Wednesday, June 15, 2016

फेसबुक चलाउनेहरूको लागि दुःखद खवर अबस्य पढ़ौ

असार १
 काठमाडौं–पढ्ने उमेरमा सामाजिक संजालमा झुत्तिने किशोर÷किशोरीका लागि दुःखदको खबर छ, हुँदाहुँदा अब बिहेका नाममा पनि ठगी सुरु भयो ।

प्रहरीको हपराध महाशाखामा परेको एउटा उजुरीले भन्छ, ‘ठिटाठिटी हो, फेसबुक हैन, बाबुआमाले भनेको मान !’

काठमाडौंमा बसेर अध्ययनसँगै रोजगारी गरिरहेकी शर्मिला (नाम परिवर्तन) को भेट सामाजिक संजालमार्फत संगमसँग भयो ।

संगम आफू अध्ययनको सिलसिलामा बेलायतमा रहेको बताउँथे । वर्षदिन अघि संगमले पठाएको फ्रेन्ड रिक्वेष्ट स्वीकार गरेपछि दुई जनाको च्याट सुरु भयो ।

यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा थिए ।

यद्यपी, दुवैको भेट हालसम्म भएको थिएन । फेसबुकबाट झाँगिएको प्रेम यति गहिरिँदै गयो कि संगमले नै विवाहको प्रस्ताव गरे । दुवै जना विवाह गर्न राजी भए ।

कुराकानकिो सिलसिलामा, संगकले युकेबाट शर्मिलालाई गिफ्ट पठाइदिने बताए । प्रेमीको यस्तो प्रस्ताव सुनेसँगै उनी दंग मात्र परिनन्, आफ्नो पूरा ठेगाना म्यासेज गरिन् ।

संगमले पठाइदिन लागेको सामानको सूचीमा थियो, आइफोन सिक्स, गहना र केही मिठाई । ‘ल मैले सामान पार्सल गरेर पठाइदिएँ है,’ संगकले च्च्याटमा लेखेका थिए ।

प्रेमीको गिफ्ट पाउन शर्मिला आत्तुर थिइन् । दिन बित्यो, साता बित्यो तर गिफ्ट आएन ।

उताबाट संगमले भने गिफ्ट पाएनौ भनेर सोधी नै रहे । ‘एक दिन उनको मोबाइल एक अपरिचित नम्बरबाट फोन आयो । फोन भारतबाट एक युवकले गरेका थिए ।

युकेबाट तपाईंको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ । केही समस्या पर्यो । कर तिर्नुपर्ने भयो । केही रकमको आवश्यकता छ,’ उसले भन्यो ।

उनले त्यो कुरा संगमलाई सुनाइन् । प्रेमीले पठाएको गिफ्ट पाउने आश कसलाई पो नहोला र ? उनले फोनमा त्यो केटाले भनेझैं ३० हजार रुपैयाँ भारत पठाइन् ।

अबको केही दिनमा तपाईंको सामान स्थानमा आइपुग्छ उसले भन्यो । तर, त्यही अहँ सामान आएन । केही दिनपछि फेरी त्यही केटाले फोन गर्यो । फेरी त्यही समस्या देखायो र फेरी उनले २५ हजार रुपैयाँ माग्यो । गिफ्टको लोधमा उनले पैसाको जोहो गरी फेरी पैसा पठाइन् । तर, अहँ सामान अझै आउन ।

त्यसपछि झसंग हुने पालो आयो केटीको । आफू ठगिएको महसुस गर्दै टेकुस्थित महानगरीय अपराध महाशाखामा पुगिन् । महाशाखाका डिएसपी पशुपति राय भन्दै थिए यो ठगीको नयाँ शैली हो ।

उनी ठगिइन् । उनी मात्र होइन पछिल्लो समय फेसबुकको माध्यमबाट यसरी ठगिएर उजुरी दिने क्रम बढेको छ ।
आजको जनआस्था साप्ताहिकमा खबर छ

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।