Tuesday, May 17, 2016

जम्मा ९० रुपैया तिर्नुहोस् एकहप्ता रातभर नेट चलाउनुहोस्

टेलिकमले ल्यायो ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चल्ने प्याकेज
काठमाडौं, जेठ ३ - नेपाल टेलिकमले ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चलाउन पाइने नाइट डाटा प्याकेज अफर ल्याएको छ ।
इन्टरनेशनल टेलिकम्युनिकेशन आइटियू डेको अवसरमा जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सिडिएमए पोष्टडपेड तथा प्रिपेडमा यो अफर उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
 यो अफर अन्तर्गत ९० रुपैयाँमा मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म चाहिएजति इन्टरनेट चलाउन पाइने छ । यो अफर लिन चाहनेले मोबाइलको म्यासेज बक्समा nightdata टाइप गरेर १४१५ मा एसएमएस गर्नु पर्ने टेलिकमले स्पष्ट पारेको छ । प्रत्येक वर्ष मे १७ तारिखलाई आइटियू डेको मनाउने गरिन्छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।