Sunday, June 12, 2016

राति राति नचिनेको मान्छे आउथ्यो त्यसैले लग्यो हाम्रो आमा !

मध्यरातमा आमा पोइल गएपछि कान्छी छोरीले सोधिन्, ‘अंकल अंकल मम्मी कैले आउनुहुन्छ ?’
२७ जेठ  |   ओपेन्द्र बस्नेत

दाङ–मध्यरातमा छोरीलाई छोडेर आमा पोइल गएपछि दाङको तसुलसीपुर–५ संगीत नगरमा तीन बालिका अलपत्र परेका छन् । दुई हप्ता अघि १३ बर्षकी जेठी छोरी सुनिता विक, १० बर्षकी माइली छोरी गीता विक र ७ बर्षकी कान्छी छोरी खुश्बु विकलाई छोडेर आमा सरिता विक पोइल गएपछि उनीहरुको विचल्ली भएको हो ।

साँझ खाना खाएर सुतेका छोरीहरुले उठ्दा अमालाई नदेखेर रुनकराउन थालेपछि पोइल गएको थाहा भएको स्थानिय रमेश विकले जानकारी दिए । बुबा विदेश गएपछि आमासँग नचिनेको मान्छे आएर बस्ने गथ्र्यो सुनिताले भनिन्, ‘त्यसैले लग्यो क्या हो ।’ हेरचाह गर्ने बुबा विदेश र आमा पोइल गएपछि अलपत्र परेका बालिकाहरुलाई छिमेकीहरुले सामान्य हेरचाह गर्दै आएका छन् । बहिनी (कान्छी) ले मम्मी खै भन्दै रुदै गर्ने गरेको दिदी सुनिताले बताइन् ।

बालिकाको अवस्था बुझ्न गएका रातोपाटीकर्मीलाई कुराकनीको क्रममा कान्छी छोरी खुश्वुले भनिन्, ‘अंकल अंकल हाम्रो मम्मी कहिले आउनुहुन्छ ?’ उनको प्रश्न भुइमा खस्न नपाउँदै रोतोपाटीकर्मीले बिहान बेलुका के खान्छौ ? भनि सोधेको प्रश्नमा उनले भनिन्, ‘कहिले खान्छौ, कहिले भोक्कै सुत्छौ अंकल ।’

छेउमा उभिएकी एक बालिकालाई सिकाउँदै खुश्बुले भनिन्, ‘बाबाले फोनमा नरोएर बस म छिट्टै आउँछु भन्नुभएको छ ।’ घरमा तीन छोरीको हेरचाह गरेर बसेकी श्रीमती उठेर पोइल गएपछि विदेशमा तनावमा परेका मनिरामले दिनहुँ जसो छिमेकीलाई फोन गरेर विदेशबाट ३ लाख १० हजार रुपैयाँ श्रीमतीलाई पठाईदिएको भन्दै प्रहरीलाई भनेर झार्दिन आग्रह गर्ने गरेको छिमेकी गिता पुनले जानकारी दिइन् ।

उनका अनुसार श्रीमतिले विरामी छु भन्दै पैसा माग्ने गरेकी थिइन् । बालबालीकालाई हेर्ने आफन्त कोहि पनि नभएपछि मनिरामले छिमेकीलाई हेरिदिन भन्दै लागेको खर्च आफुले विदेशबाट पठाइदिने बताएको गीताले बताइन् । बालिकाहरुले ज्ञानज्योति प्रावि स्कुलमा क्रमशः ७ , ५ र २ कक्षमा पढ्दै आएका छन् । स्थानीयले सरितालाई पर–पुरुषसँग बसेको देखेपछि आगामी दिनमा गल्ती नगर्ने सर्तमा छोडेका थिए । उती बेलै हामीले प्रहरीलाई भनेर कार्बाही गर्न पठाउने थियौं, ‘तर बालिकाहरुको मुख हेरेर मात्रै छोडेका हौं’ रमेशले भने ।’
(आजको राटोपाटीमा खवर छ )

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।