(चिरञ्जीवि मास्के) दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभासद्हरूको आ–आफ्नै योजनाहरू सार्वजनिक भएका छन् । कोही विकासलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता गरिरहेका छन्, कोही संविधान निर्माणमा सक्रिय रहने कसम खाँदैछन्, कोही पार्टीको निर्देशनअनुसार चल्ने वचनबद्धता प्रकट गरिरहेका छन् । ६ सय १ जनाको यो भीडमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् आनन्दप्रसाद पोखरेलको कुरा भने अलिक फरक छ । दोलखा सिंगो नेपालको प्रमुख
आयस्रोत बन्ने महत्त्वपूर्ण थलो हो त्यसैले दोलखाको विकास गर्न सकियो भने नेपालको अर्थतन्त्रमा यसले महत्त्वपूर्ण योगदान दिन सक्छ । निर्वाचित भए लगत्तै सदरमुकाम चरिकोटको एउटा कफी सपमा भेटिएका पोखरेलले भने– ‘त्यसैले दोलखाको विकासका लागि मैले पाँच वटा कुरालाई प्राथमिकतामा राखेको छु ।’
जलश्रोतः
दोलखा जलश्रोतको धनी जिल्ला मध्यमा पर्दछ । यो जिल्लामा ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना सञ्चालन भइरहेको छ भने ४ सय ५६ मेगावाटको माथिल्लो तामाकाशी आयोजना निर्माणको चरणमा रहेको छ । लगत्तै ६ सय ८२ मेगावाटको तामाकोशी तेस्रोसमेत निर्माण गर्न सकिन्छ । पोखरेलले भने– ‘समग्रमा म आफू सभासद् रहँदाको अवधिमा १ हजार ६ सय ५० मेगावाट आयोजना दोलखामा सञ्चालन गर्ने कुरामा सक्रिय रहनेछु ।’ समयले साथ दियो भने उर्जामन्त्री बन्ने धोखो पालेका पोखरेल त्यस्तो अवसर मिले तामाकोशी तेस्रो जसरी पनि निर्माण गर्ने बताउँछन् । ‘जसले जे सुकै भनुन् म मन्त्री भएँ भने तामाकोशी तेस्रो त बन्छ बन्छ’, –पोखरेलले भने ।

पर्यटनः
दोलखा पर्यटकीय हिसाबले नेपालकै महत्त्वपूर्ण गन्तव्य मध्यको हो । त्यसैले दोलखालाई पर्यटकीय रूपमा समेत विकास गर्नुपर्छ । यसका लागि अहिले शुरू भएको फिल्मसिटीको कामलाई जसरी पनि अगाडि बढाउनुपर्छ सभासद् पोखरेलले आफ्नो योजना सुनाउँदै भने– ‘फिल्मसिटी निर्माणका लागि म आफ्नो ठाँउबाट सक्दो प्रयास गर्नेछु साथै दोलखाको भीमेश्वर, कालिञ्चोक, देउलाङ्गेश्वर महादेव, गाईखुरा महादेव, शैलुङ, जिरी, चरिकोट, महाङ्काल, सुन्द्रावती, सुनखानीको कालीनाग थान, रामबोले, च्छो रोल्पा हिमताल, विगु गुम्बा, लप्ची गुम्बा, मैनापोखरी, खिम्ती, सिंगटी, तामाकोशीलगाएतको ठाँउको विकास गर्ने र धार्मिक पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार निर्माणमा समेत मेरो ध्यान पुग्नेछ ।

संस्कृतिः
दोलखामा धेरै खाले संस्कृति छ । थामी, सुरेल, जिरेल हाम्रो जिल्लाको पहिचान हो । यसको संस्कार संस्कृतिको जगर्ने महत्त्वपूर्ण छ जसका लागि मेरो प्रयत्न सदैव रहनेछ । पोखरेलले भने– ‘तामाकोशीमा रहेको चर्नावतीमा वृद्धाश्रम निर्माण गर्ने र चर्नावती क्षेत्रलाई उत्तर गयाको रूपमा विकास गरी भारतीय पर्यटकलाईसमेत भित्त्याउने काममा मेरो भूमिका रहनेछ । यसको अलवा संस्कृत विश्वविद्यालय, चरिकोटको चरिघ्याङमा रहेको गुम्बाको संरक्षण र लामा भाषाको खोज–अनुसन्धान, दोलखाको नेवारी भाषाको खोज, दोलखालाई सांस्कृतिक शहरको रूपमा विकास गर्ने कुराहरूसमेत मेरो प्राथमिकता रहेको छ’, –पोखरेलले भने ।

बुद्धदर्शन अध्यन केन्द ्रः
‘बुद्ध धर्म र संस्कृतिको हिसाबले लामाबगरको लप्ची र विगुको विगु गुम्बा महत्त्वपूर्ण रहेको छ । यी दुवै क्षेत्रमा बुद्धदर्शन अध्यन केन्द्र स्थापना गर्ने मेरो लक्ष्य रहको छ ।’ –सभासद् पोखरेलले योजना सुनाउँदै भने ।

जैविक सांस्कृतिक सम्पदाः
दोलखामा रेड पान्डा, हिम चितुवा आदि दुर्लभ जनावरको बस्तीका कुरा छन्, गौरीशङ्कर संरक्षण क्षेत्रको विकास र विस्तारका कुरा छन् । विभिन्न खाले जडिबुटी, पंक्षी आदिको संरक्षण र संबद्र्धन पनि मेरो कामको महत्त्वपूर्ण पाटो हुनेछ ।

दोलखाको विकासको अलवा सभासद् पोखरेलले संविधान निर्माण र राष्ट्रिय अन्तर्राष्ट्रिय चासोका लागि केही महत्वाकांक्षी योजनासमेत रहेको बताए । उनले भने– ‘संविधानको सवालमा पार्टीले अघिसारेको बहुपहिचानसहितको स्रोत प्रदेश, कार्यकारी प्रधानमन्त्रीलगाएतको कुरालाई प्राथमिकता दिनु नै मेरो काम हुनेछ । पोखरेलले खाद्य सम्प्रभुता, विकास निर्माण, युवा रोजगार, सामुदायिक सम्पतिको संरक्षण र उपयोग आदिलाई संविधानको मौलिक हकमै व्यवस्था गर्न आफ्नो तर्फबाट पहल गर्ने र जनताको मुद्धामा समान विचार भएका सांसद्हरूको दबाब समूह निर्माण गर्न पहल गर्ने बताए ।
copied by
newsofnepal.com
No comments:
Post a Comment