Monday, December 16, 2013

आजदेखि काठमाडौं महानगरमा पार्किङ निःशुल्क

नविन अर्याल

१ पुस, काठमाडौं । के तपाई काठमाडौं महानगरभित्र सवारी पार्किङ गर्दा शुल्क तिर्दै त हुनुहुन्न । अबदेखि महानगरभित्र सवारी पार्किङ गर्दा शुःल्क तिर्नुपर्दैन । काठमाडौं महानगरापलीकाले महानगरभित्रका सार्वजनिक स्थानहरुमा पुस १ गतेदेखि लागु हुने गरी सवारी पार्किङ निःशुल्क बनाएको छ ।
Parkingमहानगरपालीकाले नयाँ बानेश्वर, प्युखा, खिचापोखरी, कालीमाटी लगायतका ७३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गर्न लागेको हो । यी स्थानहरुमा औपचारिक र अनौपचारिक रुपमा दुई पाँग्रो र चार पाँग्रे सवारी पार्किङ हुँदै आएका छन् । स्थानीय स्वयत्त शासन ऐन ०५५ र नियमावली ०५६ का प्रावधानअनुरुप महानगरपालीकाले पार्किङ शुल्क लिएर सवारी व्यवस्थापन गर्दै आएको थियो । उक्त व्यवस्था असार मसान्तमा सकिएपछि अब निःशुल्क पार्किङ बनाइएको महानगरको भनाई छ ।
महानगरपालीकाले फागुन महिनामा काठमाडौंका ७३ स्थानमा खुला प्रतिस्पर्धाबाट पार्किङका लागि बोलपत्र आहृवान गरेकोमा पार्किङ ठेकेदारहरुले महानगरको कदम न्याससंगत नभएको भन्दै वैशाखमा सर्वोच्च र पुनरावेदन
अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्धा अदालतमा अझैपनि विचाराधीन भएकाले महानगरले बोलपत्र आहृवान गर्न नमिलेपछि निःशुल्क पार्किङ बनाइएको हो ।
महानगरले ७३ स्थानमा पार्किङ हुँदै आएको बताएपनि २ सयभन्दा बढी स्थानहरुमा अनौपचारिक पार्किङ सञ्चालन गरेर स्थानिय यूवा तथा क्लवहरुले पैसा अशुल्दै आएका थिए । महानगरले भने जम्मा २० स्थानबाट मात्र पार्किङको पैसा पाउने गरेको थियो । पार्किङबाट महानगरपालीकाले वाषिर्क ४६ लाख रुपैयाँ राजश्व बुझ्दै आइरहेको बेलामा अनौपचारिक रुपमा करोडौं रुपैयाँ बराबरको पार्किङ कारोबार हुने गथ्र्यो ।
महानगरले ठेक्का दिँदा १ घण्डा पार्किङ गरेको ५ रुपैयाँ र १ घण्टाभन्दा बढी पार्किङ गरेको १० रुपैयाँ लिनुपर्ने बताएपनि ठेकदारहरुले एक घण्टाकै १० देखि २० रुपैयाँसम्म लिने गरेका थिए । मोटरसाइकलको भिड लाग्ने स्थानहरुमा स्थानिय क्लव तथा यूवाहरुले पार्किङ शुल्क उठाउँदै आएका थिए । पार्किङ सञ्चालन गर्ने प्रायजसो स्थानिय यूवाहरु हुने हुँदा उनीहरुले चालकलाई धम्काएर पैसा असुल्दै आइरहेका थिए ।
महानगरपालीका एक कर्मचारीले अनलाइनखबरसँग भने- ‘हामी महानगरपालीकाका कर्मचारी हौं, हाम्रो पैसा लाग्दैन भन्दा पनि छाड्दैनथे, सर्वसाधारणलाई कसरी छाड्थे ।’ पार्किङका नाममा गुण्डागर्दीको शैलीमा चालकबाट शुल्क असुल्ने प्रवित्ती बढ्दै गएको थियो ।
पार्किङ ठेक्का लिने सञ्चालकहरु
महानगरपालीकाका अनुसार २० स्थानबाट पार्किङको राजश्व उठ्दै आइरहेको थियो । अन्य स्थानहरुमा अवैधानिक रुपमा पार्किङ सञ्चालन गरेर पैशा अशुल्ने काम भइरहेको थियो ।
Parking-5
पार्किङ शुल्क महानगरको कोषमा अत्यन्त न्यून स्थानको मात्र दाखिला हुने, तर त्यो भन्दा बढी स्थानमा क्लव, टोल सुधार, मन्दिर संरक्षण लगायतको नाममा शुल्क संकल हुने गरेको महानगरले जनाएको छ । अनौपचारीक क्षेत्रले राज्य कोषको आम्दानी छली गरी गुण्डा गर्दीको संरक्षण गर्न, प्रशासन कमजोर बनाउन, समानान्तर कुशासित संयन्त्रको विकास गर्न र असुरक्षा वृद्धि तथा सुशासनको उपहास गर्न भरपूर सहयोग गरेको महानगरको ठहर छ । महानगरले अर्को व्यवस्था नभएसम्म सवारी पार्किङ शुल्क नलाग्ने जनाएको छ ।
निःशुल्क पार्किङको व्यवस्था भएपनि चालक मर्यादामा भने रहनुपर्छ । पार्किङ स्थलको प्रारम्भ बिन्दु र अन्तिम बिन्दुमा रेखाचिन्ह र सूचना पाटी राखिने छ । रेखा चिन्हभन्दा बाहिर राखिएका सवारी साधनलाई १ हजार रुपैयाँ जरिवाना गरिने छ । मोटरसाइकलका लागि २.५ फिट र चारपांग्रेका लागि ९ फिटको क्षेत्र राखी रेखाङ्कन गरिने बताइएको छ ।
सवारीको जिम्मा स्वयम चालकले लिनुपर्ने बताइएको छ । विहान ६ बजेदेखि रातीको ९ बजेसम्म मात्र सवारी पार्किङ गर्न पाइनेछ । महानगरले ७३ क्षेत्रभन्दा बढी स्थानमा ९ समूह विभाजन गरी पार्किङको व्यवस्था गरेको छ ।
Parking-1 Parking-2 Parking-3 Parking-4
copied www.onlinekhabar.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।