आइतबार २८ चैत्र, २०७२
रमेश खतिवडा
कमेरो पोतिएको घरको माथिल्लो भागमा रङ फुंग उडेको छ। तर, जस्ताको छानो अनि आकर्षक आँखी‰यालले सौन्दर्य घट्न दिएका छैनन्। फराकिलो आँगन, दलिनबाट मुख्यढोकासम्म खुला जस्केलो। प्राचीन बान्कीका दलिन, थाम र ढोका। ती सबैमा कालो रङ पोतिएको छ। थुप्रै मानिस अटाउने फराकिलो पिँढी। दायाँतर्फ धुरीको माथिल्लो गाह्रो केही भत्किएको छ। अग्रभागमा केही चिरा परेको छ। 'वैशाख १२ को भूकम्पपछि पनि यही घरमा बस्यौं,' घरधनी रुद्रलक्ष्मी श्रेष्ठले सुनाइन्, 'तर, २९ गतेको भुइँचालोले चिरा पारेपछि छेउमै कटेरो हालेर बस्न थाल्यौं।' गत वैशाखको मात्र होइन, ९० सालको भुइँचालो पनि सजिलै थेग्यो यो घरले।
'९० सालमा नलडेको घरले वैशाख १२ को भुइँचालो पनि पार गर्योर तर २९ गतेचाहिँ चर्कियो,' रुद्रलक्ष्मीले सुनाइन्। स्थानीयका अनुसार यो घर ३ सय ३८ वर्ष पुरानो हो। घरधनीले तत्कालीन सरकारलाई बुझाएको तिरो रसिदमा १७३४ सालमा बनेको उल्लेख छ । खड्गबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, जनकलाल श्रेष्ठ र डबलबहादुर श्रेष्ठ गरी ४ दाजुभाइका नाममा छ यो घर। वैश्ााख २९ अघिसम्म उनीहरूकै सन्तान यहाँ बस्दै आइरहेका थिए।
डबलबहादुरका छोरा कृष्णप्रसादका अनुसार चार पुस्ताअघि उनीहरूकी जिजुबज्यैले ४ पैसा खर्चिएर यो घर बनाएकी हुन्। 'नातिहरू सानै छँदा बज्यैले ४ पैसा खर्च गरेर घर बनाएको हाम्रा बाबुबाजेले सुनाउनुहुन्थ्यो,' उनले भने, 'त्यति बेला कारेपु सरस्वतीडाँडाको जंगल र राम्पाबाट ल्याइएको काठ प्रयोग गरिएको थियो रे!' घरको गाह्रो ३६ इन्च मोटो रहेको, प्रत्येक तलामा काठको नस बाँधिएको कृष्णप्रसादले जानकारी दिए। भित्र–बाहिर दुवैतर्फ बाँधिएको नसलाई गाह्रोसँग जोडेर बन्दिलो पारिएको छ। दलिनका विभिन्न भागमा चुकुल बाँधेर गाह्रो यताउता नहल्लिने गरी पूर्व–पश्चिमतर्फ थिचिएको छ।
कृष्णप्रसादका अनुसार घरमा पहिले परालको छाना थियो। 'पछि सबै परिवार सल्लाह गरेर जस्ताको छाना राखेका हौं,' उनले भने। बलियो गरी बनाएकैले घर १९९० सालको भुइँचालोमा केही नभएको उनको भनाइ छ। '९० सालको भुइँचालोपछि केही दिन बाहिर बसेको तर घरमा केही क्षति नभएको बुबा सुनाउनुहुन्छ,' पिता ९५ वर्षीय डबलबहादुरलाई उद्धृत गर्दै उनले भने।
भूकम्पले केही वर्षअघि बनेका घर ढले पनि यो घर ठिङ्रिङ्ग उभिइरहेको देख्दा स्थानीय मात्र होइन, आगन्तुक पनि अचम्म मान्छन्। 'मान्छेहरू हेर्न आइरहन्छन्,' रुद्रलक्ष्मीले सुनाइन्, 'घर कसरी बनेको रहेछ भनेर चासो राख्छन्।' वैशाख २९ को धक्काले चर्किएपछि उनीहरू अब यो घर भत्काएर नयाँ बनाउने मानसिकतामा छन्। तर, छानोदेखि नै भत्काउनुपर्ने भएकाले कामदारलाई जोखिम हुने भन्दै आँट गरिहालेका छैनन्।
प्रयोग गरिएका काठ, झ्यालढोकाको बुनोट, पर्खाल हेर्दा श्रेष्ठ परिवारको घर तीन सय वर्ष पुरानो मान्ने आधार रहेको बताउँछन, भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत। 'मेरो अध्ययनले संरचनागत आधारमा त्यो घर ३ सय वर्ष पुरानो मान्न सकिन्छ,' उनले भने, 'कागजात हेर्न भने बाँकी छ।' इन्जिनियर राउतका अनुसार उक्त घरको संरचना वर्गाकार छ। 'संरचना स्थिर र वर्गाकार बनाइएको घर मजबुत हुन्छ,' उनले भने। भीमेश्वर मन्दिर क्षेत्रस्थित घर चट्टाने डाँडामाथि रहेकाले पनि मजबुत भएको राउतको भनाइ छ।
भूकम्पले चर्किएपछि घरभित्र पस्न नसकेकाले तिरो तिरेका प्रमाण निकाल्न नसकिएको घरधनी रुद्रलक्ष्मी बताउँछिन्। 'कागज बुइँगलमा छ, डर लागेर कोही पनि भित्र गएका छैनौं,' उनले दाबी गरिन्, 'घर ३ सय ३८ वर्ष पुरानो रहेको कागज हामीसँग छ।' उनको दाबी प्रमाणित भए यो घर मल्लकालीन ठहर्छ।
पुराना घर नै प्रतिरोधी
भीमेश्वर नगरपालिकाका इन्जिनियर राउतका अनुसार दोलखा बजारका प्राचीन घर मजबुत पाइएका छन्। यहाँ २ सय वर्षअघि बनेका घर दर्जनभन्दा बढी रहेको उनले जानकारी दिए। 'तीमध्ये भूकम्पले प्रायः चर्किए होलान् तर पूर्ण रूपमा ढलेका छैनन्,' उनले भने, 'पुर्खाले ती घर बनाउँदा नै भूकम्पीय जोखिमलाई ध्यान दिएको पाइन्छ।'
दोलखा सहरका पुराना घरको गाह्रो चौडा र संरचना बलियो रहेको उनी बताउँछन्। 'सुर्का ढुंगा राखेर प्रत्येक तला र गाह्रोपिच्छे २–३ फिटमा नस बाँधिएको छ, त्यसले गाह्रो सजिलै ढल्न दिँदैन,' उनी भन्छन्, 'कतिपय घरमा काठ छड्के पारेर बाँधिनुका साथै काठ र गाह्रोबीच चुकुल प्रयोग गरिएको छ, यसले पनि घर बलियो पार्न मद्दत गरेको हो।
रमेश खतिवडा
ऐतिहासिक दोलखा बजारमा रहेको ३ सय ३८ बर्ष पुरानो घर। ऐतिहासिक दोलखा बजारमा रहेको ३ सय ३८ बर्ष पुरानो घर।
दोलखा- ऐतिहासिक दोलखा सहरको प्रवेशविन्दु पाखलतीबाट ढुंगा बिच्छ्याइएको फराकिलो बाटो पार गरेपछि स्वयम्भूथान पुगिन्छ। त्यहाँबाट भीमेश्वर मन्दिरतर्फ मोडिने गल्ली। गल्लीबाट मन्दिर पुग्ने पहिलो सिँढी उक्लनेबित्तिकै आँखैमा ठोक्किन्छ, एउटा ठूलो घर।कमेरो पोतिएको घरको माथिल्लो भागमा रङ फुंग उडेको छ। तर, जस्ताको छानो अनि आकर्षक आँखी‰यालले सौन्दर्य घट्न दिएका छैनन्। फराकिलो आँगन, दलिनबाट मुख्यढोकासम्म खुला जस्केलो। प्राचीन बान्कीका दलिन, थाम र ढोका। ती सबैमा कालो रङ पोतिएको छ। थुप्रै मानिस अटाउने फराकिलो पिँढी। दायाँतर्फ धुरीको माथिल्लो गाह्रो केही भत्किएको छ। अग्रभागमा केही चिरा परेको छ। 'वैशाख १२ को भूकम्पपछि पनि यही घरमा बस्यौं,' घरधनी रुद्रलक्ष्मी श्रेष्ठले सुनाइन्, 'तर, २९ गतेको भुइँचालोले चिरा पारेपछि छेउमै कटेरो हालेर बस्न थाल्यौं।' गत वैशाखको मात्र होइन, ९० सालको भुइँचालो पनि सजिलै थेग्यो यो घरले।
'९० सालमा नलडेको घरले वैशाख १२ को भुइँचालो पनि पार गर्योर तर २९ गतेचाहिँ चर्कियो,' रुद्रलक्ष्मीले सुनाइन्। स्थानीयका अनुसार यो घर ३ सय ३८ वर्ष पुरानो हो। घरधनीले तत्कालीन सरकारलाई बुझाएको तिरो रसिदमा १७३४ सालमा बनेको उल्लेख छ । खड्गबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, जनकलाल श्रेष्ठ र डबलबहादुर श्रेष्ठ गरी ४ दाजुभाइका नाममा छ यो घर। वैश्ााख २९ अघिसम्म उनीहरूकै सन्तान यहाँ बस्दै आइरहेका थिए।
डबलबहादुरका छोरा कृष्णप्रसादका अनुसार चार पुस्ताअघि उनीहरूकी जिजुबज्यैले ४ पैसा खर्चिएर यो घर बनाएकी हुन्। 'नातिहरू सानै छँदा बज्यैले ४ पैसा खर्च गरेर घर बनाएको हाम्रा बाबुबाजेले सुनाउनुहुन्थ्यो,' उनले भने, 'त्यति बेला कारेपु सरस्वतीडाँडाको जंगल र राम्पाबाट ल्याइएको काठ प्रयोग गरिएको थियो रे!' घरको गाह्रो ३६ इन्च मोटो रहेको, प्रत्येक तलामा काठको नस बाँधिएको कृष्णप्रसादले जानकारी दिए। भित्र–बाहिर दुवैतर्फ बाँधिएको नसलाई गाह्रोसँग जोडेर बन्दिलो पारिएको छ। दलिनका विभिन्न भागमा चुकुल बाँधेर गाह्रो यताउता नहल्लिने गरी पूर्व–पश्चिमतर्फ थिचिएको छ।
कृष्णप्रसादका अनुसार घरमा पहिले परालको छाना थियो। 'पछि सबै परिवार सल्लाह गरेर जस्ताको छाना राखेका हौं,' उनले भने। बलियो गरी बनाएकैले घर १९९० सालको भुइँचालोमा केही नभएको उनको भनाइ छ। '९० सालको भुइँचालोपछि केही दिन बाहिर बसेको तर घरमा केही क्षति नभएको बुबा सुनाउनुहुन्छ,' पिता ९५ वर्षीय डबलबहादुरलाई उद्धृत गर्दै उनले भने।
भूकम्पले केही वर्षअघि बनेका घर ढले पनि यो घर ठिङ्रिङ्ग उभिइरहेको देख्दा स्थानीय मात्र होइन, आगन्तुक पनि अचम्म मान्छन्। 'मान्छेहरू हेर्न आइरहन्छन्,' रुद्रलक्ष्मीले सुनाइन्, 'घर कसरी बनेको रहेछ भनेर चासो राख्छन्।' वैशाख २९ को धक्काले चर्किएपछि उनीहरू अब यो घर भत्काएर नयाँ बनाउने मानसिकतामा छन्। तर, छानोदेखि नै भत्काउनुपर्ने भएकाले कामदारलाई जोखिम हुने भन्दै आँट गरिहालेका छैनन्।
प्रयोग गरिएका काठ, झ्यालढोकाको बुनोट, पर्खाल हेर्दा श्रेष्ठ परिवारको घर तीन सय वर्ष पुरानो मान्ने आधार रहेको बताउँछन, भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत। 'मेरो अध्ययनले संरचनागत आधारमा त्यो घर ३ सय वर्ष पुरानो मान्न सकिन्छ,' उनले भने, 'कागजात हेर्न भने बाँकी छ।' इन्जिनियर राउतका अनुसार उक्त घरको संरचना वर्गाकार छ। 'संरचना स्थिर र वर्गाकार बनाइएको घर मजबुत हुन्छ,' उनले भने। भीमेश्वर मन्दिर क्षेत्रस्थित घर चट्टाने डाँडामाथि रहेकाले पनि मजबुत भएको राउतको भनाइ छ।
भूकम्पले चर्किएपछि घरभित्र पस्न नसकेकाले तिरो तिरेका प्रमाण निकाल्न नसकिएको घरधनी रुद्रलक्ष्मी बताउँछिन्। 'कागज बुइँगलमा छ, डर लागेर कोही पनि भित्र गएका छैनौं,' उनले दाबी गरिन्, 'घर ३ सय ३८ वर्ष पुरानो रहेको कागज हामीसँग छ।' उनको दाबी प्रमाणित भए यो घर मल्लकालीन ठहर्छ।
पुराना घर नै प्रतिरोधी
भीमेश्वर नगरपालिकाका इन्जिनियर राउतका अनुसार दोलखा बजारका प्राचीन घर मजबुत पाइएका छन्। यहाँ २ सय वर्षअघि बनेका घर दर्जनभन्दा बढी रहेको उनले जानकारी दिए। 'तीमध्ये भूकम्पले प्रायः चर्किए होलान् तर पूर्ण रूपमा ढलेका छैनन्,' उनले भने, 'पुर्खाले ती घर बनाउँदा नै भूकम्पीय जोखिमलाई ध्यान दिएको पाइन्छ।'
दोलखा सहरका पुराना घरको गाह्रो चौडा र संरचना बलियो रहेको उनी बताउँछन्। 'सुर्का ढुंगा राखेर प्रत्येक तला र गाह्रोपिच्छे २–३ फिटमा नस बाँधिएको छ, त्यसले गाह्रो सजिलै ढल्न दिँदैन,' उनी भन्छन्, 'कतिपय घरमा काठ छड्के पारेर बाँधिनुका साथै काठ र गाह्रोबीच चुकुल प्रयोग गरिएको छ, यसले पनि घर बलियो पार्न मद्दत गरेको हो।
- स्रोत नागरिक न्यूज
No comments:
Post a Comment