हेर्दामा राम्रो दोलखा हाम्रो लोभ्याउछ मनलाई
पर्यटक तीर्थालु खुसी हुन्छन् दोलखा जानलाइ
पूर्वमा हेर्यो गौरी शङकर कालिन्चोक पश्चिममा
उत्तर तिर देऊडुढुंगा बीगु सैलुङ्ग छ दछिणमा
कालीन्चोक डाडा उक्लीदा माथि बतास सिरिरि
चौरी गाई गोठको दाईले बजाउदा बासुरि तिरिरि
सुनपाति धूपिको मकमक बास्ना मन हुन्छ हरर
एक पटक गएपछि फेरी पनि जाने मनमा रहर
कालीन्चोक डाडा चढेर हेर्दा चिमल फुलेको
टुट्वानको फॉटमा उभेर हेर्दा चौरी गाई डुलेको
मौसम चाही सफा हुनु नै पर्छ आकाश खुलेको
टापुमा पुग्दा त्यही भान हुन्छ स्वर्ग नै भुलेको
सैलङ् थुम्को उत्तिकै राम्रो जिरि स्विजरल्याण्ड !
लाम्बगर, गौरि,देउढूंगाले बिर्साउछ थाईल्याण्ड !
भीमेस्वर अनि जटापोखरी उत्पती ईतिहास
स्थलगतरूपमा घुम्दा त्यहाँ प्रभूकै लाग्छ वास ।
,,, रचनाकार इश्वर खडका दोलखा ,,,,,,,
No comments:
Post a Comment