Friday, August 16, 2013

च्छोरोल्पा हिमताल फुटेको हल्लाले रातभर भागाभाग, के भएको रहेछ त आखिर (अपडेट)

दोलखा, ३२ साउन गते । उत्तरी गौरीशङकर गाविसस्थित च्छोरोल्पा हिमताल फुटेको गलत हल्लाले दोलखा र रामेछापवासीले गएराति सास्ती बेहोरेका छन् । हिमताल फुटेको हल्लाले आतङकित बनेका दोलखा, रामेछाप र सिन्धुलीस्थित तामाकोसी किनारमा बसोबास गर्ने सर्वसाधारण्ँ घर छाडेर भाग्न बाध्य भएका छन् ।

हल्लाले रामेछाप सदरमुकाम मन्थलीका बासिन्दा बस ‘रिजर्भ’गरेर सुरक्षित स्थानतर्फ गएका थिए । साँझदेखि भागाभाग स्थानीयवासीलाई प्रहरी प्रशासनले राति १० बजेसम्म माइकिङ गरेर घर फर्काएको थियो । तामाकोसीमा पानीको बहाव बढेपछि दोलखा किर्नेस्थित खिम्ती– १ जलविद्युत आयोजनामा साइरन
बजाइएकाले हल्ला सुरु भएको बताइएको छ ।

यसैबीच स्थानीय प्रशासनले विज्ञप्ति जारी गरी हिमताल फुटेको हल्लामा कुनै सत्यता छैन भन्दै विचलित नहुन र सामान्य जीवनयापन गर्न आग्रह गरेको छ । प्रजिअ पोखरेलले सबै स्थानीय सुरÔा संयन्त्र उच्च सतर्कताका साथ सम्पर्कमा रहेको र च्छोरोल्पा हिमताल फुट्ने कुनै सङकेत नदेखिएको बताए । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलका अनुसार करिब साढे ६ बजेतिर नदीपुल–मन्थली सडक खण्डस्थित ढोलीखोलामा पहिरोसगै आएको बाढीले केहीबेर तामाकोसी थुनिएको थियो । बहाब खुल्दा तामाकोसीमा एक्कासि पानीको सतह बढेपछि नदीकिनारमा रहेको खिम्ती जलविद्युत आयोजनामा जडित खतराको अटोमेटिक साइरन बज्न थालेपछि स्थानीयमा ताल फुटेको हल्ला फैलिएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलका अनुसार करिब साढे ६ बजेतिर नदीपुल–मन्थली सडक खण्डस्थित ढोलीखोलामा पहिरोगै आएको बाढीले केहीबेर तामाकोसी थुनिएको थियो । बहाब खुल्दा तामाकोसीमा एक्कासि पानीको सतह बढेपछि नदीकिनारमा रहेको खिम्ती जलविद्युत आयोजनामा जडित खतराको अटोमेटिक साइरन बज्न थालेपछि स्थानीयमा ताल फुटेको हल्ला फैलिएको थियो ।

नदीकिनार र आसपासका बासिन्दा साइरनको आवाजले आतंकित भई सुरक्षित स्थानको खोजीमा भागमभाग गरेका थिए।

दोलखा प्रशासनले स्थानीय सञ्चारमाध्यममार्फत ताल फुटेको नभई बाढीले तामाकोसीको बहाब बढेको सूचना दिएपछि लगत्तै रामेछाप प्रशासनले नदीकिनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराएको थियो। उच्च हिमाली क्षेत्रमा अवस्थित च्छोरोल्पा ताल फुट्ने खतराको पूर्व सूचना दिन ठाउँ ठाउँमा साइरन जडान गरिएको छ। स्थानीयले बिहीबार त्यही साइरन बजेको ठानेका थिए।

च्छो रोल्पा हिमताल फुटेको हल्लाले तामाकोशी किनाराका वस्तीहरुका बासिन्दाले घर छाडेर भागाभग नै मच्चियो । आफ्नो घरको धनसम्पत्ति सुहित सुरक्षीत स्थानमा सरेर बसेको थिए । खिम्ती जलविद्युत आयोजना लगाएत एक दर्जन साइरनहरु एक्कासी बजेपछि सर्वसाधारण्ँ आत्तिएर घर छाडेका हुन् ।

एकैछिन त यो हल्ला स्थानीय प्रशासनका लागि पनि टाउको दुःखाईको विÈय भयो । प्रमुख जिल्ला अधिकारी प्रलाद पोखरेलले राती साढे नौ बजे प्रेस विज्ञप्ति जारी गरी हल्ल निराधार भएको घोषणा गरे ।

तपाईलाई थाहा छ ? यदि च्छो रोल्पा फुट्यो भने के हुन्छ ?

च्छोरोल्पा हिमतालमा अहिले आठ करोड ५० लाख घनमिटर भन्दा बढी पानी रहेको अनुमान गरिएको छ  । च्छो रोल्पा फुट्यो भने यसभन्दा तल रहेका २५ भन्दा बढी पुल बगाउने छ । इसिमोडले सन् २०११ मा प्रकाशन गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने पनि छो रोल्पा हिमतालको विष्फोटन भएमा तामाकोसी नदि किनारका तीन सय ३१ घरमा क्षति पुग्नेछ । वाढिवाट आठ सय ३५ घरधुरीको सम्पत्ती नोक्सान हुने अनुमान गरिएको छ । यसवाट पाँच हजार एक सय ८३ जनसंख्या प्रत्यक्ष प्रभावीत हुनेछन् । यो सन् २०११ को तथ्याङक हो अहिले तामाकोसी नदी किनारामा धेरै संरचना बनि सकेकाले यसको क्षति थप बढ्न सक्छ ।

मुख्य कारण जलवायु परिवर्तन

जलवायु परिवर्तनको बढी मार अहिले नेपालमा बढी परिरहेको छ । विश्व तापमान वृद्धिका कारण्ँ नेपालका हिमालमा रहेको हिउ निरन्तर रुपमा पग्लिरहेको छ । जति जति हिमालमा रहेको हिउ पग्लन्छ उतीनै हिमतालको आकार बढ्ने सम्भावना बढी हुन्छ ।

अनि त्यतिकै मात्रामा नयाँ नयाँ हिमतालको जन्म पनि हुन्छ । त्यसैले जलवायु परिवर्तनका कारण्ँ च्छो रोल्पाको सहत बढ्नका लागि सहयोग पु¥याएको छ । जसका कारण्ँ पनि खतरा बढेको छ ।

च्छोरोल्पा हिमताल जोगाउने प्रयासहरु

संसारकै अग्लो च्छोरोल्पा हिमतालको विष्फोटबाट हुने क्षति न्युनिरकण्ँका लागि रोल्वालिङ खोला र तामाकोसी नदी किनारामा अत्याधुनिक पुर्व चेतावनी तथा सूचना प्रणाली जडान गरिने भएको छ ।

जलवायु परिवर्तनका कारण दोलखाको गौरीशंकर गाविसमा अवस्थित च्छो रोल्पा हिमतालको सहत निकै बढ्न गएको र सामान्य किसिमको भुकम्प वा अन्य कुनै कारणले ताल फुट्न गई आउने बाढीको पुर्व चेतावनी तथा सूचना प्राप्त गर्नका लागि अत्याधुनिक सूचना प्रणाली जडान गरी सञ्चालनमा ल्याइन लागिएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी र नेपाल सरकारले संयुक्त रुपमा सञ्चालन गर्दै आएको वृहत्त विपद् जोखिम व्यवस्थापन कार्यक्रम अन्र्तगत दोलखामा सञ्चालित समुदायमा आधारित जलवायुजन्य जोखिम व्यवस्थापन कार्यक्रम मार्फत सूचना प्रण्ँली जडान गरि सञ्चालन गरिन लागिएको युएनडीपीका कार्यक्रम अधिकृत दिपक केसीले जानकारी दिए ।

करिव दुई लाख अमेरिकी डलरको लागतमा जडान हुने समुदायमा आधारित पुर्व चेतावनी प्रण्ाँलीले खोलामा पानीको सतह बढ्न गई बाढी आउने थालेको सूचना दिने वताइएको छ । दोलखाको उत्तरी व्यापरिक केन्द्र सिंगटी बजार भन्दा माथिका तामाकोसी नदी किनाराका वस्तीहरुलाई ध्यानमा राखी सूचना प्रण्ाँली जडान गर्न लागिएको हो ।

सूचना प्रणालीलाई जिल्ला प्रशासन कार्यालय चरिकोटमा रहेको जिल्ला आपतकालीन सञ्चालन केन्द्र र गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रस“ग समन्वय गरिने परियोजनाका जिल्ला संयोजक विमल खतीवडाले जानकारी दिए ।

सो सूचना प्रणाली जडान भएपछि खोलामा पानीको सतह बढ्ने वित्तिकै एसएमएस र इमेल मार्फत सूचना प्रवाह हुनुको साथै जिल्ला प्रशासन कार्यालय चरिकोटमा रहेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा रहेको साइरन बजेर चेतावनी सूचना दिने जिल्ला संयोजक खतीवडाले बताए ।


नदी किनारामा जडान गरिएको सेन्सरले पानीको सतह बढ्ने बित्तिकै स्वचालित रुपमा पुर्व चेतावनी केन्द्रमा रहेको स्वचालित कम्प्युटरमा पु¥याउने सूचनालाई स्याटेलाईट र जिएसएम प्रविधि मार्फत इमेल र एसएमएसमा रुपान्तरण्ँ गरी सन्देश प्रवाह हुने प्रविधि जडान गरिन लागेको हो । सूचना प्रणाली जडानको जिम्वेवारी पाएको रियल टाइम सोलुसनका अनुसार आगामी एक बर्ष भित्र सूचना प्रणाली जडान गरी सञ्चालनमा ल्याइने छ । च्छोरोल्पा हिमतालमा अहिले आठ करोड ५० लाख घनमिटर पानी रहेको अनुमान गरिएको छ  । च्छो रोल्पा फुट्यो भने यसभन्दा तल रहेका १५ भन्दा बढी पुल बगाउने छ ।

इसिमोडले  सन् २०११ मा प्रकाशन गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने पनि च्छो रोल्पा हिमतालको विष्फोटन भएमा तामाकोसी नदि किनारका तीन सय ३१ घरमा क्षति पुग्नेछ । वाढिवाट आठ सय ३५ घरधुरीको सम्पक्ती नोक्सान हुने अनुमान गरिएको छ । यसवाट पा“च हजार एक सय ८३ जनसंख्या प्रत्यक्षप्रभावीत हुनेछन् ।

च्छोरोल्पा फुटेको हल्लाले भागमभाग :

फुट्ने जोखिममा रहेको च्छोरोल्पा ताल फुटेको हल्लाले बिहीबार रामेछाप, सिन्धुलीलगायत कोसीकिनारका बासिन्दाबीच भागाभाग मच्चियो । जिल्ला प्रशासन कार्यालय, दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलका अनुसार करिब साढे ६ बजेतिर नदीपुल–मन्थली सडक खण्डस्थित ढोलीखोलामा पहिरोसंगै आएको बाढीले केहीबेर तामाकोसी थुनिएको थियो ।

बहाब खुल्दा तामाकोसीमा एक्कासि पानीको सतह बढेपछि नदीकिनारमा रहेको खिम्ती जलविद्युत आयोजनामा जडित खतराको अटोमेटिक साइरन बज्न थालेपछि स्थानीयमा ताल फुटेको हल्ला फैलिएको थियो । नदीकिनार र आसपासका बासिन्दा साइरनको आवाजले आतंकित भई सुरक्षित स्थानको खोजीमा भागमभाग गरेका थिए ।

दोलखा प्रशासनले स्थानीय सञ्चारमाध्यममार्फत ताल फुटेको नभई बाढीले तामाकोसीको बहाब बढेको सूचना दिएपछि लगत्तै रामेछाप प्रशासनले नदीकिनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराएको थियो । उच्च हिमाली क्षेत्रमा अवस्थित च्छोरोल्पा ताल फुट्ने खतराको पूर्व सूचना दिन ठाउँ ठाउँमा साइरन जडान गरिएको छ। स्थानीयले बिहीबार त्यही साइरन बजेको ठानेका थिए । merojilla.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।