Wednesday, March 30, 2016

नेपालमा अब ट्राफिकको आँखा छळ्न नसकिने

30 March, 2016
आँखा छलेर नियम मिच्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ ।ट्राफिकको आँखा छलेर ट्राफिक नियम भिच्ने बानी परेकाहरुलाई ट्राफिक प्रहरीको आँखाले नदेखे पनि क्यामेराले भने निगरानी गरिरहेको हुन्छ । किनभने शरीरमा एक्सन क्यामेरा भिरेर बुधबारदेखि ट्राफिक प्रहरी सडक चेकिङमा निस्कदैछन् ।
चालकको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाही गरिने छ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए ।क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन् ।
‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनाए । ‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’उनले भने,’अफिस जाने र र्फकने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो र भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको बताए ।आजको नयाँ पत्रिकामा समाचार छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।