Tuesday, August 13, 2013

चालु आर्थिक वर्ष दोलखाका लागि ९० करोड ७३ लाख बजेट प्राप्त ।। सबै भन्दा बढी शिक्षा क्षेत्रमा खर्च गरिने


शेरबहादुर भुजेलचालु आर्थिक वर्ष दोलखामा विकास आयोजना सञ्चालनका लागि केन्द्रिय स्तरबाट ९० करोड ७३ लाख ७९ हजार रुपैयाँ विनियोजन भएको छ ।

राष्ट्रिय योजनाले प्रकाशन गरेको जिल्लाहरमा सञ्चालन हुने विकास कार्यक्रम र विनियोजित रकमको विवरण अनुसार जिल्लाको सामाजिक तथा पुर्वाधार विकासको लागि रकम विनियोजन भएको हो ।

चालु आर्थिक वर्ष २०७०/७१ मा सञ्चालन हुने विकास आयोजना मध्य सडक आयोजनाका लागि पाँच करोड
९० लाख रुपैयाँ विनियोजना भएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षका लागि जिविस अनुदान तर्फ तीन करोड ७१ लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँ विकास समितिहरुको अनुदान तर्फ आठ करोड ३३ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

 जिल्लाको एक मात्र नगरपालिका भीमेश्वर नगरपालिकाले भने ४३ लाख ३० हजार बजेट पाएको छ । ग्रामीण पुननिर्माण तथा पुनस्र्थापना कार्यक्रमका लागि सात करोड २२ लाख ३४ हजार रुपैयाँ प्राप्त भएको छ ।

दोलखाका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना सञ्चालनका लागि आठ करोड, ४९ लाख, ३३ हजार रुपैयाँ प्राप्त भएको छ । त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यनका आयोजना अन्र्तगत पुरातात्विक संरक्षण र संस्कृति प्रर्वद्धन कार्यक्रम समेत गरी ४६ लाख ५० हजार बजेट आएको छ ।

 जिल्लामा वन तथा भु–संरक्षण आयोजना सञ्चालनका लागि दुई करोड २३ लाख, विज्ञान प्रविधि तथा वातावरण सँग सम्वन्धित आयोजना सञ्चालनका लागि दुई करोड ९२ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

लैङ्गिक समानता तथा समावेसीकरणका लागि एक करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त भएको छ भने भवन आवास तथा शहरी विकासका लागि एक करोड ९० लाख रुपैयाँ प्राप्त भएको छ ।

 त्यसैगरी खानेपानी तथा सरसफाई आयोजना सञ्चालनका लागि चार करोड ८१ लाख आएको छ भने अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान सञ्चालनका र विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि १९ करोड ५८ लाख रुपैयाँ प्राप्त भएको छ ।

शिक्षा क्षेत्रका लागि विनियोजन गरिएको रकम सबैभन्दा बढी हो भने विभिन्न प्रकारका सिचांई आयोजना सञ्चालनका लागि दुई करोड आठ लाख रुपैयाँ विनियोजन भएको छ ।kalinchowk fm 106.4Mhz

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।