Saturday, August 17, 2013

छविले भने ... प्रचण्डसँग जुन दिन गाना गाएर नाच्नु भो नि, त्यो मैले लगेको रेखाजीलाई . भिडियो ।


फिल्म लाइनमा रेखा थापाको प्रवेश कसरी भयो ? 
मैले नै ल्याएको हो उहाँलाई फिल्म लाइनमा । ‘हिरो’ रेखाजीको पहिलो र मेरो चौथो फिल्म थियो । त्योबेलामा नयाँ कलाकार लिने भन्ने सोच भयो । म इटहरी रेखाजी भन्ने एकजना हुनुहुन्छ, बडो राम्रो हुनुहन्छ भनेर चर्चा आयो । त्यही पनि मैले उहाँलाई बिर्सेको थिएँ । डाइरेक्टर सागर ढुंगेलजीले एउटा सिनेमा बनाउन शुरु गर्नुभएको थियो, सज्जा मैनालीलाई हेर्न जाऔं न त भनेर हाम्रो छलफल भयो । उहाँलाई भेट्न जाँदा मैले कान्तिपुर पत्रिका हेरें, त्यहाँ रेखाजीको फोटो आएको थियो । मैले रेखाको धेरै चर्चा आएको छ, उहाँलाई बोलाउँछु भनें । ठ्याक्क त्यही रेखाजीलाई चिन्ने मान्छे भेट भयो, उहाँले ए म रेखालाई चिन्छु, भरे रेखाजीलाई फोन गर्न लाउँछु भन्नु भो । नभन्दै बेलुका मलाई रेखाजीको फोन आयो । भोलिपल्ट भेट्न आउनुभो, भेट्न आउनेवित्तिकै मैले ‘ओके’ भन्दिएँ ।
 के आधारमा त्यसरी भेट्नासाथ ‘ओके’ भन्नुभएको ? 
उहाँ मोटरसाइकलमा आउनुभएको थियो । ठ्याक्क यहाँ उत्रिनुभयो । त्यहाँबाट यो अफिसमा छिरुञ्जेलमा मलाई भैसक्यो कि यो हिरोइन हुन्छ । रेखाजीले चाहिँ मेरो इटहरीमा चाइनिज ईंटावाल घर देखेको, हिरोइन (गीताञ्जली)को श्रीमान्, काठमाडौंमा भव्य अफिस होला भन्ने ठानेको रहेछ, तर, यही अफिस हो, सानो गाउँको जस्तो लागेछ । मैले पहिले नरेश पौडेललाई छवि ओझा बनाएर कुरा गराएँ, आफूलाई चिनाइँन । पछि म छवि ओझा हो भन्दा उहाँ छक्क पर्नुभो ।
भनेपछि रेखालाई तपाईले पहिलो हेराइमै सफल हिरोइन देख्नु भो ? 
उसले पहिले नै निर्धक्कसँग मसँग गफ गर्‍यो, डाइरेक्टरसँग गफ गर्‍यो । उसको इन्ट्रीबाटै थाहा हुन्थ्यो कि यो केटीले केही गर्छे । त्यही बेलामा मैले पूजना प्रधानलाई रेष्टुरेन्टबाट लिएर आएको हुँ । वहाँ रेष्टुरेन्ट टपटेनमा डान्स गर्नुहुन्थ्यो, त्यहाँ हेर्दाहेर्दै उहाँलाई हिरोइन बनाएको । एकजना मारवाडीका साथी नवीन श्रेष्ठलाई पनि हिरो बनाइयो । उहाँहरु तीनै जनालाई भगवान दाइको एक्टिङ सिकाउने स्कूलमा केही समय पठाइयो ।
 रेखाले पहिलो फिल्मको अभिनय कस्तो थियो ? 
फस्ट शुटिङ रेखाजी र राजेश हमालजीको थियो । रेखाजी राजेश हमालको एकदम क्रेजी फ्यान । उहाँले भनेकै हो मलाई राजेश हमाल हिरो मनपर्छ भनेर । वहाँको कारणले पनि रोजेश हमाल हिरो हुनु भो । पहिले हिरो हुने राजेश हमालको चाहना थिएन । रेखाजीकै चाहनाले पछि राजेश हमाललाई राखियो । त्यहाँ मेकअप गर्दै जाँदाखेरि त हामीले रेखाजीलाई नराम्री देख्यौं । खत्तम भयो, ल हामी बर्बाद भयौं भनेजस्तो लाग्यो । मेकअप गर्दैछ हामी हेर्दैछौं । पहिले त राम्रो देखिएको थियो, अनुहार पनि ठूलो देखियो, त्यसपछि हामी त डुब्यौं भनेर कुरा गर्यौं । अब जे भए पनि शुटिङबाट निकाल्ने कुरा त भएन । शुटिङका लागि माथि गइसकेपछि राजेश हमालजी आउनुभो । उहाँले मलाई हेरेर भन्न्ु भो, के हो छविजी ? को दूधे बालक लिएर आउनुभएको ? मैले भने के गर्नु यार । सबैले मलाई गाली गरे । क्यामेराम्यानहरुले पनि रेखाजीलाई राम्री छैन भन्छन् । मैले भनें, अब जे भए पनि भैहाल्यो, अब काम गरौं । तर, जब गाना शुरु भो, अनि रेखाजीले नाच्न थाल्नुभो रेखाजीको फेस आउन थाल्यो, अनि हामी खुशी भयौं । उसले पहिलो फिल्ममै जुन अभिनय गर्‍यो, त्यो बबालै थियो । रेखालाई हिरोइन त बनाउनुभयो, तर तपाईहरुको विवाहचाहिँ कसरी भयो ? 
०५५ सालमा मेरो श्रीमती गीताञ्जली बितिसक्नुभएको थियो । ०५७ सालमा रेखाजीसँग भेट भयो । रेखाजीको बुबासँग पनि भेट भयो । वहाँको गैरीगाउँमा डेरा थियो । वहाँ वकिलजस्तो, लेखन्दासजस्तो काम गर्नुहुन्थ्यो । उहाँले मलाई छविजी तपाईले फिल्म लाइनमा मेरो छोरीको जिम्मा लिइदिनुपर्‍यो भन्नुभयो । मैले भनें, जिम्मा दिनुहुन्छ भने पूरै दिनोस् । मैले लुकाएर होइन, डाइरेक्ट नै भनेको । त्यसपछि रेखाजीले छ महिनाको समय माग्नु भो । मैले आफ्नो पृष्ठभमि सबै देखाएर, मलाई बजारमा यो भन्छन्, भनेको थिएँ । मलार्य रेखा थापा मन पर्‍यो । मैले उनलाई राम्रै सेभ गर्छु, काठमाडौंमा घर बनाएर राख्छु, सिनेमा इन्डष्ट्रिज यस्तै हो । आजको कुार थिएन, आजभन्दा १५ वर्ष अगाडिको कुार थियो । सिनेमा इन्डिष्ट्रिजलाई मान्छेले राम्रो भन्दैनन् । सिनेमा इन्डिष्ट्रीमा आउनेलाई चाहिँ खुशी लाग्छ, तर अहिले पनि यो क्षत्रेमा लाग्ने मान्छेलाई घरपरिवारले नाक खुम्च्याउँछ । मैले रेखालाई भनें, तलाई भोलि कसले बिहे गर्छ ? त्यसैले सोचविचार गर् । यसरी मैले प्रस्ताव राखेको हो रेखाजीलाई । पछि उहाँले एकपल्ट बुबा आमालाई सोध्छु भन्नुभयो । पछि बुबासँग बेकरी क्याफेमा बस्यौं, मलाई कस्तो डर पनि लाग्यो, अड पनि लाग्यो ।
तर, तपाईहरुको औपचारिक बिहे नै भएको होइन, लिभिङ टुगेदरजस्तो मात्रै हे रे नि ?
 हामीले बिहे नै गरेको हो । पहिला घरमा पछि मन्दिरमा हो । पारिवारिक जमघटमा मंगलसूत्र नै लगाइदिएको हो मैले । तँसँग बच्चा छ, भोलि मलाई अप्ठ्यारो होला भरेर रेखाजीले भनेपछि मैले रेखाजीकै नाममा घर किनें । आज पनि म तपाईलाई कागज देखाउन सक्छु, पतिको नाम छवि ओझा छ । आज पनि मेरो टेलिफोनको बिल रेखाथापा ओझा भनेर आउँछ । उहाँ गइसक्नु भो, त आज पनि बिल यस्तो आउँछ ।
अहिले तपाईको घर रेखाकै नाममा छ ?
 हैन, उहाँले दिनु भो । उहाँले समझदारीमा मेरो नाममा सार्दिनु भो । उहाँले शुरुमै भन्नुभएको थियो, कुने दिन तँसँग अलग बस्नुपर्‍यो भने तेरो सम्पत्ति फर्काइदिन्छु । रेखा थापा बेइमान छैन । तर, रेखा थापाका आसेपासेहरु बेइमान हुन सक्छन् । कहिले कहिले उहाँको मन हल्लिन्छ तर मैले एकपटक हप्काएपछि उहाँ सिधा आइहाल्नुहुन्छ । अहिले पनि यस्तो हुन्छ । अहिले यो काली र लोफरको जुन विवाद आयो नि, यसमा मैले एक हप्काउनेवित्तिकै उहाँ ठाउँमा आउनु भो । फिल्म इन्डष्ट्रीमा हेर्नोस् गित ०६० सालदेखि आजको दिनसम्म फिल्म चलेकै रेखा-छविका फिल्म छन् । तपाई इतिहास हेर्नोस् । अहिले यो क्षेत्रमा फेल खाएका मान्छेहरु रेखा र छविलाई छुट्याउन चाहन्छन् । म यो कुरा बुझ्छु, तर रेखा थापाले बुझ्नुहुन्न । हामी दुईजनाको फिल्म जुध्नेवित्तिकै एक रुपैयाँ भए पनि कम भयो भने मिडियाले त उचाल्छ । त्यसैले उनीहरु हामीलाई टुक्र्याउन चाहन्छन् तर म टुक्रिन चाहन्न । हाम्रो दबदबा फिल्म इन्डष्ट्रीमा जहिले पनि हुनुपर्‍यो । दशैंमा मेरो फिल्म चलोस्, तिहारमा उसको चलोस् । दशैंमा छविले खायो, तिहारमा रेखाले खाई भनुन् मान्छेहरुले ।
 फिल्म इन्डष्ट्रीमा त अरुले टुक्राउन खोजे होलान्, तर परिवारमा चाँहि तपाईहरुलाई कसले टुक्र्यायो ? तपाई आफैंले कि रेखाले ? 
यसमा रेखाजीको परिवारको अलिअलि हात छ । यो रेखाजीले बुझ्नुहुन्छ । रेखाजीको परिवारमा मलाई त्यति राम्रो मान्नु हुन्न । बुबा हुनुहुन्थ्यो, अहिले बित्नु भो । यो सप्पै भएपछि मैले नै रेखाजीलाई भनें, तपाई आफ्नो काम गर्नोस् । किन बेकारमा रातदिन किचकिच सुनिरहनु ?
  यो सम्बन्ध टुट्नुमा मान्छेहरु रेखाको दोष छ भनिरहेका छन्, वास्तविकता के हो ?
मैले अघि नै भनें नि, यो समझदारीमा भएको हो, रेखाको दोष होइन । रेखाजीलाई बच्चाजस्तो मैले हुर्काएँ । कहिल्यै पनि मैले उसलाई दबदबा गरिँन । एक कप चिया बनाएर खुवा भनिँन । म खाना बनाएर खुवाउँथें, भाँडा पनि मै माझ्थें । म उसलाई काम गर्न दिन्नथें । ऊ कलाकार थिई, भ्याउँदैन पनि थी । यसो तरकारी काट्दा हातै काट्थी कि भन्ने पनि लाथ्यो । मलाई माया लाग्थ्यो । आगो बाल्न जाँदा हात पोल्ली कि भन्ने लाग्थ्यो । मैले नै बिगारेको हो रेखाजीलाई । म रेखाजीलाई पानी तताएर दिन्थें । दश बजे उहाँ उठ्नुहुन्थ्यो भने बेड पनि म आफैं मिलाउँथें । ट्वाइलेट मैले नै सफा गरें । मैले रेखाजीलाई काम लगाइँन । तर मैले नै नलगाएको हो, उसले नगरेको होइन । म रेखा थापालाई दोष दिन्न ।
यति धेरै माया रहेछ, लोग्नेस्वास्नी छुट्टनिुको कारण के हो त उसोभए ? 
जहिले पनि उसलाई बच्चा सम्भिmन्छु । यहीँ नै हाम्रो ग्याप भयो । अहिले सम्झँदा मेरो उसँग विवाह गर्ने निर्णय अलि वैज्ञानिक भएन छ । यही भएर रेखा थापाबाट श्रीमतीको मायाँ मैले पाइँन । म श्रीमान भए पनि मैले छोराछोरीजस्तो व्यवहार गरें । रेखाजीसँग मेरो त्यस्तो नराम्रो केही भएको पनि होइन । रेखाजीलाई मेरो ग्यापै धेरै भयो क्या, मैले उसलाई बच्चाजस्तो सम्भिmएँ । यो ग्यापले गर्दा श्रीमान श्रीमती नै भएनौं । रेखाजीसँग आइ लभ यु भनेर माया कहिल्यै पनि भएन । म अभिभावक भएँ । रेखा थापासँग यौनजन्य सम्बन्धको अनुभूति न उसलाई आयो होला, न मलाई आयो । यो नै ग्याप भयो । पहिले यो ग्यापलाई विचार नगरी विबाह गरिएछ । त्यसैले अहिले सच्याएको हो ।
 रेखाभन्दा पहिलेको तपाईको वैवाहिक जीवन कस्तो थियो ?
गीताञ्जली विश्वकर्मासँग मेरो पहिलो भेट ‘नाता’ चलचित्र बनाउँदा भएको हो । मैले उहाँसँग ०४९ सालमा अन्तरजातीय विवाह गरेको हो । मलाई त्यसबेला अशोक शर्मा लगायतका धेरै साथीहरुले मलाई बिहा नगर भनेका थिए । तर मेरो उहाँसँग माया बस्यो । उहाँ धेरै मुढी मान्छे हुनुहुन्थ्यो । रेखा भन्दा धेरै खतरा । उहाँ घरको काम गर्न र मान्छेहरुसँग कुरा गर्न चाहिँ एकदमै फेमिलियर हुनुहुन्थ्यो । तर, उहाँले ऊ पनि खानुहुन्थ्यो क्या, निद्राको दबाइ पनि खाने । मलाई पछि थाहा भयो । वहाँसँग पनि मेरो डिभोर्स भयो । आज पनि मेरो डिभोर्सको कागज नै छ । बच्चा जन्मिएपछि कुरा मिलेन । खमैले उहाँलाई सुधार्न धेरै कोसिस गरें । तर, सकिँन । नसकेपछि अड्डामा गएर डिभोर्स गर्‍यौं र छोरा मैले राख्ने शर्तमा हामी छुट्टयिौं । तर, फेरि उहाँ म छविसँगै बस्छु भनेर दुई महिनापछि फेरि आउनुभयो । ल ठीक छ, छोरो पनि छ भनेर फेरि इन्ट्री गराइयो । तर, आएको दुर्यमहिनामा उहाँले आफैं सुसाइड गर्नुभयो । म आमालाई लिएर मुक्तिनाथ गएको थिएँ, आएकै दिन त्यस्तो घटना भयो । बाथरुममा छिर्नुभएको थियो, हामीले ढोका फोडेर निकाल्यौं ।
 छोरा अहिले कति वर्ष भए ? 
उनी १८ वर्ष पुगे । उनलाई पनि फिल्ममा ल्याइसकंे मैले । अहिले उसले ए लेभल पढाइ सक्यो । यो लोफरमा पनि डडिङ सबिङ सबै मैले उसैलाई जिम्मा लगाएको छ । जे होस् बाबुको पनि आमाको पनि ब्लडले होला उसलाई फिल्म इन्डष्ट्रीमा तानेको छ । मैले कसैसँग साझेदारीमा उसको नाममा एउटा कम्पनी खोल्ने सोच पनि गराएको छु । गीताञ्जली वित्दा ऊ छ वर्षको थियो । मैले मेरी जेठी सासूलाई अड्डामा राजीनामा गरेर जिम्मा लगाइसकेको छु । उसको नामै साकार सुनार छ । ऊ मेरो जिम्मामै छैन । तर मलाई एकदम माया गर्छ । हिजोसँगै सुत्न आउँछ । उसका मामाहरु लण्डनमा छन्, बोलाइराख्छन् । जान मान्दैन ।
  तपाई त चौतारो पो हो कि क्या हो, आउने, बस्ने, जाने ?
हैन, कुरा मिलेन भने जबर्जस्ती मसँग बसिराख भन्दिँन म । झगडा गर्नु र मर्नु यो सब फाइदा छैन । तिमी आफ्नो जिन्दगी, म आफ्नो जिन्दगी । सहयोग त बाहिर बसेर पनि गर्न सकिन्छ । साथी हुन सकिन्छ । क्लोज साथीबाट अलि टाढाको साथी न हो । त्यही भएर म रेखालाई अब साथीजस्तो व्यवहार गर्छु । उसले पनि मलाई साथीजस्तै गर्छ । म उसलाई जीन्दगीभर सहयोग गर्छु । ऊ ठूली मान्छे भएको हेर्न चाहन्छु । किनभने मैले ल्याएको मान्छे हो । मसँग क्लोज भएर १२ वर्ष सँगै बसेको । कसैले रेखा थापालाई गाली गर्‍यो भने मलाई चित्त दुख्छ । कहिलेकाँही मलाई फेसबुकबाट केटीहरुले रेखालाई गाली गर्छन्, उनीहरुलाई म ब्लकै गरिदिन्छु । रेखा थापालाई गाली गरेर उनीहरु नजिक हुन खोज्छन्, तर, मलाई रेखा थापाको बारेमा कुरा काटेको सुन्दा मलाई रिस उठ्छ । रेखालाई कसैले गाली गरेको मलाई मन पर्दैन । रेखालाई गाली गर्ने त अधिकार मेरो मात्रै हो ।
तपाईहरुले सम्बन्ध विच्छेद गर्नुभएको छ कि छैन ? 
डिभोर्स भएको छैन । कानुनी रुपमा अहिले पनि हामी श्रीमान् श्रीमती नै हौं । तर, हामीले बकाइदा अंशवण्डा गरिसकेका छौं ।
अब ड्याडी म तपाईसँगै आएँ है भन्ने हो भने रेखालाई फेरि भित्र्याउनुहुन्छ ?
रेखाजी र मेरो अब यस्तो हुँदैन । हामीले अब यस्तो सोच्नु नै बेकार हो । मैले पनि या रेखाजीले पनि । हामीवीच ठूलो ग्याप आइसक्यो । हाम्रो वीचमा ठूलो खाल्डो छ । यसवीचमा मैले कति जनासँग प्रेम गरें हुँला, यो रेखाजीले प्रेम गर्नुभयो होला, या गर्नुभएन होला, मैले पनि गरिँन होला, तर अब हामी मिल्यौं भने ठूलो दुर्घटना हुन्छ । हिजोको माया प्रेम आज कम भैसक्यो छुट्टएिपछि । 
अब अर्को बिहे गर्ने कि नगर्ने ?
अहिले चाँहि म विवाहबाट विरक्त भएको छु । विहाले नजिकको साथीलाई टाढा बनायो क्या । रेखाजीसँग म साथीमात्रै भएको भए यत्रो लफडा हुँदैनथ्यो नि त । त्यसैले अहिले म बिबाहको सोचमा छैन । भविश्यबारे कसैलाई थाहा हुँदैन ।
रेखा थापा माओवादीमा प्रवेश गरेकोमा तपाईलाई कस्तो लागेको छ ?
रेखालाई माओवादीमा पहिलोपल्ट चिनाउने मान्छे छवि ओझा हो । प्रचण्डसँग जुन दिन गाना गाएर नाच्नु भो नि, त्यो मैले लगेको रेखाजीलाई । त्यहाँबाट शुरुभएको हो उहाँको राजनीतिक यात्रा ।
  तपाईको विचारमा रेखा थापा राजनीतिमा लागेर मन्त्री बन्नुहोला त ?
 रेखा थापा ह्वान्ड्रेड पर्सेन्ट । रेखा थापाले गर्न सक्नुहुन्छ । रेखा पैसाको लोभी पनि छैन । मैले यत्रो वर्ष देखेको छु । लोभी भएको भए रेखा थापाले मेरो घर पनि लान सक्थ्यो । यसले त्यो पनि चाहेन । कुनै पनि काम गर्दा पैसा धेरै कमाऔं भन्ने रेखा थापाको चाहना छैन । उसलाई खान बस्न पुगेपछि ऊ समाजसेवी टाइपको मान्छे हो । ऊ जहिले पनि समाजमा अगाडि बढ्नुपर्छ, नारीलाई उठाउनुपर्छ भन्ने मान्छे हो । त्यही भएर मैले उसैको चाहना अनुसार नारी फिल्म बनाइदिएको हुँ । copied by ...onlinekhaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।