Saturday, January 18, 2014

चितवन, ma bhukampa

चितवन, ३ माघ । जब भुकम्प आयो तब मानिसहरु आफ्नो टाउको जोगाउन भुईमा निउरिएर हातले टाउको छेक्न थाले । त्यत्तिकैमा स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीको एक टोली आयो, घाइते भएकाहरुको उद्दार तथा प्राथमिक उपचार सुरु भयो । कतिपय घाइतेहरुलाई एम्बुलेन्समा हालियो । अस्पताल पुराउने तरखर थालियो । यो दृश्य साँच्चिकै चितवनमा भुकम्प गएर देख्न पाइएको होइन । तर पनि १६ औँ भुकम्प सुरक्षा दिवसका अवसरमा चितवनमा पनि गरिएको भुकम्प सुरक्षासम्बन्धि रिहल्सन थियो । १९९० साल माघ २ गते गएको भुकम्पको स्मरण गर्दै अपनाउनुपर्ने सर्तकता बारे जनचेतना फैलाउने उद्देश्यले विगत १५ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । दिवसकै अवसरमा भरतपुरमा सरोकारवालाले ¥याली निकाले । विभिन्न क्षेत्रको परिक्रमा गरि ¥याली नगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा जनचेतना मुलक नाटक समेत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा वोल्ने वक्ताहरुले चितवनलाई सुरÔित शहर बनाउन नगरपालिकाले सबै पूर्व तयारी गर्नुपर्ने बताएका छन् । उनीहरुले भवन आचार संहिताको कडाईका साथ कार्यन्वयनको साथै प्रकोप ब्यबस्थापन निर्देशिका, बित्तिय ब्यबस्थापन, प्रकोप कोÈलगायतका काम गर्नुपर्नेमा जोड दिएका थिए । प्राबिधिकको सल्लाह बिनानै घर बनाउनु, घर निर्माणको क्रममा प्रयोग हुने सामाग्रीको गुणस्तरियतालाई ध्यान नदिने र बिना डिजाईन घर बनाउदा Ôतिको जोखिम बढेको नगरपालिकाका ईञ्जिनियर विराट घिमिरेले बताए । नयाँ संरचना भुकम्प प्रतिरोधी बनाउनुको साथै यसअघि निर्माण भैसकेको संरचनालाई भुकम्प प्रतिरोधी बनाउनु चुनौतिपूर्ण रहेको घिमिरेको भनाई छ । नेपाललाई पछिल्लो समय भुकम्पीय दृष्टिका रुपमा जोखिम पुर्ण मानिन्छ । त्यसमा पनि काठमाण्डौ उपत्यका बढी जोखिमपुर्ण रहेको विज्ञहरुले बताउँदै आएका छन् । गगनचुम्बी भवन निर्माण बढ्दै जानु र मापदण्ड पुरा नगरि बनाईएका भवनका कारण जोखिम बढेको उनीहरुको भनाई छ । ९० सालमा गएको ८ दशमलब ३ रेक्टर स्केलको महाभुकम्पमा परी झण्डै ७ हजार जनाले ज्यान गुमाएका थिए । अब सोही स्केलको भुकम्प गएको खण्डमा ठुलो मानविय क्षतिको साथै उपत्यकाका ७५ प्रतिशत संरचना ध्वस्त हुने विज्ञहरुको अनुमान छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।