Saturday, September 14, 2013

अन्तर्राष्टिय Taekwondo खेलाडि अशोक खडकालाइ दुवइमा सहयोग

                                                                               

                                                                                   इश्वर  खडका , अवुधबी
अन्तर्राष्टिय Taekwondo खेलाडि अशोक खडकालाइ दुवइमा कार्यरत नेपालीहरूको सहयोग प्रप्त भएको छ। यहि सेप्टेम्वर १३ तारेखका दिन दुबईमा सम्पन्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको पाँचौं राष्ट्रिय महाधिबेसनको अवसरमा खडका पनि उपश्थित हुनुभएको थियो ।उक्त समाहरोहमा खडकाले खेल क्षेत्रमा बाल्यकाल देखिन नै जिवन समर्पण गरेको र दोस्रो तेक्वण्डो प्रतियोगितामा भारतको लखनउमा खेल खेल्ने क्रममा खेल्दा खेल्दै खुट्टा भाँचिदा पनि २० सेकेण्ड बाँकि हुँदा भाँचिएको खुट्टाले खेल जित्नु .( भिडियो हेर्नुहोस click ) भएको तितो यथार्थ ब्यक्त गर्दै उहाँले त्यो क्षणको (खेल लाइभ) भिडियो क्लिप्स प्रदर्सन गर्नु भएको थियो । उहाँको अभिब्यक्ति र भिडियो लाइभ समेत दखेर उपस्थित सवै दर्सकहरूको ध्यान केन्द्रित थियो । खडकाको खेल क्षेत्रको महत्वपूर्ण योगदान तर नेपाल सरकारले कत्ति पनि सहयोग नगरेको अनि हाल नेपालमा अ्राफ्नै मेहनतले रक्षा नेपाल ( जहाँ बलित्कृत महिलाहरूको बालबच्चाहरूको समुह छ ) त्यहाँ तगाएत अरू ७ वटा क्लवमा नि.सुल्क चेलाहरूलाइ खेल खेलाइ रहनु भएको छ । खडकाको अभिब्यक्ति पस्चात बिभिन्न ब्यक्तिहरू र सस्थाहरूले सहयोगका हात उठाइ रकम र चेक हस्तन्तरण गरिएको थियो। Video खडका गत सेप्टेम्वर २ मा यू ए यी अ्राएर खेलक्षेत्रमा अभिरूचि तथा चासो राख्नेहरूलाइ भेट गर्नु भएको

Friday, September 6, 2013

बिकसित देशमा बिशेष गरी यस्ता दुर्घतना हुन्छन, साबधान गाडी हाँक्नेहरु ! फोटोहरू....

एकै पटक एक सय भन्दा बढी गाडी दुर्घटनामा परे, सयौँ घाइते, अमेरिका बेलायत लगायतका बिकसित देशमा बिशेष गरी यस्ता दुर्घतना हुन्छन, साबधान गाडी हाँक्नेहरु !

Friday, August 23, 2013

बलात्कारपीडित नाबालिकालाई कोर्रा हान्ने.....?

मालदिभ्सको अदालतद्वारा बलात्कारपीडित नाबालिकालाई कोर्रा हान्ने आदेश खारेज

माले (मालद्वीप), ७ भदौ । मालद्वीपको एक अदालतले बलात्कारपीडित १५ वर्षीया एक नाबालिकालाई सार्वजनिक रूपमा कोर्रा हान्नुपर्ने भनी गरिएको निर्णयलाई खारेज गरिदिएको छ । यसअघि यस निर्णयप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको थियो ।

सौतेला बाबुबाट बलात्कृत यी बालिकालाई एक बालअपराध अदालतले विवाह नगर्दै अर्को पुरुषसँग यौन

Monday, July 22, 2013

दुई सय पाँच इजरायल जाने

विराटनगर, साउन ७ गते । इजरायल सरकारको सहयोगमा कृषिसम्बन्धी तालिमका लागि २०५ नेपाली युवा इजरायल जाने भएका छन् ।

  
    इजरायली सरकार, साना किसान विकास बैंक र नेपाल कृषि सहकारी सङ्घले संयुक्त रुपमा छनोट गरी उनीहरुलाई इजरायल पठाउन लागिएको हो ।

    

Thursday, July 4, 2013

सजिलो छैन कोरियामा कृषि



निकुञ्ज तिवारी
सोल, १९ असार- बिहान ६ बजे उठ्यो, निदाउँदा–निदाउँदै नास्ता खायो । साढे ६ बजे काम सुरु गर्र्यो । दिउँसो १ बजे खाना खायो अनि साँझ ७ बजेसम्म लगातार काम ग¥यो । साढे ७ बजे कोठामा फक्र्यो । हत्तपत्त ल्यापटप खोल्यो– फेसबुक, युट्युब चलायो । नेपाली पत्रपत्रिकाका इपेपर र टेलिभिजनका दृष्य नियाल्यो, खाना बनायो र खाँदा–खाँदै निदायो ।
दक्षिण कोरियाको खेन्गिदोमा अवस्थित ‘फिनेल हाउस’ प्लास्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार ‘सान्छु’मा कार्यरत स्याङ्जाका विकास शर्मा (२१)को दिनचर्या हो यो । उनीजस्ता विश्वका १५ मुलुकबाट आप्रवाशी ‘अदक्ष’ कामदारका रूपमा दक्षिण कोरिया छिरेर कृषि फार्ममा काम गर्नेको साझा दैनिकी हो ।

Wednesday, July 3, 2013

झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ ।

Tuesday, July 2, 2013

नेपाली चेलीलाई ब्युटिसियन बनाउने भन्दै बिदेशमा बेचे भिडीयो सहित


ब्युटिसियन बनाइदिने भन्दै ओमान पुर्‍याएर युवतीमाथि यौनशोषण भएको छ । ब्युटिसियनको जागिर लगाइने भन्दै नुवाकोट घर भई काठमाडौं बस्ने युवतीलाई यौनशोषणमा लगाउने म्यानपावर सञ्चालक पक्राउ परेका हुन् । श्रेष्ठलाई ओमानमा आकर्षक तलबसहितको जागिरको प्रलोभन दिने सप्तकोसी ह्युमन रिसोर्स प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रकुमार लिम्बू र कर्मचारी लोकमणि लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । ओमानमा आकर्षक जागिरको प्रलोभनमा उनी गत ९ फागुनमा मेनपावरका सञ्चालकसहित ओमान पुगेकी थिइन् । ओमान पुगेपछि कम्पनीका सञ्चालकले उनलाई जागिरमा नलगाई आफ्नै अपार्टमेन्टमा राखेका थिए । अपार्टमेन्टमा उनले शारीरिक तथा मानसिक रूपमा शोषण गरेको पीडित युवतीको भनाइ छ । bestnepal.com

Monday, July 1, 2013

UAE मा नुहाउन गएकी नेपालि चेलिलाई समुन्द्रले बगायो; मृत फेला

यूएई, १७ असार। संयुक्त अरब इमिरेट्स (यूएई) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन्। नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको भन्दै टिकाराम नेतीले राजधानीका लागि यूइईबाट समाचार सम्प्रेषण गर्नुभएको छ।

बिहीबार साथीहरूसँग दुबईको जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पौडी खेल्न ब्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइन्, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।
सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ ।

Wednesday, June 19, 2013

लेख लेखेकामा देश फिर्ता प्रयासको विरोध

काठमाडौं , असार ४ - नेपाली राजदूतको आलोचना गरी लेख लेखेका कारण दीपेन्द्र (दीपक) भेटवाललाई देश फिर्ता गर्न कतार सरकारलाई पत्राचार गरिएको घटनाको एमनेस्टी इन्टरनेसनलले विरोध जनाएको छ ।

उक्त घटनाले विदेशमा रहेका नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि नेपाल सरकारको प्रणालीगत असफलतालाई उदांगो पारेको उसको भनाइ छ ।

कतारस्थित नेपाली दूतावासले राजदूत मायाकुमारी शर्माको आलोचना गरेको भन्दै  कतारी सरकारलाई मे १ मा पत्र पठाएर भेटवाललाई गिरफ्तार गर्न र फिर्ता पठाउन अनुरोध गरेको थियो । यो विषय गम्भीर भएको भन्दै काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेपछि दूतावासले पत्र फिर्ता लिएको थियो । 

यो पनि पढ्नुहोस्- लेख लेखेकामा देश फिर्ता !

'भेटवाललाई लेख लेखेबापत निसाना बनाइनु उनको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन मात्रै होइन, यसले

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।