Sunday, May 22, 2011

अप्पर तामा कोसी सिल्यान्यासको फोटोहरू











दोलखा, जेष्ठ २३ - माथिल्लो तामाकोसी आयोजनाका लागि चरीकोटदेखि लामाबगरसम्म सडक बनेपछि यस भेगमा मध्यम र साना जलविद्युत् आयोजनाको आकर्षण बढ्न थालेको छ । धेरै खर्च लाग्ने सडक सरकारी सामित्व समेत रहेको माथिल्लो तामाकोसीले बनाएपछि यस क्षेत्रका आयोजना आकर्षक भएकाले निजी क्षेत्रको लगाव बढेको हो ।
'विद्युत् जोन' ले परिचित दोलखाको उत्तरी क्षेत्रमा पाँच वटा जलविद्युत् उत्पादन कम्पनीले काम थालेका छन् । तामाकोसी सडकको भोर्ले खण्डबाट छुट्टाछुट्टै पाँच वटा विद्युत् उत्पादन गर्ने कम्पनीहरू मिलेर २५ किलोमिटर सडक विस्तार गरी आयोजना सञ्चालन गर्ने कार्य अघि बढाएका हुन् । भोर्लेबाट छुटिएको बाटामा पर्ने यी आयोजनामा ५० मेगावाटको माथिल्लो खानी खोला, ३० मेगावाटको खानी खोला र २४ मेगावाटको मध्य खानी खोला आयोजना छन् ।
सुरी, चंखु र मार्बु गाविस हुँदै विस्तार भएको सडकका लागि पाँच वटा कम्पनीले आफ्नो विद्युत् उत्पादन क्षमताअनुसार सडकमा लगानी गरी थप बाटो बनाएको युनिभर्सल पावर लिमिटेड सञ्चालक समिति सदस्य बलराम श्रेष्ठले बताए ।
माथिल्लो तमाकोसीले सदरमुकाम चरीकोटबाट भोर्लेसम्म करिब ४३ किलोमिटर बाटो बनाइदिएका कारण उनीहरूले २५ किलोमिटर मात्रै बाटो बनाउँदा आयोजना बनाउन सहज
भएको हो । सडक नभएको भए यी आयोजनाले ८३ किलोमिटर बाटो बनाउनुपथ्र्यो । २५ किलोमिटर सडकका लागि यी आयोजनाले ५ करोड खर्चेका छन् । सबै बनाउनु परेको भए यो रकम तेब्बरभन्दा बढी हुन्थ्यो ।
यसै क्षेत्रमा रहेको १४ दशमलव ७ मेगावाटको खारे खोला र ९ मेगावाटको सिंगटी खोलालाई नेपाल सरकारले खुला प्रतिस्पर्धाबाट निजी कम्पनीहरूलाई लाइसेन्स बेचेको छ । यी दुई आयोजना पनि माथिल्लो तामाकोसीले निर्माण गरेको सडकमै निर्भर छन् । एसएन पावरद्वारा निर्माण गर्न लागेको ८ सय ८० मेगावाटको तामकासी-३ आयोजनाको सम्बन्ध पनि यस सडकसँग छ । उता सिपि्रङ खोला जलविद्युत् आयोजनाले पनि माथिल्लो तामाकोसीले निर्माण गरेको सडकसँग निर्भर रही ९ दशमलव ५ मेगावाट क्षेमताको विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । दुई वर्षमा यसले विद्युत् उत्पादन थाल्ने आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सडकको अवस्थालाई मजबुत पार्न चरीकोटदेखि दोलखा बजारसम्म ४ दशमलव ५ किलोमिटर वैकल्पिक सडक पनि निर्माण गर्दै छ । बजार क्षेत्रमा बढी चाप हुने भएकाले वैकल्पिक मार्ग निर्माण गर्न लागेको हो । सिंगटीदेखि २८ दशमलव ५ किलोमिटर लामाबगरसम्मको सडकलाई बलियो बनाउने काम यतिखेर भइरहेको छ ।
स्वदेशी पुँजीमै निर्माण गर्न लागेको ४५६ मेगावाट आयोजनाका लागि निर्माण भएको सडक लामाबगरसम्म पुग्ने छ । लामाबगरबाट ३२ किलोमिटर सडक अघि बढेपछि तिब्बतको सीमा जोड्ने हुँदा यो सडक देशकै अर्थतन्त्रसँग जोडिएको भौतिक तथा निर्माण राज्यमन्त्री देवी खड्काले बताइन् । प्रशस्त जलविद्युत् कम्पनीहरू लामाबगरसम्म सडक पुगेकै कारण ओइरिएको बताउँदै उनले भनिन्, 'चीन, तिब्बत र भारत जोड्ने व्यापारिक मार्ग भएकाले उक्त सडकको महत्त्व विशेष छ ।' सडक डिभिजन प्रमुख दयाकान्त झाले लामाबगरबाट तिब्बत जोड्ने सडकको लागि ५ करोडको टेन्डर भइसकेको बताए । यसले ७ किलोमिटर जति ट्रयाक खोलिने छ । लामाबगरबाट अनुमानित ३२ किलोमिटर सडक विस्तार गरेपछि तिब्बती सडकसँग जोडिने उनले बताए ।
प्रकाशित मिति: २०६८ जेष्ठ २३ ०९:११

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।