वर्षअगाडि भ्याकुरे व्यवसायिक कृषक समूह स्थापना गरी घ्याङ्सुकाठोकर किसानहरु मिलेर व्यवसायिक अनार खेती सुरु गरेका थिए । दुइ वर्षअघि रोपिएको विरुवाबाट रहरलाग्दो अनारको बोटमा दाना फल्न थालेपछि घ्याङ्सुकाठोकरका बासीन्दाहरु खुसियालिनै देखिन्छन् ।

अर्को तर्फ खुसियाली कीसानले जिल्ला तथा जिल्लाबाहिर तथा राजधानिबाट आफ्ना साथि सङ्गी एवम् विभिन्न व्यक्तीत्वहरुलाई अनार चखाउने गरेका छन् । त्यस समुहले भारतबाट झिकाईएको उच्च गुणस्तरको अनारको विरुवासमेत कृषकले लगाईसकेका छन् । दोलखाका पश्चिमी गाउँमा भ्याकुरे व्यवसायीक कृषक समुह स्थापना गरी सुकाठोकरका किसानहरु मिलेर अनार खेति सुरु गरेका थिए । विरुवा रोपेको दुइ वर्षमै एक सयभन्दा बढि रहरलाग्दा अनार फलिसकेको मुस्कुराँउदै लालबहादुर पौडेलले भने, ‘यति चाँडै यति आम्दानि दीईहाल्ला भन्ने समेत सोचेको थिईन’ पौडेलले बताए । त्यस समुहको अनारको वगान हेर्न जानेको लर्को नै लाग्ने गरेको छ । त्यहाँ जाँदा अनारको स्वाद चखाएर व्यवसायिक बन्ने प्रेरीत गरेको छ ।


 हाल अनार बगानमा रातो र सेतो फल्न थालेका छन् । रातो बजारमा बढी माग भएकोले सेतो भन्दा रातो बढि मुल्यमा बिक्ने कीसानहरुको विस्वास रहेको छ । अनार खेतिलाई व्यवसायीक रुप दिनको लागि जिल्लाको जिल्ला कृषि कार्यालय, जिल्ला भु–संरक्षणको कार्यालय तथा स्थानिय गाविसले समेत सहयोग पु¥याउँदै आएका छन् । प्रति बोट ५० रुपैँया पर्ने अनारको विरुवा खेर जाला कि भन्ने डर लागेको थियो । करीब ५० हजार रुपैँयाको लगानि गरी मकै हुने वारीको चौरमा व्यवसायीक रुपमा सबै सुरु गर्दा अन्यले बहुलाएकाहरु हेर ! त्यस्ता मकै हुने चौरमा लगाएको भारतमा हुने अनार यहाँ के होला ? भन्ने गर्थे । अन्य किसानले त्यसो भनिरहँदा समुहमा आबद्ध सबै किसानलाई एक खालको निरासपन छाएको थियो । दुइ वर्ष नवित्दै अनार फल्न थालेपछि सबै किसानहरुमा हर्षको सिमानै रहेको थिएन । अनार खेति लगाउनेहरुको सरणमा आउने गरेका छन्, ‘हामिहरुले गलत बाटोमा लागेर तपार्इँहरुलाई भन्नु नभन्नु समेत भनेका रहेछौँ’,‘हामि समुहमा आबद्ध हुन के गनुपर्छ’ र ‘अनार रोप्न के गर्नुपर्छ’ जस्ता पछुताउँदै प्रश्न गर्ने गरेका छन्  अन्यले पनि अनार लगाउन सुरु गरिसकेका छन । अनार खतिमा आफुले सबै गाउँलेलाई उत्साह थप्दै सक्रीएताका साथ तिन वर्ष अगाडी देखि नै लागेको पुर्व जि.वि.स. उप–सभापति एवम् पुर्व एमाले जिल्ला अध्यक्ष समेत भएका सीवप्रसाद भण्डारीले भने, ‘जिल्ला सदरमुकाम छोडेर अनार खेतिमा सक्रीएताका साथ लागिरहेको छु, सदरमुकाममा केहि काम पर्दा मात्र जाने बाँकि समय अनारगाउँको रुपमै परिभाषित गर्नको लागि अनार विकासको विषयमा अहोरात्र खटिरहेको छु । सदरमुकाममा केहि महत्वपुर्ण काम हुँदामात्र जाने गरेको छु, राजनिति र व्यवसायलाई सँगसँगै लाने अठोटका साथ अगाडि बढिरहेको छु’ भण्डारीले बताए । यो वर्ष विशेष गरी देशकै पहिलो अनार दिवस सप्ताह घ्याङ्गमै कार्यक्रम गराएका थिए । त्यस कार्यक्रमलाई विशेष गरी उत्सवकै रुपमा विकास गर्ने समुहले बताइसकेको छ । त्यहि कार्यक्रमका अवशरमा कीसानले थप तिन हजार विरुवा भारतबाट आयात गरी रोपेका थिए ।

 अनार खेतिमा घ्याङ्गसुकाठोकरमा सफलता कमाएकोले दोलखा पनि अनार खेतिको संभावनाको जिल्लाको रुपमा घोषणा गर्दै कृषि कार्यालय तथा भु–संरक्षणले संयुक्त रुपमा विशेष गरी जफे, जुँगु, लामिडाँडा, खारे, च्यामा लगाएतका डेड दर्जन गाविसमा व्यवसायीक रुपमा अनार खेतिका लागि अनार समुह बनाएर प्रत्येक समुहलाई ५ हजार अनारको बिरुवा कार्यालयले वितरण गरेको थियो । ति समुहलाई अनार खेतिको बारेमा विभीन्न तालिमहरु दिँदै आइरहेको छ ।  दोलखाका विशेषगरी घ्याङ्गमा नेपालमै गुणस्तरीय अनार फल्न थालेपछि सरकारले समेत हावापानि र भुगोल अनुसन्धानको लागि दोलखा र रामेछापमा एउटा कार्यदल नै आउन लागिरहेको कृषि विभागले जनाएको छ । दोलखामा अनार खेतिको लगानि गर्न विभिन्न बैक तथा वित्तिय संस्थाहरुलाइ समेत अनुरोध गर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डेले जनाएका छन् । दोलखा र रामेछाप घर भएर वैदेशिक रोजगारको क्रममा रहेकाहरुले पनि यस विषयमा फोन गरेर जानकारी लीने गरेका छन्, कतिले त फर्किएपछि यहि व्यवसाय अङ्गाल्ने बताईसकेका छन् ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।