Tuesday, April 26, 2016

सिगटीमा संरक्षण क्षेत्रको कार्यालयमा तोडफोड

२०७३ बैशाख १४ सोमबार
 आवाज संवाददाता
दोलखा जिल्लाको लादुक गाविस, सिंगटीमा रहेको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालयमा हिंजो साँझ तोडफोड भएको छ ।
जिल्लाको लादुक, खारे, सुरी, लामावगर, बुलुङ, चिलंखा लगायतका स्थानीयवासीहरुले आवास निर्माणको लागि काठ कटानको लागि संरक्षण क्षेत्रले असहयोग गरेको भन्दै तोडफोड भएको बुझिएको छ ।
स्थायी घर निर्माणको लागि लादुक लगाएत विभिन्न गाविसका सामुदायिक बनको सिफारीसमा प्रति परिवार ३० क्यू फिट काट कटान गरिएकोमा संरक्षण क्षेत्रले चिरानको लागि लामिडाँडा लान नदिएको स्थानीय नवराज केसीले वताउनु भयो ।
यस विषयमा गौरीशंकर संरक्षण क्षेत्र दोलखाका प्रमुख सत्यनारायण साहाले आफुले कानुनले भनेको भन्दा बढी काठको स्विकृति दिन नसक्ने बताए । तथापी छलफलको लागि जिल्ला प्रशासन कार्यालय दोलखामा १८ गतेलाई वोलाईएकोमा उहाँहरुवाट भएको गतिविधिवाट आफु दुखि भएको वताए । आफुहरुलाई दवावमा बढी परिमाणमा स्विकृति खोजेको र आफुले त्यसो गर्न नसकिने वताउनु भयो ।
गौरैशंकर संरक्षण क्षेत्रको कार्यालयमा जम्मा भएका स्थानीयवासीले कार्यालयमा ढुङ्गामुडा गरेर क्षति पुर्याएका छन् भने सोही क्रममा एक जना पक्राउ परेका छन् । पक्राउ परेकोलाई केही वेरमा हाजीर हुने बर्तमा छोडिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव परिक्षक बेलबहादुर पाण्डेले जानकारी दिनु भयो । अहिलेसम्म संरक्षण क्षेत्रको कार्यालयमा स्थानीयहरु वसिरहेका छन् भने उनिहरुले गारीशंकर संरक्षण क्षेत्र हटाईनु पर्ने माग राखेका छन् ।
साभार  आवाज अनलाइन

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।