Monday, November 9, 2015

एक प्रवासिको स्मरण दोलखाको ''गुमुखोला हाट''

''गुमुखोला हाट'' भनेपछि त्यों जवानामा दोलखा जिल्ला भरी नै प्रख्यात थियो सदरमुकाम देखि उत्तरी भेगका करीव 25 गा वि सका मानिसहरू ओइरिन्थे उक्त हाटमा । बुढ़ापाकाहरुको लागि त्यों हाट सिपको सामान (डोको नाम्लो,डालो,थुंचे,भकारी,मान्द्रो,नाङलो आदी) किनबेचले  प्रख्यात थियो ।थामि, सुरेल, तमाङ अादि जातिहरूको लागि मदिरा ब्यापारले उक्त हाट प्रख्यात थियो क्षत्री लगायत अन्य हाट हेर्न जाने जातिको लागि भने मदिरा पिउने पर्वको रूपमा त्यों हाट प्रख्यात र लाभदायी थियो । त्यसै क्रममा हरेक 10 र 25 गतेको हाट म पनि झुक्दैन थिए । मदिरा त म पिउन्न थिए ,मेरो लक्ष त्यों हाटको दिन दही चिउरामा केरा मोलेर खाने हुन्थ्यो । त्यही क्रममा दही ब्यापारी दाई हरेक हाटमा मलाई ग्राहक पाउदा दंग थिए । 2056 सालतिर SLC गरेर जव म राजधानी छिरे तव त्यों हाट गुमुखोला बाट सिगटी सरेछ बर्सौं सम्म अव त्यो हाट सगै दही बेपारी दाईं पनि मेरो लागी बिरानो भयो । राजधानीको बसाई पछि बिदेशको यात्राको क्रममा करीब डेढ़ दसक पछि अस्ति नेपाल छुट्टी जादा त त्यों दहि बेपारी दाई नयाँ बलेरो गाड़ी आफैले हॉकेर तीर्थ यात्री रक्सोलसम्म छोड़न जान लागेको पो भन्छन् वा ! कुरा बुझ्दा उनकै बलेरो हो रे त्यों 10 साल जतिको दही बेपारबाट किनेको रे त्यों बलेरो गाड़ी । बलेरोको कमाइले सहरमा घडेरी पनि उनले किनिसके रे ! अनि सिगटिको उक्कालो चढ्डा आफैलाई धिक्कार लाग्यो घर छोडेर परदेस बिदेस लागेको 15 साल जति भएछ आफुले एउटा गतिलो भटभटे किन्न सकिएको छैन थुइक्क मेरो बुध्दि लगनसिल मान्छेले आफ्नै ठाउँ बसेर यस्तो प्रगति गरी सके भने मलाई बिदेशको मोहले पो बिगारेको रहेछ । बल्ल मेरो आँखा खुल्यो अनि बिदेस छाड्ने मनसाय बनाउदै छु अब नेपाल गएर के मा हात हाल्ने त्यों सोचले आजकाल गम्भीर बनेको छु । दिन पनि वर्ष जस्तै लाग्न थालेको छ आजकल ।  लेखक   इश्वर खडका
          


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।