Saturday, August 17, 2013

दोलखामा मात्र भित्रियो तीन अर्ब २० करोड रेमिटेन्स


शेरबहादुर भुजेल ।।
हुन त देशकै मुख्य आम्दानीको स्रोत यतिवेला विदेशमा काम गर्नेहरुले पठाउने पैसा हो । नेपालमा विदेशमा पुगेर काम गर्नेहरुले पठाउने पैसालाई भनिन्छ रेमिटेन्स । विष्लेषकहरु भन्छन् – “अहिले देश रेमिटेनसको भरमा चलेको छ ।” यो त भयो देशको कुरा प्रशंग भने दोलखाको हो । तपाई अनुमान लगाउन सक्नु हुन्छ दोलखामा मात्र कति भित्रिन्छ रेमिटेन्स ?

आर्थिक वर्ष २०६९।७० मा दोलखामा मात्र तिन अर्ब २० करोड रेमिटेन्स भित्रिएको छ । रोजगारीका सिलसिलामा खाडी लगाएत विभिन्न देशमा पुगेर श्रम गरी कमाएको रकम विभिन्न रेमिटेन्स सेवा
प्रदायकमार्फत सो रकम जिल्लामा भित्रिएको हो ।

रेमिटेन्सको कारोबार गर्दै आएका व्यवसायीका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०६९।७०मा जिल्लामा भित्रने रेमिटेन्स करिब २० प्रतिशतले बढेको व्यवसायीहरु भनाई छ । धेरै वर्षदेखि रेमिटेन्सको कारोबार गर्दै आएका संगम ट्रेडर्सका सुन्दर कार्की विगतको भन्दा रेमिटेन्स समेत बढ्दै गएको बताउनु भयो ।

दोलखामा आइएमई, प्रभु, सीटी, वेष्टन युनियन लगायत दुई दर्जन बढी रेमिटेन्स कम्पनीहरु मार्फत रेमिटेन्स भित्रिन्छ । रेमिटेन्सलाई व्यवसायी, बैंक र सहकारीहरुमार्फत वितरण हुने गरेको छ ।

 चरिकोटमा सबैभन्दा बढी रेमिटेन्स वितरण गर्ने आइडी बैंक चरिकोट शाखाका प्रबन्धक पुष्कर कार्कीले दैनिक १५ देखि ३० वटासम्म अन्र्तराष्ट्रिय रेमिटेन्स वितरण गरिरहेको बताउनु भयो । आइडीले मात्र दैनिक २० लाखभन्दा बढी रेमिटेन्स वितरण गर्दै आएको छ ।

सबै एजेन्सी र बैंक मार्फत दैनिक एक करोड ७ लाख रेमिटेन्स जिल्लामा आउँने बैंकका अधिकारीहरुको भनाई छ ।

अघिल्लो वर्षको तुलनामा आव ०६९।७० मा विश्व मुद्रा बजारमा डलरको भाउ बृद्धिसँगै नेपाली सटही दर पनि वृद्धि भई रेमिटेन्स बढेको हुन सक्ने कार्कीको अनुमान छ । अघिल्लो वर्षको तुलनामा रोजगारीका सिलसिलामा विदेशिने युवाहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

 जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष मात्र ६ हजार बढीले राहदानी लिएको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले जानकारी दिनु भयो  ।
चरिकोटमा मात्र विभिन्न एजेन्सी र १४ वटा बैंकबाट समेत वितरण हुन्छ । जिल्लाको उत्तरी क्षेत्रको केन्द्र सिंगटीमा सूर्य डेभलपमेन्ट बैंक (हाल अरनिको)बाट दैनिक १० लाखसम्म वितरण हुँदै आएको छ । त्यसैगरी जिरीमा फ्रेण्डसिप सहकारी, सूर्य डेभलपमेन्ट बैंक र प्राइम बैंक मार्फत वितरण हुन्छ ।

त्यसैगरी मैनापोखरीमा कालिञ्चोक डेभलपमेन्ट बैंक र जनसचेतन सहकारीका साथै किर्नेमा एनएमबी बैंकमार्फत रेमिटेन्स वितरण हुन्छ । जनसचेत साकोसका सचिव हेमन्त चौलागाईका अनुसार मैनापोखरीमा सहकारीमार्फत मात्र दैनिक १० रेमिटेन्स वितरण हुन्छ । सहकारीले रेमिटेन्स सेवाका लागि मात्र भनेर एक जना छुट्टै कर्मचारीको व्यवस्था गरेको चौलागाईले जानकारी दिनु भयो ।

जिल्लाबाट हालसम्म वैदेशिक रोजगारीमा जानेको संख्या करिब ३५ बढी विदेशमा रहेको अनुमान छ । वर्षेनी अर्बौ रुपैया जिल्लामा रेमिटेन्स वापत भित्रीने गरे तापनि घर खर्च, घरजग्गामा मात्र बढी लगानी भएका र त्यसको ठोस उपलब्धी हुन नसकेको जिल्लाका अर्थशास्त्रीहरु बताउँछन् ।

 रेमिटेन्सलाई उपलब्धीमूलक काममा लगानी गरी त्यसलाई दीर्घकालिन आर्थिक विकासमा उपयोग गर्नका लागि राज्यले नै ठोस योजना बनाउनका लागि उनीहरुको जोड छ ।

 जिल्ला विकास समिति दोलखाका अनुसार चालु आर्थिक वर्षका लागि सबै सरकारी तथा गैर सरकारी निकायबाट हुन पुँजीगत तथा सञ्चालन खर्च सहित दुई अर्ब ९० करोड ३० लाख ३० प्रस्ताव गरेको छ ।  वर्षमा सरकारका तर्फबाट गर्ने लगानीभन्दा रेमिटेन्स वापतको रकम बढी देखिन्छ ।copied bye...kalinchowk fm 106.4Mhz

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।