Wednesday, April 27, 2016

दोलखामा खडेरी, १३ गाविस खाद्य संकटमा

रश्मी उप्रेती न्यौपाने
चरिकोट
मकै गोड्ने र धानको विउ राख्ने वेलामा समेत पानी नपरेपछि दोलखाका किसान चिन्तामा छन् । अव एकसाता पनि पानी परेन भने के गर्ने काब्रेका किसान प्रमोद दहालले भने । उनले अहिलेसम्म मकै छरेका छैनन् भने धानको विउ कसरी राख्ने भने चिन्तामा छन् । पानी नपरे वैकल्पिक खेती के छ भनेर बुझ्न उनी कृषि कार्यालय आएको बताउँछन् । दोलखामा सवैभन्दा बढि मकै खेती हुँदै आएको छ । दोलखाको ५ हजार ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ । तर आधा भागमा मात्र मकै छरिसकिएको कृषि विकास कार्यालयका प्रमुख बौवालाल चौधरीले बताए । उनले भने – “पानी नपरेका कारण टुसाएको मकैपनि मर्न थालेको छ । धानको विउ राख्ने वेलामा पानी परेको छैन, किसान चिन्तामा छन् । हामीले पनि मौषमका दिन कुनै कुरामा ग्यारेन्टी सक्दैनौ ।” वैकल्पिक खेती गर्न सुझाउदै पठाउने गरे वताउछन् उनी ।

वर्षेनी धान खेती घट्दै
दोलखामा ३२ सय हेक्टंमा धान खेती हुने गरेको छ । चौधरीका अनुसार पछिल्लो तथ्याङ्क हेर्ने हो भने विगत ३ वर्षमा २५ सय हेक्टरमा मात्र धान खेती हुने गरेको छ ।

किन घट्यो धान खेती
भूकम्प गएको एक वर्षअघिसम्म ३ हजार हेक्टरमा धान खेती गरेपनि भूकम्पपछि घटेर २५ सय हेक्टरमा झरेको छ । भूकम्पका वेला किसानहरु आफ्नो वास स्थान खोज्न र राहतमै केन्द्रित हुँदा धेरै रोपाई हुन सकेन, जसका कारण पनि धानखेती जिल्लामा घट्दै गएकोछ । अर्कोतर्फ भूकम्पपछि पानीका मुहान सुक्दै गएको छ भने किसानले विऊ राख्न पाएनन् । व्याडमा राखेको विऊ पनि खेर गएको चौधरी बताउँछन् । यस्तै गाउँका यूवा विदेश गएकाले गाउँमा खेती गर्ने किसान दिनप्रतिदिन घट्दै गएको छन् । खडेरी यस्तै अवस्थामा रहे यो वर्ष झन् धानखेती घट्ने छ ।

उत्तरका १३ गाविस खाद्य संकटमा
भूकम्पले विऊलाई जोहो गरेर राखेका उत्तरका आलम्पू ,विगु, चिलंखा, खोपाचागु, कालिञ्चोक लगायत १३ गाविसका किसानको विऊ पुरिएपछि गएको वर्ष त्यस क्षेत्रमा मकै कोदो र धान लगायतका वाली लगाईएन । यस्तै मकै खेती गरेका किसानको मकै आर्मी वाम (फैजी किरा)ले सखाप पार्यो । अर्कोतर्फ दैनिक जसो गैरसरकारी संस्थाले बाँढ्ने राहतमा झुलिएका कारण धान समेत लगाउन पाएनन् किसानले । जसको कारण भण्डारण रित्तियो, बाँचेको विऊ समेत मासिएकाले खाद्य संकट देखिएको चौधरीले बताए ।

किसानलाई गैरसरकारी संस्थाले राहतमा भुलाएका कारण समस्या झन् थपिएको उनको भनाई छ । अव घर बनाउने वेला भएकोले झन् किसान यो वर्ष खेती नगर्ने मनस्थितिमा देखिन्छन् । यसले भयावहक अवस्था आउने होकी भन्ने चिन्ता छ, उनले भने । अर्को तर्फ खडेरीले थप चुनौति दिएको छ ।

गैरसरकारी संस्था विऊ वाड्दै किसान भुलाउदै

भूकम्पका नाममा दोलखामा सय भन्दा बढि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले काम गरिरहेका छन् । यता किसानका लागि यतिखेर मकै गोड्नेदेखि धानको विऊ राख्ने चटारो छ । तर खडेरीले पिरोलिएका उनीहरुलाई गैरसरकारी संस्थाले रातहतका नाममा परनिर्भरता बनाउन थालेको गुनासो आइरहेको छ ।

agriculutre-3

कतिपय गैरसरकारी संस्था सूचिकृत नभएका विऊ बाडेर किसानको लगानीलाई वालुवामा पानी बनाउन समेत उद्दत देखिन्छन् । जसका कारण किसान थप परनिर्भर हुने देखिन्छ । जसका कारण यसको प्रत्यक्ष असर दोलखाको कृषि क्षेत्रमा परेको कृषि विकास कार्यालयका कर्मचारीहरु बताउँछन् । प्रमुख चौधरीका अनुसार एकदई बाहेक अन्य यस्ता संस्थाले गाउँमा किसान भुलाई राखेका छन् । यसको असर दीर्घकालिन पर्ने देखिन्छ । पाँच वर्षपछि भएका सबै खेती योग्य जमिन बाँझै हुने सम्भावना छ । पैसा हुने किनेर खान सक्छन् तर नहुनेले भोकै मर्नुपर्ने दिन समेत आउन सक्ने चौधरी बताउछन् । सरकारले यस्ता भूकम्पका नाममा मनोमानि गरिरहेका संस्थाको काम रोक्नु पर्ने चौधरी सुनाउँछन् ।
Egaurisanker.com मा खवर छ । 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।