Sunday, October 27, 2013

माथिल्लो तामाकोशीलाई आफ्नो नीजि सम्पत्तिको रुपमा ब्याख्या गर्दै ...एमाओवादी

संजिब कुमार दाहाल
चरिकोट(दोलखा), कार्तिक १० । एकीकृत नेकपा माओवादीले दोलखाको लामाबगरमा निर्माण भैरहेको बुहुचर्चित माथिल्लो तामाकोसी जलबिद्युत् आयोजनाको स्वामित्वबाट दोलखालीलाई बञ्चित गराउने प्रपञ्च रचेको छ । एमाओवादीले आफ्नो घोषणापत्रमै तामाकोसीको १० प्रतिशत शेयर उसको भातृ संगठन सहिद तथा बेपत्ता
परिवारलाई दिने घोषणा गरेर आफ्नो सक्कली रुप देखाएको छ ।

तामाकोसीको शेयरमा नेपाल बिद्युत प्राधिकरणसहित लगानी ऋण संझौता गरेको नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको समेत शेयर बाँडफाँट गरी दोलखाबासीलाई १० प्रतिशत दिने निर्णय यसअघि नै भइसकेको छ । एमाओवादीले दोलखालीको लागि छुट्टयाइएको सोही १० प्रतिशत शेयरमा आँखा लगाएर आफैले गठन गरेको शहिद तथा बेपत्ता परिवारलाई दिने षडयन्त्र गरेको हो । ‘बेपत्ता तथा शहिद परिवारलाई माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा १० प्रतिशत शेयर उपलब्ध गराइने छ,’ मुलुककै भविश्यसंग जोडिएको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीलाई आफ्नो नीजि सम्पत्तिको रुपमा ब्याख्या गर्दै एमाओवादीले घोषणापत्रमा भनेको छ ।

उक्त आयोजना भित्र्याउन दोलखाका एमाले नेता पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, लालकुमार केसी र शिवप्रसाद भण्डारीको अथक मेहनत रहेको छ ।  दोलखाली जनताको पहलमा जिल्लावासीलाई छुट्याएको १० प्रतिशत शेयरसमेत एमाओवादीनिकटहरुलाई मात्र दिने घोषणापत्रको आसयपछि उसको सक्कली रुप देखाएको छ । द्वन्द्धकालमा तत्कालीन माओवादीले आफुलाई कमिशन नबुझाएसम्म तामाकोशी बन्न नदिने भन्दै सडक निर्माणमा समेत अवरोध गरेको थियो ।

घोषणापत्र सार्वजनिक समारोहमा तामाकोशीको शेयर कसरी दिने भन्ने सञ्चारकर्मीको जिज्ञासामा एमाओवादी नेताहरुले पहिले नै दिने प्रयाश गरेको र अव जसरी पनि दिलाउने बताएका थिए । उनीहरुको भनाई प्रष्ट नभए पनि दोलखाबासीको भागमा छुट्टयाइएको शेयरलाई हडपेर कार्यकर्ता पोस्ने प्रष्ट नियत देखिएको छ ।  
 copied  by  merojilla.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।