Friday, June 21, 2013

साढे ६३ किलोको अण्डकोष हटाउँदा लिङ्ग झण्डै गायब video

विस्ले वारेनको अण्डकोष यति भिमकाय थियो की त्यस थैलीको तौल नै साढे ६३ किलो थियो । आकारमै भन्ने हो भने उनको अण्डकोष एउटा जलगैँडाको बच्चा जत्रै थियो । उनी विश्वमा सबैभन्दा ठूलो अण्डकोष भएका व्यक्तिको रुपमा दर्ज थिए । तर उनको यो चिनारी अब अतित बनिसकेको छ । उनको किर्तिमानी अण्डकोष काटेर फ्याँकिएको छ । ४९ वर्षका अमेरिकी नागरिक वारेनको अण्डकोष फ्याँक्न १३ घण्टाको लामो शल्यक्रिया गर्नुपर्यो र शल्यक्रिया सफल पनि भयो । जिउले धान्नै मुस्किल परेको भिमकाय अण्डकोष मिल्काउँदा उनले एकातर्फ सन्तोषको स्वास त फेरे तर अर्कोतर्फ उनलाई अर्को चिन्ता थपिएको छ । चिन्ताको कुरो पनि रोचक नै छ । कुरा के भने अण्डकोषको जटिल शल्यक्रिया सफल त भयो तर अण्डकोष सँगै लिंग पनि निकै छोटियो । अब उनको लिंग मुस्किलले एक इन्चमात्र लामो छ जसले

Tuesday, May 28, 2013

ट्वाइलेटको पाइपभित्र भेटियो जिउँदो बच्चा (फोटोफिचर र भिडियो सहित)


जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको एक नवजात शिशुलाई पाइप भित्रबाट जिवितै उद्दार गरिएको छ । अज्ञात महिलाले बच्चा जन्माएर ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ । तर ठूलो आकारको भएकाले पाइपको जोर्नीमा त्यो बच्चा अडि्कयो र पानी सबै तल झरेकाले उसले सास फर्ेन सक्यो । बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र रहेको चिनको सरकारी संचार माध्यमले जनाएको छ ।

Wednesday, April 17, 2013

६२ घण्टे अन्तरवर्ता लिएर गिनिज बुकमा आफ्नो नाम लेख्न सफल

नेपालबाट संञ्चलित न्युज २४ टेलिभिजन मार्फत प्रस्तोता रबि लामिछानेले भगवान बुद्द नेपालमा जन्मिएका हुन भन्ने नाराका साथ संसारकै सबैभन्दा लामो ६२ घण्टे अन्तरवर्ता लिएर गिनिज बुकमा आफ्नो नाम लेख्न सफल भए। उक्त कार्यक्रमलाई डिसीनेपाल डटकमले प्राय सुरुदेखि अन्तिम सम्मनै रेकर्ड गरेको थियो। सम्पुर्ण कार्यक्रमको भिडियो हेर्नुहोस। Watch to the entire talk show...

Thursday, March 28, 2013

साँखेजुङमा भेटियो ५५ फिटे सुरुङ, हेर्नेको घुइँचो

बिनय तिम्सिना १५ चैत, इलाम । इलामको साँखेजुङमा झन्डै ५५ फिटभन्दा लामो सुरुङ फेला परेको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरदेखि केही माथि नेपालटार मंगलवारे सडक खण्डको चतुरे मोडदेखि खनिएको मोटरएवल सडकको केही तल तेजनाथ खनालको जमिनमा खनिएको सुरुङ फेला परेको हो ।
स्थानीयबासी पनि सुरुङको बारेमा अनविज्ञता प्रकट गर्न थालेका छन् । सुरुङभएको स्थान नजिकै भएका सुरने राइले भने,’यो कहिले खन्यो, किन खन्यो, बाँस काट्न जाँदा सालकले खनेजस्तो लाग्यो र हेरेको ठूलो सुरुङछ,’ उनले भने ‘म पहिले रोजगारका लागि विदेश जाँदा यस्तो थियो जस्तो लाग्दैन, अहिले आफैले देखें ।’ सुरुङ कहिले र के प्रयोजनका लागि खनिएको भन्ने खुल्लन नसकेपनि त्यसको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कुनै भूमिगत समूहले हतियार लुकाउने प्रयोजनका लागि सुरुङ खनेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सरुङ खनिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
सुरूङ हेर्न भेला भएका स्थानीयबासी

 सुरुङ निर्माणका लागि झम्पल, गैतीलगायतका औजार प्रयोग गरिएको प्रहरीको भनाई छ । उक्त सुरुङ हेर्न आजभोली स्थानीयबासीको उल्लेख्य उपस्थिति बढ्न थालेको छ ।online khaber bata ..

Thursday, March 14, 2013

८ वर्षकाकले ६१ वर्षे महिलासँग बिहे गरेका छन्

७० वर्षका शिवशर्माले ७ वर्षकी गोमालाई बिहे गरेको कथा स्वस्थानीमा सुन्न पाइन्छ । अनमेल विवाह हाम्रो समाजमा पनि हुन्छ । यस्तो अनमेल विवाहमा निकै पाको उमेरको लोग्ने मान्छेले निकै कम उमेरकी बेहुली बिहे गर्छ । कम उमेरको पुरुषले निकै धेरै उमेरकी महिलासँग बिहे गरेको खासै सुनिएको छैन । दुइ चार, दश बाह्र वर्षको अन्तर भनेको सामान्य नै हो । अफि्रकामा भने सबैलाई चक्मा दिँदै एक जबालना  ८ वर्षकाकले ६१ वर्षे महिलासँग बिहे गरेका छन् । दक्षिण अफि्रकाको स्वाने क्षेत्रमा बस्ने ८ वर्षका स्कुले विद्यार्थी सानेल मासिलेलाले ५ सन्तानकी आमा ६१ वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् । झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए ।यी बालक र वृद्धाबीच बिहे त भयो । तर अनौठो के भने यिनीहरुको विवाह केवल औपचारिकताका लागि मात्र भयो । न त यिनीहरुबीच कुनै विवाहको कानूनी प्रमाणपत्रमा हस्ताक्षर भयो, न त यिनीहरु बिहेपछि सँगै बस्न थाले । समाचार अनुसार ती ८ वर्षे बालकले आफ्ना हजुरबुवाको इच्छा वृद्धासँग बिहे गरेका हुन् । डाँडापारीको जुन भएका ती बालकका हजुरबुवाले आफु मर्नुअघि सोही महिलासँग नातिको बिहे भएकोे हेर्न चाहेको इच्छा जाहेर गरेका थिए । त्यसैले दुबैजनाका बुवाआमाले विवाह केवल औपचारिकता मात्र रहेको र कानूनी रुपमा विवाह नगरिएको बताएका छन् । आफुभन्दा ५३ वर्ष जेठीसँग बिहे गरेका मासिलेलाले आफु शाबांगुलाई बिहे गर्दा खुसी रहेको बताउँदै तर आफुले फेरि आफ्नै उमेरकी केटीसँग बिहे गर्ने बताए ।

Saturday, March 9, 2013

ओठमा आँखा ! (फोटो फिचरसहित)

कला भन्ने कुरा विचित्रकै हुन्छ । कलाबाट अद्भुत तथा अनौठा चिजवस्तु तयार हुन्छन् । पत्याउनै नसक्ने खालका आकृति बनाइन्छन् । स्विडेनकी एक महिला कलाकारले पनि यस्तै अनौठो कलाकारितामार्फत अहिले आफुलाई चर्चामा पूराएकी छिन् । २६ वर्षे मेकअप आर्टिस्ट सान्द्रा होल्मबोमले आफ्नै ओठमा रंग पोतेर अनौठा आकृति तयार पारेर अनलाइनमा पोष्ट गरेसँगै चर्चा कमाइन् । उनले आफ्नो ओँठलाई यस्तो कलात्मक ढंगले रंगाइन् की त्यो ओँठ हो की आँखा छुट्टाउनै गाह्रो हुन्छ । दन्त लहर नदेखिउन्जेल त्यो आँखा नै हो भन्न कर लाग्छ । तर जब भित्रका दाँत देखिन्छन् तब मात्र झसँग भइन्छ । त्यो त नशालु आँखा नभएर गुलाबी ओँठ पो रहेछ । उनले आफ्नो ओँठलाई स्याउ तथा स्टबेरीको आकारमा पनि ढालेकी छिन् ।






Thursday, February 7, 2013

नदेखि फोनमा नै बिबाह , दुलहा मलेसिया दुलहि घर खोज्दै भित्रिन

२५ माघ, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाविसस्थित घिमिले गाउँका एक दम्पतीले विदेशमा रहेको आफ्नो छोरालाई श्रीमान बनाउन आएको युवतीलाई बुहारी बनाएर भित्र्याएका छन् । १९ बर्षका छोरा गुञ्जराज मगरलाई श्रीमान् मान्न तयार केराबारी २ मोरङकी २० बर्षकी युवती पुजा मगरलाई मानेभञ्ज्याङ २ घिमिलेका डोरबहादुर मगर र हस्तमाया मगरले छोराको अनुमितमा बुहारी मानेर भित्र्याएका हुन् । दुई बर्षदेखि रोजगारीका सिलसिलामा मलेसिया पुगेका गुञ्जराज र पूजाबीच एक बर्षदेखि मोबाइलमा कुराकानी हुँदाहुँदै प्रेम बसेपछि दुबैको सहमतिमा पूजा गुञ्जराजको घरमा बुहारी बन्न आएकी गोरखापत्र दैनिकमा खबर छ । घर सोद्धै आएपछि उनलाई परिवारको सल्लाह अनुसार नै बुहारी बनाएर राख्ने निर्णय भएको छिमेकी एवं स्थानीय घिमिले निमाविका प्रधानाध्यापक रामबहादुर राईले बताउनुभयो । फोनमा कुरा भएपछि घर गएर बस्ने सहमति भएर आएको गुञ्जरामले नै परिवारलाई बताएकाले बुहारी बनाउन परिवार सहमत भएको पनि राईको भनाई छ। यो परम्परागत रुपमा गरिने विवाहको क्रम भंग र नयाँ शैलीको शुरुवात पनि हो, उहाँले भन्नुभयो । माघ २ गते नै युवती केटाको घर खोज्दै आएपछि उनलाई केटाको परिवारले बुहारी मानेर भित्र्याएको हो ।

Tuesday, January 22, 2013

सविना काठमाडौंबाट आफैं केटाको घर पुगेको खबर पाएपछि

९ माघ, काठमाडौं । फेसबुकबाट ‘लभ’ परेको भन्दै काठमाडौंबाट धनकुटाको दुर्गम गाउँ मौनाबुधुकस्थित केटाको घरमा पुगेकी किशोरीलाई स्थानीय हेमकर्ण कोइरालाले श्रीमतीका रुपमा स्वीकार गरेका छन् ।

कोइराला कतारमा रहेका बेला फेसबुकबाटै चिनजान भई विवाह गर्ने बचन दिएको भन्दै काठमाडौंको चाबहिल घर बताउने सबिना अधिकारी मौनाबुधक-८, कोइरालागाउँस्थित हेमकर्णको घरमा पुगेकी थिइन् । तर, केटाले आफूलाई विवाह गर्न नमानेपछि सबिनाले धनकुटा सदरमुकाम आएर मानवअधिकारवादी संस्थाहरु गुहारेकी थिइन् । शुरुमा विवाह गर्न नमानेका कोइराला महिला अधिकारकर्मीहरुको सुझावपछि मंगलबार विवाहका लागि राजी भएको पारिवारनिकट स्रोतले अनलाइनखबरलाई बतायो ।
केटीले आफ्नो घर काठमाडौंको चाबहिल बताएको कोइरालानिकट स्रोत बताउँछ । सविना काठमाडौंबाट आफैं केटाको घर पुगेको खबर पाएपछि हेमकर्ण तीनदिन अघिमात्रै कतारबाट घर आएका हुन् । शुरुमा उनले केटीलाई नचिनेको बताएका थिए । पिताको निधन भएपछि रोजगारीका लागि कतार पुगेका हेमकर्ण अविवाहित थिए । उनी एक्ला छोरा हुन् ।
केटीले आफ्नो ठेगाना गौरीघाटबाट खरीबोट जाने बाटोमा घर नम्बर २२२९ भएको बताएकी छन् । दोलखा पुख्र्यौली घर भएकी सविना पुस्कर अधिकारी र सीता अधिकारीकी छोरी हुन् । अनलाइन खवरबाट

हरेक कला जानेको हुने मानिसले हेर्नुहोस त ?

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।