Wednesday, June 29, 2016

भुकम्प पीडिले ३ लाख पाउने

मङ्लबार, असार १४, २०७३  
काठमाडौं, १४ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुसहित बसेको चार दलीय कार्यदलको बैठकले भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ बसेको बैठकले उक्त विषयमा सैद्धान्तिक सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले भूकम्पपीडितलाई तीन लाख दिने सहमति गरे पनि एकमुष्ट दिने कि किस्ताबन्दीमा दिने भन्नेबारेमा छलफल हुन बाँकी रहेको छ ।
नेपाली काँग्रेसले भुकम्प पीडितलाई एक मुष्ट २ लाख दिनुपर्ने माग सहित सदन अवरुद्ध गर्दै आएको छ । काँग्रेसका माग बारे छलफल गर्न बसेको कार्यदल बैठकमा नेकपा माओवादी केन्द्रले भुकम्प पीडितलाई घर बनाउन ३ लाख दिनुपर्ने प्रस्ताव गरेको थियो । दलहरु बीचको सहमतिपछि सदन सुचारु हुने विश्वास गरिएको छ ।
(आजको आवाज अनलाइनले यो खवर लेखेको छ)

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।