Saturday, September 28, 2013

कतारि राजदुत माया कुमारिले अर्कालाई डिपोर्ट गराउन खोज्दा आफै पदच्युत ' भिडियो हेर्नुहोस'

गार्डियनको अनुसन्धानमूलक सामाग्रीमा नेपाली कामदारले कतारमा पाइरहेको दुःख सार्वजनिक भएकै समयमा त्यहाँका नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने सरकारले निर्णय गर्‍यो। गार्डियनको त्यो समाचारसँगै यसलाई पनि जोडेर पश्चिमा मिडियाले प्रचार गरे। त्यही प्रचारको पछि लागेकाहरु मायाकुमारी शर्माले कतारलाई खुला जेल भनेर ठीकै त भनेका थिए नि भन्दै उनको प्रशंसा गरिरहेका भेटिए। के सन्दर्भमा शर्माले त्यसो भनेकी थिइन्, त्यहाँ हुँदा केसम्म गरेकी थिइन् भन्ने थाहै थिएन उनीहरुलाई। मजदूरको पक्षमा माइसंसारमै ब्लग लेख्नेलाई उनले डिपोर्ट
गराउन खोजेकी थिइन्। ब्लगमा लेखिएका शब्दलाई अर्कै व्याख्या गर्दै उनले राजदूतको पावर देखाएर आफ्नै नागरिकलाई डिपोर्ट गराउन कतार सरकारलाई पत्र लेखेकी थिइन्।
भेटवालले लेखेको ब्लग भने यस्तो थियो। पढ्न यहाँ क्लिक गर्नुस्।
ल यो पढेर तपाईँ आफै भन्नुस् नेपाल सरकारको विरोधमा उनले कहाँ के लेखेका छन् ?
कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरू (मजदुरहरू) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।’
माथिको ब्लग पढ्नुस् र भन्नुस् कहाँ उनले कम्पनीमा हड्ताल गर्न उकासेका छन् ? नेपालका ठग म्यानपावरलाई कारबाही नगर्ने र म्यानपावरसँगै साँठगाँठ गर्ने राजदूतलाई फिर्ता बोलाउन पो भनिएको छ त। जहाँ भन्दा पनि जे भन्दा पनि नभएकोले केही सिप नलाग्दा विरोध दर्शाउन गर्नुपर्ने कठोर काम अर्थात् आत्मदाह नै गर्नुपर्ने हो त पो भनिएको हो त।
फटाहा पनि !
सरकारले यो विषयमा स्पष्टिकरण सोधेपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। अब दिलभुषण पाठकसँग टफ टकमा उनले गरेको कुराकानी सुनौँ तलको भिडियोमा। भिडियो पूरै पनि हेर्नुपर्दैन, सुरुका केही सेकेन्डमा नै उनले भनेकी छिन्- परराष्ट्रले स्पष्टिकरण सोधेको छैन।
गलत !
जेनेभा भ्रमणको क्रममा परराष्ट्र मन्त्री माधव घिमिरेलाई उनले स्पष्टिकरण बुझाएकी थिइन्। यस्तो थियो उनले आफ्नो बचाउमा दिएको स्पष्टिकरण





अहिलेसम्म कतै सार्वजनिक नभएको यो स्पष्टिकरण पत्रले केही रोचक पक्ष पनि उजागर गरेका छन्-
• बीबीसी साझा सवालका पत्रकारहरु सञ्चारकर्मीको भिसा बिना कतार प्रवेश गरेका थिए।
• त्यसमा दिएको अन्तर्वार्ताको विषयमा उनले कतारको परराष्ट्र मन्त्रालयमा स्पष्टिकरण दिन जानु परेको थियो।
• खुला जेल त पत्रकारले उनको मुखबाट बोल्न लगाएको रहेछ। खुला जेलपछि पनि उनले बोलेका कुरा मिडियाले काटिदिएको रहेछ। भनेपछि जुन कुराले अहिले उनको वाहवाह गरिरहेका छन् केही मान्छेहरु अन्धाधुन्धमा त्यो त उनले बोलेकै हैन रहेछ।
• अन्तर्वार्तामा व्यक्त विचार बारे राजदूतले कतार सरकारसमक्ष माफी माग्नु परेको रहेछ। के भनेकी थिइन् उनले साझा सवालमा?
• कतार गएर त्यहाँका कामदारहरुको वास्तविक कुरा अगाडि ल्याए वापत् साझा सवालका नारायण श्रेष्ठलगायतको टिम कतार सरकारको कालो सूचिमा पर्ने रहेछन्।
साझा सवालको कुराले नेपालमै मात्र चर्चा पायो। तर अब गार्डियन जस्तो अन्तर्राष्ट्रिय मिडियाले लेखेपछि नेपाली पत्रकारलाई कालो सूचिमा राख्ने धम्की दिने कतार सरकार साँच्चै अप्ठेरोमा परेको छ। विश्वकप राजनीतिसँग पनि जोडिएकोले उसलाई अझ गाह्रो भएको हो।
यही डिपोर्ट कान्ड र साझा सवालमा बोलेको विषय नै उनको पद खोसिने कारण बन्यो। कतार सरकारले कूटनीतिक अज्ञानता र कार्यक्षमताको कुरा उठाएर नेपाल सरकारले नफर्काए आफैले फर्काउन सक्ने आसयसहितको पत्र चेतावनी दिएपछि सरकार अप्ठेरोमा परेको थियो। किनकि उनी एमाओवादी कोटामा बनेकी राजदूत। तर प्रचण्डले पनि उनलाई फर्कन भनेपछि सरकारलाई सजिलो भयो र सरकारले फर्काउने निर्णय गरिदियो।
साझा सवालमा के थियो ? पूरै कार्यक्रम हेर्नुस् भाग १ भाग २

mysansar.com  बाट  साभार  गरिएको  हो  ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।