Thursday, June 30, 2016

७० वर्षिय वृद्धसंगको अनैतिक सम्बन्धपछि बालिकाले छोरी जन्माइन्

२०७३ असार १६ बिहिबार
मानकाजी सुवाल, धुलिखेल । ७० वर्षे वृद्धसँगको अनैतिक सम्बन्धपछि एक १४ वर्षे किशोरीले धुलिखेल अस्पतालमा ८ महिनामै शिशुलाई जन्म दिएकी छिन् ।

डेढीथुम्का उच्च मा.वि.मा कक्षा ९ मा पढ्दै गरेकी बालिकाले स्थानीय ७० वृद्ध चन्द्रभक्त श्रेष्ठसंगको अनैतिक सम्बन्धको कारण गर्भवती भएको ८ महिनापछि तरकारी बालीमा प्रयोग हुने विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

महादेवस्थान गाविस वडा नं. – ५, नखन्दपाटी निवासी करीब ७० वर्षिय चन्द्रभक्त श्रेष्ठसंग अनैतिक सम्बन्ध रहेको र उक्त सम्बन्धबारे कसैलाई नभन्न दबाव दिएपछि बालिकाले मृत्युको बाटो रोजेको हुनसक्ने बालिकाकी आमा पार्वती बि.क.ले बताइन् ।

श्रीमतीको मृत्यु भइसकेको, एक छोरा र ६ छोरीका पिता ७० वर्षिय श्रेष्ठले फकाई फुल्याई विभिन्न प्रलोभनमा पारी बालिकासँग अनैतिक सम्बन्ध राख्दै आएको पारिवारिक श्रोतको दाबी छ ।

आर्थिक अवस्था कमजोर भएकैकारण बालिकाका पिता वैदेशिक रोजगारीमा क्रममा मलेशियामा पुगेको र आफुले घरको सबै जिम्मेवारी सम्हाल्ने क्रममा यता ध्यान नपुगेको आमा पार्वती बि.क.ले स्विकारिन् ।

आमा पार्वती वि.क.का अनुसार असार ७ गते बिहान घरमा कोही नभएको मौका छोपि बालिकाले विषादी सेवन गरेकी थिइन् । बालिकाले जब विष सेवन गरेको थाहा पाएपछि अभियुक्त चन्द्रभक्त श्रेष्ठ बेहोस भइ बि. एण्ड बि. मा भर्ना गरेको समाचारस्रोतको दाबी छ । हाल पीडकका छोरा र आफन्तले पीडितको उपचार खर्च बेहोर्ने प्रतिवद्धतासँगै केही पैसा दिएर सहमति गर्न खोजेको बताइयो ।

बालिकाले नवजात बच्चीलाई जन्म दिएपछि पीडक श्रेष्ठ परिवारका सदस्यहरुले कहीं कतै उजुरी नगर्न मानसिक दबाव दिंदै आएको बुझिएको छ । जे हुनु भयो अब हामी मिल्नुपर्छ मिल्नुको विकल्प छैन, हामी एउटै गाउँमा बस्नुपर्छ भन्दै दबाव दिंदै आएको र संचार माध्यममा आएमा छोरीको भविष्य विग्रिने पो हो कि भनेर आमा पार्वती वि.क. चिन्तित् बनेकी छिन् ।

अस्पताल खर्चदेखि सबै खर्च बेहोर्छु भनेका छन्, कुरा झन् बिग्रिने पो हुन् कि सर ? भन्दै आमा पार्वती वि.क.ले उनीहरुसँग जोरी खेल्ने र कानूनी रुपमा लड्ने हैसियत आफुसंग नभएको  तथा आफु सोही गाउँमा बस्नुपर्ने भएकाले झमेलामा फँस्न नचाहेको बताइन् ।

पीडक परिवारका आफन्त हिरामान श्रेष्ठले आफुहरु पीडित परिवारसंग मिल्न वार्ता गरिरहेकोले मिडियाबाट चासो नराख्न र समाचार नलेख्न आग्रह गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय काभ्रेका महिला तथा बालबालिका सेल प्रमुख सीता श्रेष्ठले पीडित पक्षले प्रहरीमा उजुरी नदिएको बताउँदै हद म्याद् नाघेको कारण कारवाही चलाउन गाह्रो भएको र अब अदालतमा जानुको विकल्प नभएको बताउनुभयो ।

प्रहरीमा उजुरी नआएपनि आफुले सहयोग गर्ने बताउनु भयो । रक्षा नेपालका अध्यक्ष मेनुका थापाले पीडित पक्षलाई सबै तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खवर newsabhiyan.com वाट लिएको हो ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।