संजिव कुमार दाहाल
दोलखा, कार्तिक १० । आगामी संविधानसभाका लागि निर्वाचित हुने प्रतिनिधिहरुलाई मतदाताप्रति जीम्मेवार बनाउनका लागि काठमाण्डौमा गठन भएको देशभरका युवाहरुको सञ्जाल 'तन्नेरी चासो'ले आजबाट अभियान सुरु गरेको छ । देशका विभिन्न १३ जिल्लामा सञ्चालन हुने अभियान आज दोलखाबाट सुरु गरिएको हो । कार्यक्रम अन्तर्गत आज दोलखाको चरिकोटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई
लिखित प्रतिवद्धतामा हस्ताक्षर गराईएको छ ।
प्रतिवद्धतामा संघिय समाजवादी पार्टी क्षेत्र नं. २ का उम्मेदवार हेप बहादुर थामी, समानुपातिक उम्मेदवार नोर्साङ्ग शेर्पा, प्रमिला श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नं. २ का सुकमान थामी, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. २ का उम्मेदवार नर वहादुर पाख्रिन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका क्षेत्र नं. का मोहन व लामा, २ का कष्ण कुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका क्षेत्र नं. २ का उम्मेदवार लक्ष्मि शिवाकोटी, राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टीका अमृत बहादुर चौंलागाँई, राष्ट्रिय चुरेभावर पार्टिका राम प्रसाद उपाध्यय क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार हिरा प्रसाद चौंलागाई, टिका प्रसाद सापकोटा गरि ११ जनाले हस्ताक्षर गरेका छन । नागरिक अभियान दोलखा र तन्नेरी चासोले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जिल्लाका नागरिक समाज, पत्रकार लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं पुर्व जिविस सभापति रुद्र वहादुर खड्का, नेकपा एमाले दोलखाका उपाध्यक्ष नर बहादुर श्रेष्ठ, । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुन्दरप्रकाश खड्काले आफ्नो भनाई राख्दै पार्टीका उम्मेदवारहरुलाई जिम्मेवार वनाउन अभियानले भूमिका निर्वाह गर्ने वताउनुभएको थियो । नेपालका राजनैतिक दल तथा नेताहरुलाई उत्तरदायि बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिवद्धता पत्रका मस्यौदाकार एवं नागरिक अभियान दोलखाका संयोजक प्रेम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा वोल्दै नागरिक समाजका विर्ख क्रान्तिले नेताहरुलाई उत्तरदायि बनाउन नसकिए फेरी पनि संविधान निर्माण नहुने भएकाले नेतालाई जनताले खवरदारी गर्न जरुरी रहेको वताउनभयो । अभियानअन्तर्गत आज सिन्धुपाल्चोकको खाडीचौर र काभ्रेपलाञ्चोकको धुलिखेलमा कार्यक्रम आयोजना गरिने अभियानमा संलग्न नविन सिलवालले जानकारी दिनुभयो ।

No comments:
Post a Comment