Tuesday, March 29, 2016

दुईवटी श्रीमती विवाह नगरे जन्मकैद



29 March, 2016
संसारका धेरै मुलुकमा श्रीमतीको बिना मन्जुरी दोस्रो विवाह गरेमा बहुविवाहको आरोपमा सजाय हुने गर्दछ । नेपालमा पनि दुईवटी श्रीमती भित्र्याएमा जेलको हावा खानुपर्छ । तर अफ्रिकी राष्ट्र इरिट्रियामा भने एक व्यक्तिले दुईवटा विवाह नगरे जेलको सजाय भोग्नुपर्ने हुन्छ ।
इरिट्रिया सरकारले हरेक पुरुषले दुइओटा विवाह गर्नैपर्ने र विवाहपछि पहिलो श्रीमतीले आपत्ति जनाएमा दुवैलाई जेल सजाय हुनसक्छ । तर यसो गर्नुमा इरिट्रिया सरकारको बाध्यता छ । सरकारको वयान अनुसार समय समयमा हुने गृहयुद्वका कारण देशमा पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि महिलाको सुरक्षाका लागि पुरुषले दुईओटा विवाह गर्नु जरुरी ठानिएको हो ।
सन् १९९८ को गृहयुद्धमा १ लाख ५० हजार र त्यसपछि इथियोपियासंग अलग हुन भएको युद्धमा करीब ४ लाख मानिसको ज्यान गएको थियो । यसैकारण इरिट्रियाको सरकारले यस्तो कानुन पारित गरेको थियो । यो कुरा सामाजिक सञ्जालमा पनि चर्चित बन्दै आएको छ ।
लगभग १७६०० वर्ग किलोमिटर क्षेत्रफल रहेको इरिट्रियाको पूरा नाम इरिट्रिया लालसागर हो । यो ढाकि र हनीश द्वीपसमूहमा सामेल छ । इरिट्रियाको पूर्वोत्तर र पूर्वी क्षेत्रमा साउदी अरब र यमनका साथ लाल सागरको समुद्री किनार छ । यो मुलुकको पश्चिम दक्षिणमा इथियोपिया र दक्षिण पूर्वमा सुडान अवस्थित छ ।
इरिट्रियन राष्ट्रपति इसाइस अफ्रिकी नेतृत्वको सरकारले एकभन्दा बढी पत्नी भित्रय्याउने कि जेलको हावा खाने भन्दै नीति बनाएपछि यो विषय निकै चर्चामा छ । इरिट्रियाको यो कदममा उसको आफ्नै बाध्यता छ । तर, मानवअधिकारका दृष्टिले यसलाई कसरी हेरिन्छ यसै भन्न सकिन्न ।
स्रोत नेपालजापन डट कम

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।