Thursday, April 21, 2016

करोडौ लिएर श्रीमती बेपत्ता भएपछि कानुनी बाटो रोज्दै पीड़ित

प्रकाश पाक्साँवा,
तेह्रथुम, ९ बैशाख: मनभरी सपना बुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ ।

तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला ले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कैसँग भागेपछि उनका सपना चकनाचुर भएको हो ।

रोजगारीको सिलसिलामा १२ वर्ष पहिले साउदी अरब पुगेका दोर्ण बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएका उनकी श्रीमती सिन्धुलीका दिपक भुजेलसँगै भागेको दोर्णले बताए ।

उनले कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी मन्जुलाले बिदेशबाट पठाएको ५० लाख १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपकसँग भागेको मन्जुलाले छोरालाई उनी हराएको केही दिनमा फोन गरेर बताएको दोर्ण बताए ।

घर नजिकैको छथर सुक्रबारे बजार सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भोली मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन ।

२ छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनुको निम्ती दोर्ण अहिले कानुनी बाटो रोज्न जिल्ला अदालतमा मुद्धा दायर गरेका छन । सँगै जिउने सँगै मर्ने बाचा गरेर लगान गाँठोमा बाँधिएका हामी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उहाँ बताउनु हुन्छ मेरा दुई छोराहरुलाई बेपत्ता बनाएर गई म ५ महिनाको लागी यस पटक छुट्टी आएको थिएँ मलाई भाग्यले पनि यति धेरै ठग्यो अहिले गाँउमा रहेका घर बाहेक कुनै सम्पती छैन ।

महिला अधिकारसँगै पुरुषहरुको अधिकारको लागी न्यायिक कानुनको अभाब खड्एिको देखिएको छ अहिले महिला द्धारा पुरुष पिडित भएको प्राय दैनिक घटनाहरु घटि रहेका छन तर पनि महिला अधिकारका नभएको महिला अधिकारकर्मीहरुल् भन्ने गरेको पाईन्छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।