Monday, October 28, 2013

दोलखामा प्रमुख तीन दलहरू नै चुनावी प्रतिस्पर्धामा अगाडि

दोलखा, कार्तिक ११ - मध्यपूर्वको हिमाली जिल्ला दोलखामा प्रमुख तीन दलहरू नै चुनावी प्रतिस्पर्धामा अगाडि भएको आकलन गर्न थालिएको छ । अघिल्ला चुनावी परिणाम र यस पटकको गतिविधिका कारण यस्तो अनुमान गरिएको हो ।
२०६४ को संविधानसभा निर्वाचनमा एमाओवादीले क्षेत्र नम्बर १ बाट २२ हजार १ सय ८२ र २ बाट १८ हजार ७ सय ९३ मत ल्याएर जितेको थियो । नजिकको प्रतिस्पर्धीका रूपमा एमालेले १ बाट १२ हजार ८ सय ५ र २ बाट ११ हजार ९२ मत ल्याएको थियो । एमाओवादीको देवी खड्काले क्षेत्र नम्बर १ बाट एमालेका पशुपति चौलागाईंभन्दा ९ हजार ७७ मत बढी ल्याएर जितेकी थिइन् । तेस्रो भएको कांग्रेसका भीमबहादुर तामाङले १२ हजार ७ सय २ मत ल्याएका थिए ।
देवीलाई एमाओवादीले यसपटक समानुपातिकमा राखेर उनकै भाइ विशाल खड्कालाई प्रत्यक्षतर्फको
उम्मेदवार बनाएको छ । एमालेले पोलिटव्युरो पशुपतिलाई समानुपातिकमा राखेर पार्वत गुरुङलाई उभ्याएको छ । कांगे्रसका भीमबहादुरको निधन भएपछि जिपछिरिङ लामालाई उठाएको छ ।
 क्षेत्र नम्बर २ मा अघिल्लो चुनावमा एमाओवादीका हेमबहादुर श्रेष्ठले आनन्दप्रसाद पोखरेलभन्दा ७ हजार ७ सय १ मत बढी ल्याएर जितेका थिए । अहिले यस क्षेत्रमा एमाओवादीले शंकर लामालाई अघि सारेको छ । एमालेले फेरि आनन्दलाई नै उम्मेदवार बनाएको छ । कांग्रेसले अघिल्लोपल्ट ८ हजार ९ सय २१ मत ल्याएका ताराबहादुर कोइरालालाई नै उठाएको छ ।
अघिल्लो निर्वाचनमा चौथा स्थान रहेको माले दुवै क्षेत्रमा लगभग १ हजार ५ सय मतमा अडकएको थियो । त्यसैले यो पटक पनि तीन दल नै प्रतिस्पर्धी भएर जितहारमा पुग्लान भन्ने आकलन गरिएको हो । दुवै क्षेत्र गरी ४७ जनाको उम्मेदवारी परेको दोलखामा क्षेत्र नम्बर २ बाट नेमकिपाले उठाएको लक्ष्मी शिवाकोटी एक मात्र महिला उम्मेदवार हुन् । निर्वाचन नजिकिदै जाूदा देखिएको माहौल र गतिविधि हेर्दा प्रमुख तीन दलकै स्थिति राम्रो देखिएको छ । ०६४ मा क्षेत्र नम्बर १ मा ८३ हजार ६ सय ६१ जना मतदाता रहेकामा यस पटक ५५ हजार ८ सय ६८ जना मात्र छन् । निर्वाचनमा ५२ हजार ३ सय ६८ मत खसेको थियो । क्षेत्र नं २ मा पनि ८२ हजार २ सय ६७ मतदाता भएकामा अहिले ५५ हजार १ सय ९३ मात्र छन् । त्यस बेला ४४ हजार ४ सय ८५ मत खसेको थियो । यत्रोविधि मतदाता घट्नुका कारण जिल्ला निर्वाचन कार्यालयसँग खास जवाफ छैन । ०६४ मा १ मा १ हजार ४ सय २७ वटा बदर मत थियो भने २ मा १ हजार ९ सय ४९ मत थियो । दुवै निर्वाचन क्षेत्रमा गरी ५४ हजार ८ सय ६७ मतदाता घटेका छन् ।
क्षेत्र नम्बर १ मा २७ हजार ७ सय ९३ मतदाता घटेकाले यस पटकको चुनाव कसको पोल्टामा पर्छ भन्ने अनुमान गर्न गाह्रो छ ।  एमाओवादीले भने अघिल्लोपटकको निर्वाचन परिणामलाई जोड घटाउ गर्दै जितिने विश्वासलाई पहिलो आधार ठानेको छ ।  एमाओवादी क्षेत्र नं. १ का उम्मेदवार विशाललाई जित्ने आधार के भनेर सोध्दा सीधै ०६४ लाई सम्भिmए फरक नपर्ने दाबी गरे । 'पुरानो आधार जीवितै भएकोले जितमा शंका नगरौ,' उनले भने, 'समर्थकहरू अझ थपिएको पो छ ।' युवा उम्मेदवारलाई पार्टीभित्र रूचाइनुले आफ्नो जितमा शंका नभएको उनको अर्को आधार छ । अघिल्लो निर्वाचनमा दोस्रो मत ल्याउने एमाले त्यस बेलाको आधारलाई विश्वास गरेर चुनावी योजना बनाउने गल्ती नगर्ने बताएको छ । ठूलो संख्यामा मतदाताको कटौती, शान्तिसुरक्षामा सुधार, मानिसहरूमा थपिएको आत्मबल र चेतनास्तरले ६४ को निर्वाचन परिणाम जस्तो नहुने दाबी एमाले उम्मेदवार गुरुङको छ । दोलखामा १५ वर्ष यताका विभिन्न खालका निर्वाचनहरूमा देखिएका एमालेको अग्रतालाई उनले जित्ने कडीको रूपमा लिएका छन् । विगतका निर्वाचनहरू भन्दा सुदृढ संगठन र समृद्ध दोलखा निर्माणका लागि एमालेले विगतमा योगदान गरेको दाबी गर्दै उनले त्यसको जस जनताले दिने उल्लेख गरे । 'उद्यमशील र रोजगारी सिजर्ना गर्ने नेता भनेर कार्यकर्ताले रूचाएकाले आफूले जित्ने दाबी उनले गरे । 'मौका आए केही गरेर देखाउन सक्ने क्षेमता पनि जितको आधार हो,' उनले भने ।
कांग्रेस दोलखा भने विगतका निर्वाचन परिणाम फर्केर हेर्ने पक्षमा छैन । ०६४ को तेस्रो स्थानको मत परिणामबाट शिक्षा लिंदै यसपटक जितका लागि अभ्यासमा जुटेको कांग्रेस उम्मेदवार जिपछिरिङले बताए । 'तामाकोसीमा धेरै पानी बगिसक्यो,' उनले भने, 'विगतका परिणामहरूभन्दा उल्टो नतिजा आउने गरी स्थिति फेरिसक्यो ।' उनले विगतमा आफू संविधानसभाको समानुपातिक सभासद् हुँदा राज्यले दिएको भत्ता विकास निर्माणमै खर्चिएको जस मतदाताबाट पाउने बताए । व्यक्तिगत पैसासमेत विकास निर्माणमा खर्चिएको विषय जित्ने आधार भएको दाबी उनले गरे ।
क्षेत्र नम्बर २ का एमाओदीबाट संसदीय अभ्यासमा नयाँ अनुहार मानिने शंकर ज्याला मजदुरीबाट आएका त्यागको छवि नै जितको पहिलो आधार ठान्छन् । गरिबी पृष्ठभूमिको जीवन शैलीले गरिब र उत्पीडितको मुक्ति गर्ने मुद्दाले चुनाव जित्ने उनको दाबी छ । लामो समय संसदीय अभ्यास अनि ०५६ को निर्वाचनबाट संसद् भएकाले यस पटक पनि आफूले जित्ने दाबी एमाले उम्मेदवार पोखरेलको छ । दीर्घकालीन विकासका सवालमा आफूले अघि सारेको योजनाले जिल्ला र राष्ट्रलाई योगदान गरेको छवि जितको आधार भएको उनले उल्लेख गरे । अध्ययन, अनुभव र बौद्धिकता पनि जितको लक्ष पहिल्याउने आधार भएको जिकिर उनले गरे । कांग्रेस उम्मेदवार कोइरालाले भने पार्टी राजनीतिमा पटकपटक पार्टी सभापतिको छवि नै निर्वाचन जित्ने आधार भएको दाबी गरे । अघिल्ला निर्वाचनहरूमा पराजय भोगेको अनुभवै यसपटक सफलतामा परिणत हुने विश्वास उनले व्यक्त गरे । चुनाव हर्दा पनि जिल्ला विकासमा निरन्तर लागिरहेको आधार नै चुनाव जित्ने कसी भएको उनले उल्लेख गरे ।
प्रकाशित मिति: २०७० कार्तिक ११ ०९:२३
.ekantipur.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।