Wednesday, April 27, 2016

सेनामा रोजगारीको अवसर, २२ सय १४ पदमा दरखास्त आह्वान

काठमाडौं, बैशाख १५ -
सेनामा जागिर गर्न इच्छुक नेपा
ली युवालाई अवसर खुलेको छ । सेनाले विभिन्न दुई हजार दुई सय १४ पदमा दरखास्त दिन आह्वान गरेको हो । लेखा जमदार, अमलदार, सैन्य, सैन्य ड्राइभर, सूचीकार, कुचीकार, बन्दोबस्ती, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी सयसलगायतका पदमा उक्त संख्यामा योग्यता पुगेका नेपाली युवाहरुबाट आवेदन मागेको हो ।
नेपाली सेनाले निकालेको विज्ञापनअनुसार आवेदकले वैशाख १५ देखि जेठ १३ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । यस्तै तोकिएको समयबाहेक थप सात दिनभित्र दोब्बर दस्तुर भरी आवेदन दिनसक्ने सेनाले जनाएको छ ।
सेनाले देशभरबाट आवेदन मागेको हो । देशैभरका विभिन्न भर्नाकेन्द्रहरुमार्फत मागिएको दरखास्त आवेदनमध्ये जंगीअड्डाबाट चार सय २२ जना, इटहरीबाट १६८, सिरहाबाट ११०, संखुवासभाबाट ७८, हेटौंडाबाट १२०, जलेश्वरबाट ११०, भरतपुरबाट ११०, नवलपरासीबाट १६१ जना मागेको छ । यस्तै, जोमसोमबाट ४०, तनहँुबाट २०५, सुर्खेतबाट ११४, जुम्लाबाट ८४, सल्यानबाट ७९, धनगढीबाट १३६, अछामबाट ८०, डडेलधुराबाट ९३ र सिन्धुपाल्चोकबाट ८४ जनाको आवेदन माग गरेको छ ।
थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोला
स्रोत 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।