Saturday, September 21, 2013

असल श्रीमान् त्यो हो, जो जाँड, रक्सी, चुरोट केही खाँदैन

असल श्रीमान् त्यो हो, जो जाँड, रक्सी, चुरोट केही खाँदैन, अनि अर्काकी बुढीलाई आँखा नि लाउँदैन।

असल श्रीमती ती हुन् जसलाई फेसबुक, टि्वटर, मिग, स्काइप केही पनि चलाउन आउँदैन।

०००

एक जोडी प्रेमि-प्रेमिकाले आत्महत्या गर्ने निधो गरे ।

एउटा अग्लो पहाडबाट केटाले सुरुमा हाम फाल्यो, केटी आफ्नो आँखा बन्द गरेर र्फकन लाग्दा केटाले हावामै
प्यारासुट खोल्दै भन्यो ः  मलाई थाहा थियो, मसँगै हाम फाल्दिनस् भन्ने कुरा।

०००

शेरे ः आई लभ यू, तिमीभन्दा राम्री यो दुनियाँमा कहीं पनि देखेको छैन

युवती ः साँच्चै ? तिम्रो पछाडी उभिएकी भन्दा पनि राम्री छु ?

-शेरेले हत्तपत्त पछाडी फर्किएर हेर्‍यो, तर त्यहाँ कोही पनि थिएन)

युवती ः -रिसाउँदै) यदि तिमीले मलाई साँचो माया गथ्र्यौ भने पछाडि फर्किएरै हेर्ने थिएनौ नि, त्यसैले आई हेट यू।

शेरे ः ठीक छ, तिम्रै खुसी गर, तर मेरो डायमन्डको रिंग पो खेर जाने भयो नि ।

युवती ः अरे मेरो राजा म त जोक्स पो गर्दै थिए त रिसाइहाल्नुपर्छ ? यति भन्दै युवतीले रिंगको बक्स खोलेर हेर्छे तर बक्स त खाली ।

शेरे ः यदि तिमीले पनि मलाई साँचो माया गथ्र्यौ भनें भेरिफाई नै गर्ने थिएनौ नि, आइ हेट यु।

०००

शेरे विदेश जान भनेर घरबाट निस्कियो, त्यतिकैमा हतार-हतार शेरेकी बूढी आई र उसलाई एक प्याकेट कन्डम दिदै भनी ः 'ल यो आफ्नो साथमै राख्नु, विदेशमा मन लाग्यो भने काम लाग्छ।'

शेरे ः मेरी बूढी कस्ती मजाकी, कस्तो कुरा बुझ्ने बूढी ।

-शेरे अलिक पर पुगेपछि)

शेरेकी बूढी ः ए बूढा एकछिन पर्ख त, त्यो पाकेटबाट दुईवटा चाहिँ मलाई देऊ मलाई पनि मन लाग्यो भने चाहिन्छ नि।

-शेरे त ढक, विदेशसिदेश क्यान्सिल)

०००

बुबा ः हेर स्कुल नगएर घरमै मोज मस्ती गरेर बसेको ?

शेरे ः स्कुल गएर के हुन्छ र जानु ??? जान्न म !

बुबा ः -सम्झाउँदै) स्कुल गयो भने परीक्षामा राम्रो अंक आउँछ नि बाबु !

शेरे ः त्यसपछि ???

बुबा ः ठुलो भएपछि राम्रो जागिर पाउँछस् र धेरै पैसा कमाउँछस् !

शेरे ः  त्यसपछि ???

बुबा ः ठूलो घर हुन्छ तेरो, अनि आफ्नै मोटर पनि !

शेरे ः त्यसपछि ?

बुबा ः त्यसपछि तँलाई आनन्द हुन्छ, मोज गर्न पाउँछस् !

शेरे ः अहिले के गरिरा'छु त ???

०००

एउटा ग्वाँच टाइपको युवकलाई युवती हेर्न लगिएछ। युवकका बाले सबै कुरा बढाई चढाई भन्नु है छोरा भनेछन्।

युवतीको घरमा सबै पुगे, युवकलाई युवतीका नातेदारले प्रश्न गर्न थालेछन् ।

बेहुलीका बा ः अनि बाबु जग्गा कति छ ? १ धुर त होला नि ?

युवक ः कहाँ १ धुर मात्र बा, १० धुर नै छ नि ...

-मख्ख पर्दै) बेहुलीका बा ः बस्तु भाउ होलान् नि, दर्जनजति ?

युवक ः कहाँ दर्जन मात्र हुनु, १ सयवटा जति छन्।

त्यतिकैमा युवकले हाच्छिउँ गरेछ

बेहुलीका बा ः ओहो, रुघा लागेछ कि कसो ?

युवक ः कहाँ रुघा मात्र लाग्नु, मलाई त टिबी र एड्स पनि छ।

०००

कलेजका केटाहरूको चल्तीको संवाद

ओए, टाइम कति भो ?

यार आज अलार्म नै बजेन !

क्लासमा जाने र ?

ओए, साले कति पढेको ?

जति पढे नि केही आउँदैन् यार !

इम्पोर्टेन्ट कोइसन छ भने भन है !

मेरा लागि पनि चिट बनाइदे न अलि बुझ्ने गरी !

नोट कपी दे न यार !

क्लास कतिखेर सकिन्छ यार !

ओए, हेर त तेरी भाउजू कति च्वाँक भएर आइछे

छिटो भन साले ब्यालेन्स कम छ क्या !

बंक नहानेको धेरै भो यार आज हानुम।

ओए, एउटा पेन देन।

एउटा मिडल पेज दे त ।

भोलि म कलेज आउँदिन त्यो सुढ्ढोले होमवर्क हेर्छ रे !

त्यो केटीको त बीएफ छ रे नि, गिदी भो नि !

साले केटीलाई घुमाउन पेट्रोल हुने हामीसँग हिँड्न नि नहुने ?

के हो केटा, हिजो त मस्की-मस्की हिँडिथिस् त को हो त्यो केटी ?

ओए १० रुपैयाँ ट्रान्सफर गर्देन !

आज क्यान्टिनको बिल तिर्ने पालो तेरो !

copied by   ekantipur saptahik 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।