Thursday, April 21, 2016

भूकम्प पछि तंग्रिदै छ सिंगटी (फोटो फिचर) अनलाइनखबर

९ वैशाख, दोलखा । भूकम्पले थिलथिलो भएको दोलखाको सुन्दर बस्ती सिंगटी तंग्रिने प्रयासमा छ । भूकम्पपीडितहरुको घाउ अहिलेसम्म राम्ररी पुरिएको छैन र पनि उनीहरुले निराशालाई थिच्ने प्रयास गरेका छन् ।
भूकम्पमा परेर सिंगटी बजारमा ३२ जनाको ज्यान गएको थियो । दोलखाको अनकण्टार खोंचमा रहेको सिंगटी बजार अहिले बिस्तारै व्युझिँदै छ । चहल-पहल मन्द गतिमा बढ्दैछ । आफ्नो जीवनको सम्पूर्ण कमाइ यही बजारमा खन्याएका व्यावसायीहरु यो स्थान छाडेर अन्यत्र जान चाहँदैनन् । जसोतसो गरेर गरेर भए पनि पसल थापेका छन् उनीहरुले । भग्नावशेष पन्छाएर घरहरु बनाउँदैछन् स्थानीय ।

सरकारले बल्लतल्ल पुनर्निर्माणको साइत जुराएको छ सिंगटीमा । घर बनाउने अभियान अन्तर्गत पीडितहरुलाई अनुदान रकम वितरणको काम जारी छ । गत ३० चैतको दिन अनुदान रकम बुझ्न पीडितहरु लामबद्ध भएर बसेका थिए । उनीहरुको अनुहारमा खुशी थिएन । किनकी उनीहरुको भनाइअनुसार सरकारी अनुदान रकम थोरै थियो, मात्रै ५० हजार रुपैयाँ । अनुदान रकमभन्दा कैयौं गुणा धेरै झण्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छ । लेखपढ गर्न नजान्ने ग्रामीण समाजका मानिसहरुलाई एकैपटक सरकारले जटिल लाग्ने प्रक्रियाको झमेला बोकाइदिएको छ ।





तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर
 समाचार र तस्वीर onlinekhabar वाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।