Tuesday, August 20, 2013

माथिल्लो तामाकोसी सुरुङ डिजाइन परिवर्तनको अन्तिम तयारीमा काम निर्धारित समयमा सकिने ।

संजिब कुमार दाहाल
दोलखा, भदौं ४ गते । स्वदेशी लगानीमा बन्न लागेको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना(४५६ मेगावाट)को मुख्य सुरुङ तामाकोसीको सुरुङ जोडिएको छ । आयोजनाको बाँधस्थल लामाबगर र भैंसे अडिटतर्फबाट निर्माण भइरहेको ३ किलोमिटर सुरुङ एकअर्कामा जोडिएपछि ‘ब्रेक थ्रु’ भएको हो ।

मुख्य सुरुङको काम दुई बर्ष अघि सुरु भएको हो । आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले
निर्माण गरिरहेको छ । मुख्य सुरुङको काम ४ ठाउंबाट खनिएकोमा दुई ठाउँको काम पूरा भएको हो । लामाबगरतर्फबाट १ हजार ५ सय ७५ मिटर र भैंसेतिरबाट उपल्लो खण्डमा १ हजार ३ सय ३९ मिटर सुरुङ निर्माण भएको हो । मुख्य सुरुङ पहिलो पटक सुरुङ जोडिएमा आयोजनाको काममा थप उत्साह थपेको छ । निर्धारित समय र लगत नबढ्नेमा भएको छ ।

भैंसेमा ३ सय ९४ मिटर अडिट सुरुङ निर्माण्ँ गरेर उपल्लो खण्ड र तल्लो खण्डमा सुरुङ निर्माण्ँ भइरहेको छ । सझौता गरे अनुसारको समय भन्दा दुई महिना ढिलाई भएता पनि उपल्लो खण्डको काम सकिएकाले अब त्यस खण्डमा कार्यरत थप जनशक्ति तल्लो खण्डको काममा समेत तीव्रता आएकाले निर्धारित समयमा सकिने सिनो हाइड्रोले जनाएको छ । सिभिल ठेकेदार कम्पनी  सिनो हाइड्राले माथिल्लो खण्डको जनशक्ति समेत तल्लो खण्डमा केन्द्रित गर्ने गरी काम सुरु गरेको छ । भैंसेदेखि तल्लो खण्डमा १ हजार मिटर सुरुङ पूरा भएको छ ।

आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले भने “मुख्य सुरुङको पेनस्टक साङ्खट नजिक भौगभिर्क अवस्था कमजोर भएपछि काम रोकेर डिजाइन परिवर्तनको अन्तिम गृहकार्य भइरहेको बत्ताए ।” आयोजनाको कुल १६ किलोमिटर सुरुङमध्ये ११.५ किलोमिटर पूरा भएको छ । पावर हाउस भित्र र टेलसेरको सुरुङ निर्माण्ँको काम समेत तीव्र गतिमा भइरहेको छ । हेडवक्र्सको काम समेत एकतिहाइ पूरा भएको छ भने प्रशारण लाईनको काम केहि दिनभित्रै थालिने भएको छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।