Wednesday, October 30, 2013

चरिकोटमा बम राखेर अवरोध (फोटो फिचरसहित)

 दोलखा, १३ कात्तिक  - एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने चुनावी सभालाई विथोल्न नेकपा-माओवादीले बम राखेर अवरोध गरेको छ।बुधबार दोलखाको चरिकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्न दाहाल चरिकोट आउने भएपछि नेकपा-माओवादीका कार्यकर्ताहरुले जिल्लाको भीमेश्वर नगरपालिका–१३ स्थित चर्नावती खोला नजिक सडकमा बम राखेर अवरोध गरेका हुन् । उनीहरुले सडकमा बमका साथै रुख ढालेर अवरोध पु-याएका छन् ।


 ढालिएको रुखमा राखिएको बोतल बम वर्दबहादुर गण चरिकोटको वम डिस्पोजल टोलीले बुधबार बिहान निस्क्रिय पारेको छ । सिसा तथा किटका छर्राहरु लगायत रहेकोले निकै क्षति पु¥याउन सक्ने खालको बम रहेको सेनाको डिस्पोजल टोलीका सहसेनानी क्षितिजबहादुर शाहले जानकारी दिए ।







बम निस्क्रिय गरेपछि यातायातका साधनहरु सञ्चालनमा आएका छन् । तर नेकपा – माओवादीले चार जिल्ला बन्दको घोषणा गरेका छन् । बुधबार माओवादीले मध्यपहाडी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक चार जिल्ला बन्दको आह्वान गरी जिल्लाको जिरीको खावा डाँडा, भीमेश्वर नगरपालिका–८ को विरुवा, लामिडाँडा गाविसको वञ्चरे र भीरकोट गाविसको सिस्नेरी क्षेत्र गरी ५ मुख्य नाकामा रुख ढालेर अवरोध पु¥याएको प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिए ।

एनेकपा माओवादीले चुनावी सभाका लागि जिल्ला भरका विभिन्न ठाउँबाट करिब एक सय बसमा कार्यकर्ता सदरमुकाम ल्याउने कार्यक्रम बनाएको छ । अध्यक्ष दाहाल काभ्रेपलाञ्चोकको चुनावी सभा सकेर चरिकोट आउने कार्यक्रम रहेको छ ।
karobardaily.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।