Tuesday, December 17, 2013

माथिल्लो तामाकोसीमा नेपालकै पहिलो सुरुङ सडक बन्ने

दिलबहादुर केसी-दोलखा १ पुस ।
लामाबगर–फलाक सडकको लामाबगरमा सुरुङमार्ग निर्माण हुने भएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थल आसपासको ६ सय मिटर सडकमा सुरुङ निर्माणका लागि सडक विभागले सुरुङ मार्फत सडकको ट्रयाक खोल्न लागेको हो ।
भौगोलिक कठिनाइका कारण सडक निर्माण जोखिमपूर्ण भएपछि माथिल्लो तामाकोसी प्रभावित क्षेत्रको सडक आयोजना मार्फत नै सुरुङ निर्माणको कामहुने भएको छ । आयोजनाको बाँधनिर्माणको काम आधा भन्दा बढी भइसके तापनि सडकको काम हुन नसकेपछि सडक विभागले प्रभावित सडक आयोजनाले नै निर्माण गर्ने निष्कर्ष सहितआयोजनालाई अनुरोध गरेको छ ।
लामा बगरमा निर्माण हुने सुरुङमार्ग नेपालकै पहिलो सुरुङ सडक हुने सडक विभागका अधिकारीहरुको दाबी छ । काठमाडौ कुलेखानी जोड्ने सुरुङमार्ग सुरु भएतापनि पूरा हुनेमा यो पहिलो हुने उनीहरुको दाबी छ । ३ वर्षअघि नै सडक विभागले टेण्डर गरेर ठेकेदार छनौट गरे पनिउल्लेख्य प्रगतिहुननसकेपछि छिटोछरितोका लागि विभागले आयोजनालाई नै दिन लागेको हो । आयोजनाले आयोजनाकै सिभिल ठेकेदार कम्पनी चिनीयाँ सिनो हाइड्रो कर्पोरेसन मार्फत निर्माण गर्ने छ । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले सडक विभागको अनुरोध अनुसार आयोजनाले सिनो मार्फत सडकको सुरुङ निर्माण गर्ने बताए ।
सडकको सुरुङ निर्माणका लागि आयोजना र डिभिजन सडक कार्यालय चरिकोटका अधिकारीहरु लामा बगरमा बैठक बसेर विदेशी परामर्शदाता सहित सिनोका अधिकारी सहित संयुक्त निरीक्षण समेत भइसकेको छ । आयोजनाका परामर्शदाता नरकन्सल्ट–ल्याहमेरका विशेषज्ञहरुले समेत आर्थिक तथा भौगालिक कारणले पनि बाहिरी सतहभन्दा सुरुङ मार्ग नै उपयुक्तहुने सुझाव दिएका छन् ।
copied by  karobardaily

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।