Sunday, December 22, 2013

भिमेस्वर सम्म उल्टो ट्याक्सि पुग्यो

शम्भु गौतम। दोलखा, ६ पुस। मुलुकमा संकट टरोस भन्ने कामना गर्दै पशुपतिनाथको जल दोलखा भीमेश्वरमा चढाउन एक ट्याक्सी चालकले काठमाडौँदेखि चरिकोटसम्मको उल्टो  सवारी यात्रा पूरा गरेका छन्।

शुक्रवार विहान करिब ७ बजे काठमाडौँ पशुपतिनाथबाट सुरु गरेको उल्टो यात्रा आज विहान करिब ९ बजे चरिकोटमा आइपुगेर पूरा गरेका हुन्। दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा कुनै विपत्ति आइपर्ने
जनविश्वास रहेका छ भने सो विपत्ति टरोस् भन्ने कामना गर्दै यसरी उल्टोतर्फ सवारी यात्रा गरिएको ट्याक्सी चालक तेजबहादुर थापाले बताउनुभयो। दोलखा भीमेश्वरलाई मंसिर ३० गते दिउँसो दुईघण्टासम्म पसिना आएको थियो।

काठमाडौँबाट विपरित यात्रा गर्दै आएको ट्याक्सीले सदरमुकाम चरिकोटदेखि सुल्टो सवारी चलाएको थियो। काठामाडौँदेखि दोलखा भीमेश्वरसम्म नै विपरीत यात्रा गर्ने उद्देश्यले ल्याइएको ट्याक्सीले स्थानीयहरुको अनुरोध अनुसार सदरमुकाम चरिकोटदेखि सुल्टो सवारीका साथ दोलखा भीमेश्वर पुगेको हो। भीमेश्वरतर्फ विपरीत यात्रा गर्नु शुभ नहुने भन्दै स्थानीयले सुल्टो सवारी चलाउन भनेपछि त्यसै गरिएको हो। विपरीत सवारी गर्ने थापासँगै अन्य १० भन्दा बढी निजी तथा भाडाका सवारी साधनहरु छन्।

दोलखा भीमेश्वरमा पुगेर उनीहरुले पशुपतिनाथबाट ल्याएको जल चढाउँदै मुलुकमा आउन सक्ने संकट टरोस् र समयमै संविधान बनोस् भन्ने कामना गरेका थिए। उनीहरुले अव बन्ने संविधानमा मजदूरहरुका एजेण्डा समावेश होस् सन्देश पनि दिएका छन्।

पशुपतिनाथदेखि दोलखासम्मको यात्राको आयोजना नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, एयरपोर्ट ट्याक्सी इकाईले गरेको हो।

 copied  by ....hamrakura.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।