⇒ ५ हजार संगठित सदस्य अहोरात्र खट्दै
⇒ १ हजार शिक्षकहरु पनि उत्रिए
⇒ १७ जनवर्गीय संगठनका शक्ति परिचालित
संजिब कुमार दाहाल
चरिकोट , कार्तिक १० । प्रशस्त कार्यकर्ता, चलायमान संगठन र जनशक्ति भैकन पनि केही शिथिल देखिएको दोलखा एमाले नजिकिदो चुनावको मितिसँगै जाग्न थालेको छ । दोलखाका इमान्दार, जुझारु, समाजसेवी, बुद्धीजीवि र श्रमजीवि मजदूर तथा किसानहरु सम्मिलित एमालेको ५ हजार संगठित सदस्यहरु एमालेलाई जिताउन पूर्णरुपमा कार्यक्षेत्रमा खट्न थालेका छन् । एमालेको मेरुदण्ड मानिने शिक्षकहरुको सञ्जाल नेपाल राष्ट्रिय शिक्षक संगठनको
पुरै शक्ति एमालेका लागि एक महिना समय दिनेगरी गाउँघरमा चुनाव प्रचारमा परिचालित भैसकेका छन् ।
शिक्षक अगुवाहरुको सदरमुकाम चरिकोटमा सम्पन्न भेलाले मुलुकलाई समृद्धशाली बनाउने जन आकाक्षांको संविधान निर्माणमा एमालेको बहुमत आबश्यक भएकोले एक महिनाको लागि चुनाव प्रचारमा समय दिने घोषणा गरेको छ । निर्वाचनको महान संग्राममा एमालेको विचार बोक्ने शिक्षकहरु आफ्नो सम्पूर्ण कामलाई थाती राखेर आफ्नो गाउँघरमा प्रचारमा खट्ने पनि उनीहरुले बाचा गरेका छन् ।
अघिल्लो पटक २०६४ को संविधानसभा निर्वाचनमा स्वतन्त्र बसेकाले राष्ट्रघाति परिणाम आएको ठहर गर्दै शिक्षकहरुले यो पटक टाउकामा कफन बाधेर एमालेको पक्षमा उत्रने सहभागीले बताए । भेलाले क्षेत्र नम्बर १ र २ मागरी १ हजार १० जना शिक्षकहरु एमालेको प्रचार अभियानमा खट्नका लागि समितिसमेत घोषणा गरेको छ । शिक्षकको काम पढाउने भए पनि राष्ट्रको भविश्य निर्धारण गर्ने यो पटकको चुनावमा चुप लागेर बस्न नसकिने ठहर पनि भेलाले गरेको छ । शिक्षकहरुले दसै तिहारको विदालाई पूर्णतः एमालेको प्रचार अभियानमा समर्पित गर्न सम्पूर्ण शिक्षकहरुलाई अपिलसमेत गरेको छ ।
दोलखामा महिला संगठनहरुमध्ये सबैभन्दा शसक्त अखिल नेपाल महिला संघले पनि आम महिला आमा, दिदी, वहिनीलाई सूर्य चिन्हमा मतदान गर्न अपिल गर्दै गाउँ पसेको छ । हरेक गाउँमा संगठन भएको एमालेको भगिनी संगठन अनेमसंघले हरेक इलाकामा गतिविधि गर्न जिम्मेवारीसमेत दिएको छ । यसैसाता बसेको बैठकले संविधान निर्माण अभियानमा दोलखाको दुवै क्षेत्र जिताउन महिला स्वयमसेवक परिचालनको योजनासमेत बनाएको छ ।
त्यसैगरी एमालेको लडाकु दस्ताको रुपमा हेरिने युवा संघ नेपालले पनि मुलुक निर्माणको कर्णधारहरुलाई समेटेर चुनाव प्रचार थालेको छ । एमालेको भरोसा ठानिने विद्यार्थीहरुको संगठन अनेरास्ववियू र युवा संघका लडाकुहरुले उम्मेदवार सुरक्षा र प्रचारलाई तीब्रता दिएका छन् । युवा संघ नेपाल दोलखाका अध्यक्ष महाराजा गुरुङले ‘वान बुथ टु हन्ड्रेड युथ’ उम्मेदवार सुरक्षा, बुथ सुरक्षा र मतदाताको रक्षाका लागि खटाइने बताए । अनेरास्ववियू जिल्ला अध्यक्ष रेशमराजश्वराज रिमालले पनि युवाहरुसँग मिलेर एमालेको पक्षामा परिचालित हुने बताए । एमालेनिकट अखिल र युवा संघ दोलखाको सबैभन्दा शसक्त कार्यकर्ता र सदस्य भएको संगठनहरु मानिन्छ । किसानहरुको बीचमा लोकप्रिय अखिल नेपाल किसान संघले पनि किसान दाजुभाइ, दिदीबहिनीहरुलाई खेतीको चटारोलाई व्यवस्थितगर्दै चुनावमा प्रचारमा जुट्न आव्हान गरेको छ । संघका जिल्ला अध्यक्ष ऋषिकेश उप्रेतीले किसानहरु एमालेको अभियानमा सम्मिलित भैरहेको बताए । नेपालको इतिहासमा जनताले विरलै मौका पाउने संविधान बनाउने अभियानमा चुप लागेर किसानहरु बस्न नसक्ने उप्रेतीले बताए ।
यसैबीच जिफन्ट दोलखाले पनि प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा एमालेलाई जिताउन दोलखामा कार्यरत मजदूरहरुको प्रचार समिति बनाएको छ ।
बृद्धलाई पेन्सन दिने घाम पार्टीले जित्नू’
चरिकोट— बुढाबुढीलाई सरकारले मासिक एकसय रुपैया दिनु ठूलो कुरा थिएन । सोच र राज्यको प्रतिबद्धता महान थियो जुन नेपाली बृद्धहरुलाई पहिलोपटक भत्ता दिएर सामाजिक सुरक्षा दिनुपर्छ भन्ने कुराको सुरुवात नेकपा एमालेको ९ महिना शासणकालबाट भएको हो । त्यसपछि एमालेको नेतृत्वमा मिलिजुली सरकार भएको बेला बृद्ध भत्ता बढाएर ५ सय पु¥याएपछि एमालेका उम्मेदवारहरुलाई आशिष दिने गरेका छन, ‘बाबु १ बुढाबुढीलाई भत्ता दिने पार्टी सरकार बनाउनू ।’
एमालेको सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई गाउँका बुढी आमादेखि बुढा बाहरु घरबाट निस्केर आगँनको डिलबाट चुनाव जितेर सरकार बनाउन शुभकामना दिइरहेका छन् । उनीहरुले उम्मेदवारलाई आशिर्वाद दिदै यसो पनि भन्ने गरेका छन, ‘फेरि पनि एमालेकै सरकार होस र संविधान पनि एमालेले ल्याएको नीति अनुसार बनोस ।’ अनि हरेक गाउँमा पुग्दा लौरो टेक्दै एमालेका उम्मेदवारहरुसँग भेट्न र साथ दिन लस्कर लागेर आउछन् ।
उमेरले ७५ टेकेपछि सामान्य खर्चका लागि समस्या पर्छ । बुढाबुढी भएपछि पैसा आउने ठाउँ हुदैन । साहराविहिन भएको बेला मासिक एकसयले पनि ठूलो समस्या टर्नसक्ने निश्कर्ष निकाल्दै बृद्धभत्ताको कार्यक्रम एमाले सरकारले अघि सारेको हो । त्यसपछि क्रमिक रुपमा सामाजिक सुरक्षा अन्तर्गत बृद्धभत्ता, एकल महिला भत्ता, अपाङ्गा, अशक्त भत्ता सरकारले दिदै आएको छ ।
त्यसकारण एमालेको ९ महिना सरकारलाई नेपालको इतिहासमा स्वर्णकाल भनेर भनेर विश्लेषण गरिन्छ । यो किन सत्य छ भने त्यसबेला एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षाको अभियान सुरु गरेका थिए । भोट माग्दै गाउँ डुल्ने क्रममा अधिकाशं ग्रामीण जनताले एमालेको ९ महिने सरकारको अबधि सम्झिएर स्यावास दिने गरेको दोलखा क्षेत्र नम्बर १ का उम्मेदवार आनन्दप्रसाद पोखरेलले बताए ।
महिला दिदीबहिनीहरु पनि एमालेका उम्मेदवारहरु पुग्दा एकल महिला दिदीबहिनीलाई बृद्ध भत्ताको व्यवस्था गर्ने यहीँ पार्टी हो भनेर सम्झन्छन् । महिलाहरुको समस्या बुझ्ने पार्टी आउदाँ महिला दिदी बहिनीहरु पनि लामबद्ध भएर फुलमालाले दोलखा क्षेत्र नम्बर १ का उम्मेदवार पार्वत गुरुङलाई र क्षेत्र नम्बर २ का आनन्दप्रसाद पोखरेललाई गला सजाइदिन्छन् । प्रायजसोः ठाउँमा भोट माग्दै पुग्दा एमालेको बृद्धबृद्धाहरुले भन्छन, ‘तपाईँहरुलाई शुभकामना छ हामी पनि सूर्यमा छाप लगाएर सहयोग गछौ ।’ रातीसम्म बसेर पनि भोट माग्नेक्रममा जनताको अपार माया पाइरहेको उम्मेदवार गुरुङले बताए ।
भीमेश्वर नगर एमाले किल्ला, टुटेपानीमा एमालेको चर्चा
चरिकोट— भीमेश्वर नगरपालिकाको हरेक वडा र टोलहरुमा नेकपा एमालेको भेला बैठक र सभाहरु भैरहेका छन् ।
२०६४ सालको स्थानीय निर्वाचनमा बर्चश्व कायम गरेको र संगठनको दृष्टीले अन्य पार्टी भन्दा धेरै अगाडि देखिएको नगरभित्र एमालेले यस पटकको चुनावी अभियान तीब्र पारेको छ । अभियानका क्रममा वडा न १ स्थित टुटेपानी (पुरानो बजार) बजारबाट धेरै युवादेखि बृद्धसम्मले कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको छ । टुटेपानीमा प्रवेशको लहरसँगै वडा नम्बर १ मा पनि एमाले अगाडी भएको निश्कर्ष भीमश्वर नगर कमिटिको छ । उक्त टोलमा निजेश्वर श्रेष्ठको अध्यक्षतामा उद्धव श्रेष्ठ, दतिराम श्रेष्ठ, भुवन श्रेष्ठ, हिराका श्रेष्ठ, डेबिट श्रेष्ठ र प्रकास श्रेष्ठ रहेका छन् । एमाले जिल्ला सदस्य हरिबंश चौलागाईं, रामदाश श्रेष्ठ र नगर उपसचिव रुपेन्द्र मानन्धरले कार्यक्रममा संबोधन गरेका थिए ।
१० नम्बरमा प्रवेशको लहर
एकिकृत नेकपा माओवादी परित्याग गरेर भीमेश्वर नगर पालिका— १० टागनागीवाट ३० जना एमालेमा प्रवेश गरेकाछन् ।कांग्रेसका कृष्णबहादुर लामा पनि एमाले प्रवेश गरेकाछन् ।
एमाओवादीबाट प्रवेश गर्नेमा समाजसेवी भीमबशादुर तमाङ, धोर्जे तमाङ, पूर्णकुमार तमाङ, इश्वर नारायण गुरुङ, सर्य भुजेल, सोमबहादुर तमाङ, धनवहादुर तमाङ, पुर्ण तमाङ, सानु तमाङ, सुजन तमाङ, सरस्वती श्रेष्ठ, फुलमती वराईली, माईली तमाङ, माधव कार्की, विनोद थापा, रामकाजीकेसी, कमल श्रेष्ष्ठ लगाएतका छन् । त्यसैगरी नगरको वडा नम्बर ९ मा रामबहादुर खडकाको संयोजकत्वमा २१ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
⇒ जिलूमा एमाले कृयाशीलता
नगरको वडा नम्बर ५ मा पनि एमालेको सक्रियता बढेको छ । फलिन्द्र प्रसाद चौलागाइको अध्यक्षतामा फैसी भई टोलकमिटीको गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मनमाया सुवेदी, सचिव जनक चौलागाई, उपसचिव कविर चौलागाई रहेका छन । प्रचार समितिमा २३ जना सदस्य छन् । निर्वाचन कार्यक्रमका सिलसिलामा शरणकुमार बस्नेतको अध्यक्षतामा कोले घोगेडी टोल कमिटी पनि गठन गरिएको छ । नगरको ७ नम्बर वडास्थित जिलुको पिप्ले टोलमा अध्यक्ष पदमबहादुर बुढाथोकी, उपाध्यक्ष अर्जुन बुढाथोकी, सचिव इश्वर खत्री, उपसचिव रमा बुढाथोकी, कोषध्यक्ष पूर्णबहादुर कार्कीलगायत ४५ सदस्सिय प्रचार समिति गठन गरेको छ । सापकोटा नागस्थान र निवाडी टोलमा इन्द्रप्रसाद सापकोटा, उपाध्यक्ष ललीतबहादुर श्रेष्ठ, सचिव बुद्धीप्रसाद सापकोटा, उपसचिव रिपबहादुर मुग्राती र कोषाध्यक्ष जीतबहादुर बुढाथोकीसहित २५ सदस्सिय प्रचार समिति गठन गरेको छ ।
⇒ ११ का समाजसेवीहरु एमालेमा
निर्वाचन अभियानलाई निरन्तरता दिनका लागि भनपा ११ मा रहेको उखुवारीमा टोल भेलाको आयोजना गरिएको छ । भीमप्रसाद सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष नेकपा एमाले दोलखाका सचिव भरत दुलाल, नगरकमिटि उपाध्यक्ष रत्न केसी, क्षेत्रिय कमिटि सदस्य शिव वस्नेत, वडा इञ्चार्ज सिता दुलाल, वडा सदस्य हरिकृष्ण बस्नेत, अनेरास्ववियु दोलखाका शक्ति पाठक लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी विदुर बस्नेत देउती खत्री लगायत विभिन्न दलका सक्रिय ६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । त्यसैगरी टाडी टोलबाट कांग्रेस त्यागेर कुमार सत्याल, दिपक सत्याल, भीमप्रसाद लुइटेल, रामप्रसाद सुवेदी, बीरबहादुर भूजेललगायत ११ जना एमाले प्रवेश गरे ।
नगरपालिकाको १२ नम्बरस्थित मकैबारीमा अजिव शाहको संयोजकत्वमा ३१ सदस्सिय युथ फोर्स गठन गरेको छ । कृष्ण ब कार्की अध्यक्षतामा सम्पन्न कार्यक्रममा युथ फोर्स कमिटि गठन गरिएको हो ।
⇒ ओराङका डोरबाहादुर एमालेमा आए
ओराङ— वराङ गाविसमा चुनावी सभामा एकिकृत नेकपा माओवादी दोलखाका पूर्व जिल्ला कमिटीका सदस्य डोरबहादुर तामाङ्गसहित ३७ जना एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई दोलखा क्षेत्र नम्बर २ का उम्मेदवार आनन्दप्रसाद पोखरेलले पार्टी प्रवेश गराउनु भयो । ओराङ एमाले गाँउ कमिटी अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेताहरु डबल पाण्डे, भूवन सिं थापा, धनवहादुर तामाङ्ग, कुमार खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
⇒ बुलुङबाट ४० जना आए
बुलुङ— यहाँका एमाओवादी, कांग्रेस र राप्रपाका ४० जना सक्रिय कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
सभामा राप्रपाका गाउँ कमिटि सभापति चावा लामा, कांग्रेसका धनबहादुर राई, एमाओवादीका लडाकु धनराज तमाङलगायत ४० जनाले एमाले प्रवेशको घोषणा गरे । एमाले गाँउ कमिटी बुलुङ्गका अध्यक्ष रामजी विश्वकर्माको अध्यक्षतामा भएको चुनावी सभामा युथ फोर्स बुलुङ गाउँ कमिटी संयोजक जगदिश खड्काको संयोजकत्वमा ७१ सदस्यिय युथ फोर्स कमिटी बुलुङ गठन भएको छ । युथफोर्सका सदस्यहरुलाई युवा संघका जिल्ला सचिव अर्जुन थापाले सपथ ग्रहण गराएका थिए ।
⇒ चिलङ्खाको ८० प्रतिशत मत सूर्यमा
चिलङ्खा— जनसभामा एकिकृत माओवादीका सक्रिय कार्यकर्ता यम ब तामाङ्ग, सिंहमान तामाङ्ग, सैते तामाङ्ग, पुष्पा तामाङ्ग एमालेमा आएका छन् । कांग्रेसका निदोर्जे शेर्पा लगायत विभिन्न दलका ५४ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै एमाले गाँउ कमिटि चिलंखाका अध्यक्ष सोना साम्बोले गाविसभित्रबाट एमालेलाई ८० प्रतिशत मत प्राप्त हुने ठोकुवा गरे ।
⇒ ११७ जना एमाले प्रवेश
कालिञ्चोक— कालिञ्चोकका हस्ती मानिने दलबहादुर थामी, पदमबहादुर थामी, झुल्के थामीलगायत ११७ जना एमाओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
एमालेको तर्फबाट दोलखा क्षेत्र नम्बर २ का उम्मेदवार आनन्दप्रसाद पोखरेलको उपस्थितिमा भएको सभामा ४ सय भन्दा बढी नागरिक सहभागी थिए ।
मेरो जिल्ला डटकमबाट साभार

No comments:
Post a Comment