Sunday, October 27, 2013

२० रुपैयाँ दिएर बालिका बलात्कार

काठमाडौं, कात्तिक १० - महिलामाथि हुने हिंसा विरुद्ध लामो समयदेखि महिलाअधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराइरहँदा पनि हिंसाका घटनामा कमी भने हुन नसकेको ओरेक नेपालले जनाएको छ ।
असोज महिनामा भएको महिला हिंसाका घटना सार्वजनिक गर्दै संस्थाले महिला, किशोरी तथा बालिका अझै
असुरक्षित रहेको उल्लेख गरेको हो ।
कुखुराको चल्लाको खुट्टामा हानिदिएको निउँमा नेपालगंजमा एक गर्भवती महिला आफ्नै छिमेकीबाट कुटिएकी छिन् ।
यस्तै सुनसरीमा एक सात बर्षीया बालिकालाई २० रुपैयाँको प्रलोभन देखाई आफ्नो घरमा लगि एक ४४ वर्षीय ब्यक्तिले बलात्कार गरेको ओरेक नेपालले जनाएको छ । त्यसैगरी स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी झापा जिल्लाकी एक महिलालाई डाक्टरले नै बलात्कार प्रयास गरेका छन् ।
ओरेक नेपालका अनुसार असोज महिनामा ९३ वटा घरेलु हिंसा (जसमा श्रीमान् र परिवारका अन्य सदस्यहरूको कुटपिट, मानसिक यातना, घर निकाला, गाली गलौज, शारीरिक यातना पर्दछन्), २१ बलात्कार(आफन्त, छिमेकी, र अन्यबाट), ७ वटा बलात्कारको प्रयासको घटना पाईएको छ ।
त्यसैगरी १५ वटा सामाजिक हिंसा (जस अन्तर्गत बोक्सीको आरोपमा कुटपीट कुटपीट आदि रहेका छन्),३ वटा हत्या, ५ वटा हत्या प्रयास, १० वटा यौंनिक हिंसा, ५ वटा बेचबिखन, ३ बेचबिखनको प्रयासका घटना लगायत अन्य २ वटा हिंसाका घटनाहरू रहेका छन् ।
उज्यालो  ९० नेटवर्कबाट साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।