Tuesday, August 13, 2013

खिम्ती गा.वि.स.को एकै परिवारका ३ सहित ७ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपता (भिडियो)

Next latest news video


भिषण वर्षापछि रामेछापमा एकै परिवारका तीनसहित सातको मृत्यु, एक जना अझै बेपत्ता Ramechhap flood landslideरामेछाप, २९ साउन । (अपडेट) भिषण वर्षापछि आएको बाढी पहिरोले रामेछापको खिम्तीबेसी बस्ती बगाउँदा मृत्यु हुनेको संख्या सात पुगेको छ भने एक जना बेपत्ता रहेका छन् । सोमबार राति ९ बजेदेखि भएको मुसलधारे वर्षापछि आएको बाढीपहिरोमा परी एकै परिवारका तीनसहित सातको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक, विमलराज कँडेलका अनुसार मृत्यु हुनेमा खिम्ती– २ का ५५ वर्षीय भीमबहादर तामाङ, उनकी ४५ वर्षीया श्रीमती बाटुलीमायाँ तामाङ, उनकै ७५ वर्षीया आमा बुधुमाया तामाङ, खिम्ती– ३ की १३ वर्षीय सीता सुनवार, खिम्ती– ४ की २२ वर्षीया स्वस्थानी थापा, ५५ वर्षीया मिठु थापा र १३ वर्षीय केदार थापा रहेका छन् । भीमबहादुरका छोरा १२ वर्षीय ढल्के तामाङ भने अझै बेपत्ता रहेका छन् । सातको परिवारमध्ये तीनको मृत्यु, एक जना बेपत्ता र तीन जना गम्भीर घाइते भएका हुन् । रस्नालु स्थायी घर भएका उनीहरु खिम्तीमा कोठा भाडामा लिएर बस्दै आएका थिए । गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ, हेमबहादुर तामाङलगायतको देवीटारस्थित अस्पताल र फुलासिस्थित कृतिका डग हाउस अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा समेत पहिरोले क्षति पुर्याएका कारण उनीहरुको बाहिर सडकमा राखेर उपचार भइरहेको स्थानीयले बताएका छन् । स्थानीय खानी खोलामा आएको बाढीका कारण घटनाको जानकारी लगत्तै सदरमुकाम मन्थलीबाट हिँडेको नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीय प्रशासनको उद्धार टोली बिहान ७ बजेपछि मात्रै घटनास्थल पुगेको थियो । खिम्तीखोलामा आएको पहिरो पुलमा गएर रोकिएपछि बाढी खिम्तीबेसी बजार मोडिएको थियो । पुल बगाएका कारण थप क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ । बाढीले खिम्ती २, ३ र ४ का ६ वटा पक्कीसहित ६ वटा घर बगाएको छ भने डेढ दर्जनभन्दा बढी परिवारमा क्षति पुगेको छ । खिम्तीको पक्की पुलसमेत बगाएपछि आवतजावत बिच्छेद भएको छ भने मन्थली–काठमाडौं सडक पनि अवरुद्ध भएको छ । बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनाका लागि आजै जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने भएको छ । नयाँखवर डटकम

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।