Monday, May 16, 2016

आफ्नी श्रीमतीलाई अर्को केटासँग चोभारको गेष्टहाउसबाट समातेपछि…

वि.सं २०७३ जेष्ठ ०३ सोमबार
काठमाडौं–घरमा पत्नीले सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत (नाम परिवर्तन) चिन्तित थिए ।
तीन वर्षको छोराको आमा रहेकी बिमली (नाम परिवर्तन)अर्के केटासँग अफेयरमा थिईन। असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर घरबाट निस्किए ।
विमलीलाई झन बाटो खुल्यो । चर अच्युत हेटौंडा नगइकन क्यूआमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।
सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन । अच्युत एक दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले ।
प्रहरीको महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको सूचना पाए । प्रहरीले विमलीलाई अर्को केटासँग रहेको बेला समात्यो ।
ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्यो । ती युवकले विवाह नगर्ने तर क्षतिपूर्तिबापत ८ लाख तिरिदिने बताए । उनी फाइनान्सबाट पैसा निकालेर विमलीका पतिलाई बुझाउन प्रहरी चौकीमै पुगे ।
प्रहरीले सम्झाएपछि विमलीलाई अँगाल्ने निधो गरिसकेका अच्युतको एकाएक मन फेरियो र उनले तीन वर्षको छोरालाई देखाउँदै भने, ‘यो मेरो छोरो होइन, त्यही केटासँग सुतेर जन्माएकी हो । डीएनए टेस्ट गरेर मात्र लैजान्छु ।’ प्रहरी निरीक्षक चन्दका अनुसार विमलीमा कुनै पश्चाताप थिएन । विमलीले पतिलाई छाडी छोरोलाई लिएर गइन् । आजको          
अन्नपूर्ण पोष्ट दैनिकमा लेखिएको  खबर आवाज अनलाईनले पनि सम्पादन गरेकोछ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।