Monday, November 9, 2015

कविता ''जव हिउदाको दिन आए तव दोलखाली रमाए'

जव हिउदाको दिन आए
तव दोलखाली रमाए
लुक्छ छहरा सुन्ने पारेर
भाग्छ बादल सूर्यलाइ हारेर
छैन अव कुनै त्रास यात्रामा
खुल्दछ रमाइलो पर्व र जात्रामा
कूर्दा घामको ताप बिहानी पख
चौतारीमा जम्मा भै मिठो गफ
लटरम्म फलफूल आफ्नौ वारीमा
गाई भैंसी दुहुना आफ्नै छहारीमा
साच्चीकै धनाढ्य दोलखा वासी
आफ्नै मेहनतमा बाच्छौ हाँसी
परालको सुकुल खोस्टाको चकटी
चुयाको डालो, नांग्लो, डोको भकारी
आफ्नै श्रीजना र सीपले रमाउने वानी
काममा तल्लीन बूढ़ा हुन या साना नानी
बजारमा किन्छौ नूनसुन मात्र कपड़ा
हरेक कुरा आफैमा निर्भरले तगडा
जव हिउदाको दिन आए
तव दोलखाली रमाए
जव हिउदाको दिन आए
तव दोलखाली रमाए
,, रचनाकार इश्वर खडका दोलखा ,,,,,,,

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।