Saturday, September 9, 2023

Monday, February 27, 2023

पासपोर्टको अनलाईं फारम यहॉवाट भर्नुहोस

ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा 

गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।

कतार स्थित नेपाली दुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण शुरू भएसँगै एमआरपी पासपोर्ट वितरण बन्द भइसकेको छ ।

ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाटै आवेदन दिन सक्छन् । ई-पासपोर्टसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू बेला बेला मानिसहरूले सोधिरहेका हुन्छन् । त्यसकारण राहदानी विभागले ई-पासपोर्ट बारे तयार पारेको बारम्बार सोधिने प्रश्नहरू र त्यसको उत्तर आज हामी यहाँ प्रस्तुत गर्दैछौं । 

विद्युतीय राहदानी के हो ?

हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (ई-पासपोर्ट) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् ।

यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।

ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

हाल कुनकुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट गर्न सकिन्छ ?

झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर,काभ्रे, रामेछाप, सिराहा, ईलाका प्रशासन कार्यालय गौशाला, ईलाका प्रशासन कार्यालय हरिवन । अन्य जिल्लाहरूमा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै छन् ।

विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?

सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ तर अनलाइनबाट समय बुक गरेकै हुनु पर्दछ ।

हाल विभागमा अत्यधिक चाप हुनाले र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टका लागि समय बुक गर्नु होला ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला ।

संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?

विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै द्रुत सेवा कायम गरिएको छ ।

दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ ।

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।  जिल्लाहरूमा लाइभ इनरोलमेन्ट गरेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?

१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन ।

भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ ।

रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?

विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्नु होला । रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इनरोलमेन्ट गर्नु पर्ने हुनसक्छ ।

सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन  सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।

दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?

केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले  जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ ।

राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।

म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?

हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।

म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन ?

राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ ।

यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।

विद्युतीय राहदानी लिन समय नपाएमा मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि ?

नेपालबाट निवेदन दिनेहरूको हकमा मेशिन रिडेबल राहदानी लिन सकिदैन ।

राहदानीको लागि आवेदन कसरी दिने ?

यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ ।

पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।

 

विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक

यहाँ क्लिक गरेर फारम भर्नुहोस 





(https://ictsamachar.com/author/3)

आईसिटी समचार वाट 



Monday, August 23, 2021

यसरी गर्नुहोस अनलाईन बाटै अप्पर तामाकोसिको दोलखाका स्थानियको सेयर डिम्याट खातामा ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको दोलखा जिल्लाका स्थानिय बासिन्दाहरुको शेयर अभौतिकिकरण गरी आफ्नो  हितग्राही खातामा जम्मा गर्नको लागि तल उल्लेखित लिङकमा क्लिक गर्नुहोस।                                    

Share form click here 

उक्त लिकं खुलेपछि तलको बिण्डो देखा पर्छ ।









उक्त फर्ममा आफ्नो पुरा नाम र शेयर दरखास्त फाराम नम्बर ‍(अलोटि नम्बर) भरी LOGIN गर्नुहोला ।
नोटः अलोटि नम्बर
बाट लिन सकिन्छ ।
Dolakha Video

Friday, April 2, 2021

यस्तो ठाऊमा घर बनाएर /कीनेर नवसेको ठिक

 यस्तो ठाउँमा घर नबनाएकै राम्रो !

मङि्सर १२, २०७७


आचार्य चाणक्य एक महान् विद्वान थिए। चाणक्यले आफ्नो कुशल बुद्धि र सीपको बलमा चन्द्रगुप्तलाई सम्राटको रूपमा स्थापित गरे। आचार्य चाणक्यले धेरै शास्त्रहरूको रचना गरे। जसमध्ये अर्धशास्त्रको सिर्जनाका कारण चाणक्यलाई कौटिल्य भनिन्थ्यो। आचार्य चाणक्यले लेखेका नीतिशास्त्रमा त्यस्ता धेरै कुरा उल्लेख गरिएको छ जुन मानव जीवनमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। चाणक्यले केहि ठाँउहरुका बारे बताएका छन् जहाँ मानिसले कहिले पनि बसोबास गर्नु हुँदैन।

चाणक्य भन्छन् कि रोजगारीका साधनहरू उपलब्ध नभएको ठाउँमा कहिले पनि बसोबास गर्नु हुँदैन किनकि रोजगार बाँच्नको लागि यो धेरै महत्त्वपूर्ण छ। चाणक्य नीतिका अनुसार कुनै मानिस त्यस्तो ठाउँमा बस्नु हुँदैन जहाँ मूर्ख मानिस बस्छ। यस्तो ठाउँ तुरुन्तै त्याग्नुपर्दछ, किनकि मूर्खहरूसँग बस्नुभन्दा एक्लै बस्नु उत्तम हुन्छ। हामी जहिले पनि त्यस्तो ठाउँमा बस्नु पर्छ जहाँ बुद्धिमान मानिस बस्दछन्।

चाणक्यका अनुसार मानिस त्यस्तो ठाउँमा कहिल्यै बस्नु हुँदैन जहाँ मानिसहरूले गलत काम, नशा र अन्य धेरै किसिमका दुर्व्यसन गर्छन्, किनभने मानिसजातिमा संगतले निकै प्रभाव पार्छ। तसर्थ, गलत संगति भएका मानिसहरू बसोबास गर्ने ठाउँ तुरुन्त त्याग गर्नुपर्छ।

चाणक्यका अनुसार मान्छेमा लाज नभएको ठाउँमा कहिले पनि बास गर्नु हुँदैन किनकि कसैलाई सम्मान दिनको लागि व्यक्तिमा शर्मको भावना हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ। निर्लज्ज व्यक्तिले कसैलाई पनि आदर गर्दैन।

Source 


Thursday, January 21, 2021

दोलखामा सरकारी कर्मचारीले एक दिनमा ८ छाक खाना खाए


काठमाडौ । दोलखामा सरकारी कर्मचारीले एक दिनमा ८ छाक खाना खाएको देखिएपछि सबै छक्क परेका छन् । सामान्यता मान्छेले दिनमा ४पटक सम्म बढीमा खाना खान सक्छ । तर ८ छाक खाना खाने कर्मचारी देखेर रकम भुक्तानी दिने मानिस पनि छक्क पर्नु स्वभाविकै हो । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय ९कोलोनिका० ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ । उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् । त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छ ।

Thursday, February 20, 2020

NTC को सिम हुनेहरूलाई उपयोगी CODE हरू

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस ।

आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।

आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस ।

कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस ।

कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।

Call Waiting सेवा सुचारु गर्न *43# डायल गर्नुहोस ।

Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।

मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।

प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422*SECURITY CODE*98XXXXXXXX*Rs..# डायल गर्नुहोस ।

आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।

आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।

पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000# डायल गर्नुहोस र सुबिधा हटाउन *331*0000# डायल गर्नुहोस ।

डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।

Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस ।

बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस ।

मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।

मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।

नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।

Missed Call Alert (MCA) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस

Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस ।

ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB*065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो

ADSLको अन्तिम मिति थाहा पाउन VL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।

ADSLको ब्यालेन्स थाहा पाउन BL*NTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।

नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस ।

नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।

ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस ।

नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM ( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस ।

मोबाइलमा टेलिभिजन हेर्न WOW TIMES एप्लिकेसन डाउनलोड गर्नुहोस ।

Sunday, February 9, 2020

Friday, February 7, 2020

Important points of housekeeping department

Housekeeping Daily Routine Tasks Check-list

-Room re-made and cleaned efficiently.

-Allotted daily service completed by 6:00 PM (Timings depend upon hotel type)

-No items were removed from the guest room unless placed in the trash basket.

-All flooring was swept/vacuumed.

-Mirrors/pictures were free from dust and smudges.


-Lamps, bulbs, shades and switches were free from dust, hair, streaks and fingerprints.

-All bulbs, TV, Hair Dryer, Ipad / Ipod / Mobile Docking station were functional.

-Bed tightly and neatly made.

-Guest money, jewellery, mobile, laptops, valuables and personal items left untouched.

-Newspapers and magazines were stacked and left in plain view.

-Guest clothing found on the bed or floor were folded and placed on bed or chair, clothing left on furniture was folded and left in place.

-Shoes were paired and placed to the side.

-All stationery and supplies restocked to par levels.

-Laundry bag and order form were replaced and neatly presented.

-All trash cans were emptied.

-Sink, counter and mirror were wiped clean and spotless.

-Tub and shower cleaned, no debris, dust, spots, stains or hair.

-Toilet cleaned, no debris, dust, spots, stains or hair.

-Used linens were removed and replaced.

-Bathroom paper supplies restocked and Tissues re-pointed.

-Glasses washed or replaced, Coffee machine set up, cleaned and restocked.

-All Interior windows and window sills were free of dust, hair, streaks and fingerprints.

Appropriate lighting was left on and TV channel reset to welcome screen.

Spa Therapist / Masseur Service Standard Audit

-The therapist was available at the reserved time.

-Therapist acknowledged guest with eye contact and smile within 10 feet.

-A polite greeting, the offer of assistance, etc. was made within 5 feet.

-The guest name was known and used a minimum of two times.


-Details of the treatment was described to the guest.

-Staff inquired about health related issues and skin allergies in regards to treatment.

-The therapist could answer questions about products used.

-The de-robing process was described and guest was offered privacy.

-The guest was appropriately covered with towels or drapings.

-Staff asked the amount of pressure that was preferred.

-Therapist inquired if the temperature was comfortable.

-Special requests were met with an everything is the possible attitude.

-Therapist inquired about guest comfort.

-If guest initiated conversation, staff engaged in unobtrusive conversation.

-Treatment was free of interruptions and noise from outside the room.

-Treatment lasted for the advertised duration.

-Staff announced treatment was finished and asked guest to relax.

-Upon completion, therapist ascertained guest’s satisfaction.

-Therapist offered refreshments to the guest.

-Advised to drink lots of water and to move slowly for a short period of time.

-The guest was escorted back to the locker/changing area after treatment.

-Staff aware if guest purchased scheduled package treatments.

-The therapist was the last to speak, offered thanks or offer of additional assistance.

-Therapist well groomed, uniformed, name tag was present.

-Staff did not eat, drink, smoke or chew gum.

Lobby and Public Area Cleanliness Checklist

The reception desk was organised, free of clutter, free of dust and debris.

Hotel lobby was attractive in design, in good condition, free of dust and debris.

Décor was fresh in appearance and of a high standard.

If floral decorations were present, they were fresh in appearance.

Fabrics were free of stains and in excellent repair.


Furnishings were well maintained; free of dust, scuffs, markings and of high quality.

The floor was free of spots, stains and debris.

Flooring was in an excellent state of repair, not worn in appearance.

All Windows and doors were in good condition free of prints, smudges and free of damage.

Walls and ceilings were free of spots, dust and debris.

Walls, ceilings were in good condition, free of damage.

Building interior had consistently comfortable air temperature, no unpleasant odours.

Lobby Music / Channel Music was clear and audible, with excellent sound quality.

Lighting was adequate, and of perfect working order, no burned out bulbs.

Corridor surfaces were free of dust and smudges, mirrors were free of streaks.

Corridor carpets in good condition, free of debris, stains free of rips, tears and wear. 

Corridor curtains and windows were free of dust, smudges, streaks and stains.

Corridor curtains were in good condition, free of rips, tears and damage. 

House telephones functioned properly; Scribbling Pads/Pencils were available.

Guest Elevator cars in good condition, functioned responsively, had no spots, stains, smudges or debris.

Guest Elevator Emergency Telephone working properly, channel music audible and clear.

Public restroom décor was of high standard and free of unpleasant odours. 

Music was clearly audible in public restroom, with excellent sound quality.

Public restroom floors free of dirt and debris.

Public restroom wallpaper/tiles were free of holes and chips.

Public restroom countertops were in good condition, free of damage, sinks were dry and free of spots, stains and hair.

Public restroom faucets and fixtures were in good condition and free of damage, free of spots and rust.

Public restroom mirrors in good condition, free of spots, streaks, free of cracks and chips.

Public restroom partitions were clean and free of dust, streaks and debris.

Public restrooms urinals, toilets and tank in good condition; seats not loose, free of spots, debris and stains. 

The liquid soap dispenser was stocked with soap and paper tissues; free of dust and debris.


Turndown / Evening Service Checklist

Turndown / Evening Service performed routinely or as per request for long stayers.

Suite and Executive floor rooms service provided automatically.

In case guest requested, service was also provided on subsequent nights.

Service provided within quoted hours, or reasonable evening time frame.

No items were removed from guest room unless placed in trash receptacle.

All trash receptacles were emptied.

All flooring was swept / vacuumed.

One bedside light was left on, curtains were closed.

Ice bucket, ashtrays and glassware were removed and replaced as necessary.

Turndown fold was neat, And In-Room Dining Breakfast Pre-Order menu was positioned; along with Turndown amenity (Chocolate / Flower)

In case room rate includes breakfast in the coffee shop, then a In-Room Dining Breakfast menu card or door knob menu card  is not provided.

Money, jewellery, valuables, laptop, mobile, electronic devices and personal items left untouched.

Newspapers and magazines were stacked and left in plain view.

Guest clothing found on the bed or floor were folded and placed on bed or chair, clothing left on furniture was folded and left in place.

Sink, counter and mirror were wiped clean and spotless.

Tub and shower cleaned, no debris, dust, spots, stains or hair.

Toilet cleaned, no debris, dust, spots, stains or hair.

Used linens were removed and replaced with Linen where colours were consistent, not worn, damaged or stained.

All Amenities replenished to par levels and Bathroom paper supplies restocked.

Toiletries were arranged on a clean, flat wash cloth, similar to guest’s placement. And Tissues are re-pointed.

Sunday, November 17, 2019

सूनखानी देखी बिगु-साङ्वा सहित दोलखाको ३ वटा मुख्य सडक काळोपत्रे गरीने

दोलखाका ३ वटा सडक स्तरोन्नतीसहित कालोपत्रे हुने भएको छ । प्रदेश–३ अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखाका थप ३ सडकलाई स्तरोन्नती गरेर कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो ।
सिद्धाकोथान–जुँगू–झ्याँकू–भोर्ले सडक, सित्तली –मेलुङ–भञ्ज्याङ–भैंसे सडक र सुनखानी–साङ्बा विगू सडकलाई स्तरोन्नती गर्न लागेको हो । कार्यालयले अनुमानित बजेट स्टमेटसहित भौतिक पूर्वाधार मन्त्रालय प्रदेश मन्त्रालय पठाएपछि प्रक्रिया अघि बढेको हो ।
 पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सिनियर डिभिजन इन्जिनियर राजु श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय भएका सडकमा अर्थ मन्त्रालयबाट बजेटको अख्तियारी पाएलगत्तै काम अघि बढ्ने बताए । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षबाटै काम सुरु गर्ने गरी निर्णय भएकाले अर्थ मन्त्रालयले चाँडै स्वीकृत दिने उनले बताए ।
पूर्वाधार कार्यालयले सिद्धाकोथान जुँगू–भोर्ले सडक ४५ किलोमिटर रहेको छ । यसका लागि ९० करोड प्रस्ताव गरेको छ । सित्तली–मेलुङ–भैसें ४१ किलोमिटरलाई ६० करोड र सुनखानी–साङ्बा–विगू सडक ४५ किलोमिटरलाई ९८ करोड प्रस्ताव गरेको इञ्जिनियर श्रेष्ठले बताए । सडकको दुरी लागत डीपीआरपछि स्पष्ट हुने उनले बताए । यी सडक बहुवर्षिय ठेक्काको रुपमा लाग्नेछ । संघीय सरकार र प्रदेश सरकारको ५०÷५० प्रतिशत लगानीबाट समन्यायिक कोषबाट सडक स्तरोन्नति हुन लागेका हुन् ।
सुनखानी–साङ्वाको दम्बा खोलासम्म २९ किलोमिटर स्तरोन्नती गरी ग्राभेल सडक हो । यो विगूसम्म विस्तार गरेर कालोपत्रे हुनेछ ।
त्यस्तै सित्तली मेलुङदेखि भैंसे सडक स्थानी निकायको लगानीमा खनिएको सडक हो । सित्तलीदेखि मेलुङसम्म ८ किलोमिटर सडक विभागले नै स्तरोन्नति गरेको छ । यसको विभिन्न खण्डमा ग्राभेल र सोलिङ गरी १२ महिना चल्ने सडकको रुपमा विकास गर्ने योजना पूर्वाधार कार्यालयको छ । सबै सडक ८ मिटर चौडाइको २ लेनको निर्माण हुने उनले बताए ।
पूर्वाधार कार्यालयले नै मुडेदेखि शैलुङसम्म १६ किलोमिटर कालोपत्रे गर्ने गरी स्तरोन्नतिको काम भइरहेको छ । त्यस्तै तामाकोसी गाउँपालिका भित्रको भीरकोटदेखि हावासम्मको सडक कालोपत्रे भइरहेको छ ।
त्यसैगरी उत्तर–दक्षिण लोकमार्गको बञ्चरे–जुँगू–बुस्ती जोड्ने गरी तामाकोसी करिडोरको काम समेत सुरु भएको छ । संघीय सरकारको सडक डिभिजनले डीपीआरको काम गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै टेण्डर गरेर काम सुरु गर्ने डिभिजन सडक चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए । त्यस्तै खावादेखि ठूलोपातल खिम्तीसम्मको २० मिलोमिटर सडक समेत डीपीआर पूरा भएको छ ।
पूर्वाधार कार्यालयअन्र्तगत नै दोलखाका ८ सडकको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । भोर्ले तिनेखू गाउँपालिका कार्यालयसम्म, जयन्त्रीपुर–हुलाक सडक, श्यामाको पुम्पा–ढुङ्गेसम्म सडक रहेका छन् । त्यसैगरी चरिकोट–सेराबेसी–निगाले सडक, बाघखोर–भैंसे सडक, मलेपू मिलडाँडा क्याम्पस सडक र सिंगटी–चित्रे बुलुङ सडक रहेका छन् । यी सडकमा न्यूनतम ९७ लाखदेखि अधिकतम १ करोड ९७ लाखसम्म लागत स्टमेट गरिएको छ ।
   यो खवर कारोवार दैनिकवाट साभार गरिएको हो 

Wednesday, September 25, 2019

बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा!

 
भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।
    आफैं गर्न दिनुस् बच्चालाई आफैं काम गर्ने सोख हुन्छ । उसलाई रुमाल धुन दिनुस् ।उसलाई भाँडामा पानी भर्न दिनुस् ।उसलाई फूल सजाउन दिनुस् ।उसलाई कचौरा मस्काउन दिनुस् ।उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।उसलाई खानेकुरा पस्किन दिनुस् ।बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।उसको आफ्नो मर्जीले गर्न दिनुस् ।उसको आफ्नो ढंगले गर्न दिनुस् ।पहिचान:हाम्रो आँखामा अमृत छ वा विष,हाम्रो बोलीमा मिठास छ या टर्रोपन,हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,हाम्रो मनमा शान्ति छ वा अशान्ति,हाम्रो मनमा आदर छ वा अनादर,बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।बच्चा हामीलाई एकदम जानिसक्छन् ।
      दुश्मन   सुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’खाऊ, नत्र चोरले लिएर जान्छ ।’बाघ आयो !’बाबाजी आयो !’पुलिस आयो !’चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’पढ्न बस, नत्र पिट्छु ।’जो यसरी बच्चालाई डर देखाउँछन्,उनीहरु बच्चाहरुका दुश्मन हुन् ।पृथ्वीमा स्वर्ग यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।स्वर्ग बच्चाको सुखमा छ ।स्वर्ग बच्चाको स्वास्थ्यमा छ । स्वर्ग बच्चाको प्रसन्नतामा छ ।स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ ।स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ ।महान् आत्माबच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ ।बच्चाको शरीर बढ्दो छ ।बच्चाको शक्ति विकासशील छ ।तर, उसको आत्मा त पूर्ण छ ।हामी त्यो आत्मालाई सम्मान गरौं ।आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं ।जानीराखौं बच्चा सम्पूर्ण मनुष्य हो ।बच्चामा बुद्धि छ, भावना छ,मन छ, आफ्नो बुझाइ छ ।बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ ।
   हामी बच्चाका इच्छाहरु चिनौं  हामी बच्चाका भावनाहरुलाई सम्झौं ।बच्चा अबोध र निर्दोष छ ।आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं ।आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।चाहना बच्चालाई आफैंले खानु छ, तपाई उसलाई नख्वाउनुस् ।बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् ।बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् ।बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् ।बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् । किनकि बच्चा स्वावलम्बन चाहन्छ । यति पनि नगर्ने ?गानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् ।राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् आत्मसुधार बच्चालाई यस कारण सम्मान गर्नुस, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् ।
      बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस्  जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् । बच्चालाई नपिट्नुस् जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं । डर र लोभ:आमा, बुवा र शिक्षकले बुझिराख्नुस्पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्,बरु उल्टै बिग्रिँदै जान्छन् ।पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ ।लोभ देखाउँदा बच्चा लालची बन्छन् ।डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।सुन्दर संसार घर यदि आमाबुवाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,त्यो ठूलो भूल हो ।आमाबुवा र घर, दुइटै संसारको सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् ।घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !प्रकृतिको उपहार प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,खेतको माटो,परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा,यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् । बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।गतिमान:बच्चा पल–पलमा बढ्ने प्राणी हो ।बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ ।बालकको हृदय केही बोलिरहने खालको हुन्छ ।बच्चाको व्याकरणमा प्रश्न र बोली हुन्छ ।तर पूर्णविराम कतै पनि हुँदैन ।बच्चाको अर्थ हो, निरन्तर गतिजहाँ अल्पविराम समेत हुँदैन झैझगडा:आमाबुवा र अरु ठूला मान्छेको झगडाको कारण घरको वातावरण प्रायः अशान्त रहने गर्छ ।यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् ।अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं ।घरको शान्त र सुखी वातावरणमा नै बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।जीवित ग्रन्थ जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् । जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् ।शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चाएक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।बालकको शक्ति तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न ।तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न ।तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,तर, आफ्ना बच्चाहरुलाई केही पनि लुकाउन सक्नुहुन्न ।बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापी हुन्छन्, सर्वशक्तिमान हुन्छन् ।गफ दिनु बेकार छहामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा हाम्रो काम पूरा हुन्छ त ?हुँदैन, हामीले त शिक्षाको नयाँनयाँ मन्दिरको निर्माण गर्नु छ,र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ । बच्चाहरुको लागि नयाँ युगको आरम्भ भएको छ ।केवल गफ गरेर केही पनि हुँदैन ।केही गर्नुस् ! केही गराउनुस् !!चैन कसरी मिलोस् ?जबसम्म बच्चाहरुले घरमा पिटाइ खान्छ,र, विद्यालयमा गाली सुन्छ तबसम्म मलाई चैन कसरी मिलोस् ? जबसम्म बच्चाहरुका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,तबसम्म मलाई चैन कसरी मिलोस् ?जबसम्म बच्चाहरुलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?गिजुभाइका कुरा बच्चाहरुले प्रेम दिएर मलाई समृद्ध बनाए ।बच्चाहरुले मलाई नयाँ जीवन दिए ।बच्चाहरुलाई सिकाउने क्रममा मैले पनि धेरै सिकेँ ।बच्चाहरुलाई पढाउने क्रममा मैले पनि निकै पढेँ ।बच्चाहरुको गुरु बनेर मैले उनीहरुको गुरु.
        (Online media हरुको सहयोगमा )

Friday, January 11, 2019

यो पनि पढौं एकै छिनमा मोड बदलीने कुरा रहेछ

महेन्द्र राजमार्गमा पर्ने एउटा सानो बजार । बजारसंगै जोडिएको नौ बिघा खेत । खेतमा लाग्थ्यो दुई बाली अन्न । अन्नले उनिहरुको परिवार चल्थ्यो मज्जाले । एकदिन परिवारबिच भयो अंश । प्रत्येकका भागमा पऱ्यो ३/३ बिघा जग्गा ।
कान्छो थियो अलि महत्वकांक्षी । उसमा सवार भयो बिदेश जाने भूत । भूतको प्राथमिकतामा पऱ्यो जापान । उसले समात्यो, एउटा दलाल । दलालले माग्यो नौ लाख । नौलाख लाख थिएन उसँग नगद । निर्णय गऱ्यो जग्गा बेच्ने ।
कुरो हो १०/११ बर्ष अगाडीको, जतिखेर भाउ बढेको थिएन जग्गाको । त्यसैले त्यो खेतमा परेन आँखा कुनै जग्गा दलालको । लामो प्रयासपछि दलालले भेटिदियो ग्राहक । ग्राहक थिए छिमेकी ठुल्दाई । ठुल्दाईसँग न थियो आइडिया ब्यापारको, न त थियो सपना बिदेशको । उनको सपना थियो, थोरै खेतमा धेरै अन्न उब्जाउने ।
तिन बिघा जग्गाको भाउ मोलियो, जम्मा नौ लाख रुपैंया ! यता नौ लाखमा ठुल्दाई फलाउन थाले सयौं मुरी धान ! उता धान खाने खेत बेचेर कान्छो हिड्यो जापान !
जापानमा काम खोज्नै लाग्यो उसलाई तिन महिना । चौथो महिनामा बल्ल पायो एउटा कठिन काम तर ‘ठिक ठिकै’मात्र थियो दाम । जे होस्, दाम कमाउने सपनाको भयो शुरुवात । उ देख्ने गर्दथ्यो सामान्य सपनाहरु । एउटा चिटिक्क परेको घर, घर आँगनमा टलक्क टल्किने गाडी ! गाडीको अघिल्लो सिटमा श्रीमती, पछाडी ‘बार्बी डल्स’सँग खेल्दै गरेका छोराछोरी ! यीनै खुद्रा सपना बनाउन साकार, काममा घोटिई रह्यो निरन्तर ।
यता देशमा, अकस्मात परिस्थितिले फेऱ्यो कोल्टे । मकै फल्ने डाँडाहरु बिक्रि हुन थाले घडेरीको नाममा ! धान फल्ने खेतहरु मासिन थाले प्लटिङ्का रुपमा ! कान्छाले बिक्री गरेको जग्गाको भाउ त झन् यति आकासियो कि त्यहाँ घडेरी किन्ने आँट गर्नै सकेनन् सामान्य मान्छेहरुले !
नौ लाखमा तिन बिघा बेचेको जग्गा नौ लाख नै पुग्यो कठ्ठाको । बिस्तारै ‘धुर’ र ‘हात’ बिक्री हुन थाल्यो बढेर ! जग्गावालले पनि दुई बिघा बेच्यो– त्यही महँगिएको दाममा ! भत्कायो पुरानो घर, बनायो नयाँ महल । किन्यो ‘ब्राण्डन्यू’ गाडी, राख्यो महँगो ड्राइभर ! कान्छाले जग्गा बेच्दा ताकाको सामान्य ‘किसान ठूल्दाई’ रहेनन् अब ! बजारकै धनीहरु मध्येमा गनिन थाले जग्गाको जगमगले !
उता कान्छो जापान बसेको पनि भइसकेछ पाँचबर्ष ! एकदिन अकस्मात पऱ्यो पक्राउ, ‘ओभर स्टे’को आरोपमा ! प्रहरीले गरिदियो–‘डिपोट ।’ नेपाल फर्कनु परेपनि कान्छो थिएन दुखी, किनभने कमाएको थियो आधा करोड रुपैंयाभन्दा बढि !
स्वदेश फर्किएर बनायो योजना । एउटा राम्रो जग्गा किन्ने घर बनाउने, बिहे गर्ने र छोराछोरी पाउने ! धेरै ठाउँमा हेऱ्यो जग्गा तर कतै लागेन आँखा ! आफन्तले सल्लाह दिए– आफ्नै थात्थलोमा लिने जग्गा ! उसलाईपनि मन पऱ्यो कुरो ! खोज्दै जाँदा उ पुग्यो– उही पुरानो दलालकहाँ, जसले पाँच बर्ष अगाडी बेचाई दिएको थियो उसको तिन बिघा जग्गा जम्मा नौ लाखमा !
दलालले भर्न थाल्यो फुलबुट्टा । जग्गा एकदमै मिलेको छ, रुमाल ओच्छ्याएजस्तो ! ‘सोसाईटी’ बडो असल छ, आफ्नै दाजुभाईजस्तो ! कुरा सुन्दै दलालको पछि लाग्यो कान्छो ! उनिहरु पुगे– ‘साईट’मा । ‘साइट’मा थिए घरैघर ! छेउको घरको चारतलाबाट कोही बोल्यो– हलो कान्छा भाई, लिनोस् जग्गा, एकदमै राम्रो छ है !
स्वर सुनेझैं लाग्यो कतै । उठायो कान्छाले टाउको । चिन्यो उही छिमेकी ठूल्दाई जसलाई पाँचबर्ष अगाडी बेचेको थियो त्यही जग्गा, जहाँ ठुल्दाईले बनाएका थिए बिशाल घर ! थाहा पायो– उसले किन्न खोजेको घडेरी पनि त्यही तिन बिघे ‘प्लटिङ्’कै थियो एउटा टुक्रा !
सोध्यो– ‘कति पैसा हो ?’ बोल्यो दलाल– ‘अरुलाई भए पचास लाख, तपाईंकालागि गर्न सक्छु अड्चालिस लाखमात्र एक धुरको ! ’ कान्छाको टाउको थाल्यो घुम्न ! संझियो छड र सिमेन्टको भाउ ! गन्न थाल्यो ईटा र बालुवाको दर ! गम्न थाल्यो ठेकेदार र ज्यामीको रेट ! सोच्न थाल्यो– धारा, बत्तिको जडान खर्च ! घुम्न थाल्यो– रंग रोगन र ‘इन्टेरियर’को बिल !
संझियो– पाँच बर्ष अगाडीको आफ्नो तिन बिघा जग्गा ! निल्यो– घुटुक्क थुक ! भन्यो आफैंलाई– केले बनाउनु घर ! गाडी किन्नु कसरी ! को आउँछ मात्र घडेरीसँग बिहे गर्न ! के पढाउनु बच्चा जन्माएर ! सोच्न सकेन उसले र ठोक्यो थाप्लो । बस्यो भुईंमा खुईंय गर्दै । आफैंलाई धिक्काऱ्यो, धर्ती बेचेर आकासमा महल ठड्याउन खोज्दा यसरी पछारिनु परेकोमा ।
(कलाकार  मनोज गजुरेलको लेख गजुरेल.com वाट साभार हो )
video हेरेर मनोरंजन गर्नु होस

Saturday, January 5, 2019

छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो

पढ्नोस्, आँशु झरेन भने मलाई भन्नु होला, झऱ्यो भने आफुलाई नियाल्नु होला !
हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो ।  आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो । आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भनेर ढाँट्यो र मन्द विष पिलाएर मार्‍यो । गजुरियल शैलीको यो रियल कथामा तपाईंलाई हार्दिक स्वागत छ ।

तस्वीर काल्पनिक
काठमाडौंमा उसको ठूलो घर थियो । घरमा आमाका लागि कुनै असुविधा थिएन । छुट्टै कोठा, कोठाभित्रै एट्याच बाथरुम, हेर्नका लागि ठूलो टिभी, सुत्नका लागि राम्रो पलङ, खानका लागि थरीथरीका परिकार, कुनै कुराको कमी थिएन । ऊ आमालाई धेरै माया गरेको मान्थ्यो तर आमा त्यो सुविधामा कहिल्यै खुशी भइनन् ।
बुहारी बिहान ७ बजे काममा जान्थिन् । छोरो बेलुका ९ बजे फर्कन्थ्यो । नाति–नातिना दिउँसो स्कुल जान्थे, बेलुका टिभी र गेममा भुल्थे । वल्लो घर, पल्लोघर सबैको एउटै अवस्था थियो । बोलचाल गर्ने मान्छे छैनन् । भित्तालाई सुनाउने कुरा भएन । डुले त्यही घर तल र माथि घुम्ने हो । घुमे उही कोठा भित्र र बाहिर गर्ने हो ।
एक दिन आमाले भाडामा बस्ने भानुसँग भनेकी थिइन्, ‘जुन दिन छोराले गाउँको सबै घरजग्गा
बेच्यो, त्यही दिन मेरो मुटुको नशा चुँडिएको थियो । धेरै अनुरोध गरें । दिदीबहिनीहरू यतै छन् । फुपू, मामा, काका, भान्जाभान्जी सबै यहीं छन् । यही माटोमा मैले ५० वर्ष बिताएँ ।’
‘अब मलाई यहीं मर्न देऊ । सकुन्जेल आफैं गरेर खान्छु, नसकेका दिन दिदीहरूकहाँ जान्छु । तिमेरुलाई दु:ख दिन्नँ । बिन्ती, यो एउटा घर र एक कठ्ठा जग्गाचाहिँ नबेचौं, तर मेरो पुकारा एक कानले सुनेर अर्को कानले उडाइदिए ।’
आमाले त्यसो भनिरहँदा पल्लो कोठाबाट बुहारी भुत्भुताएकी थिई, ‘कुन्नी कल्लाई स्वर्ग जान्छस् भन्दा कुन्नि के पाइन्छ भन्थ्यो रे, त्यस्तै हो ।’ छोराले पनि स्वास्नीको हो मा हो मिलाएको थियो- ‘तपाईंलाई यहाँभन्दा काठमान्डौमा सुख हुन्छ । मर्ने बेलामा किन निहुँ खोजिरहनु ?’ छोराले पनि यसो भनेपछि उनको केही जोड चलेन । पतिले आफ्नै हातले बनाएको घर, पसिनाले सिंचेको जमिन, निर्माण गरेको सामाजिक सम्बन्धलाई सधैंका लागि छोडन् बाध्य भइन् । आँसुका ढिक्का पछ्यौराले छोप्दै आमा जुन दिन काठमान्डौ पसेकी थिइन्, त्यही दिनदेखि उनलाई डिप्रेसनको बिमारीले समातेको थियो ।
हुनत: काठमाडौंको घरमा आमालाई उच्चस्तरको भौतिक सुविधा थियो, तर शान्ति र आनन्द निम्नस्तरको पनि थिएन । एकोहोरो बोल्ने टिभी थियो, दोहोरो बात मार्ने छिमेकी थिएनन् । मायाले मिस्री दिँदा मुन्टो फर्काउने आफ्नै नाति–नातिना थिए, ‘अम्बक देऊ न आमै’ भनेर माग्ने छिमेकी बालबालिकाहरू थिएनन् । फलफूल आमाको कोठामा फुत्त फाल्दिएर सिरियल हेर्न थाल्ने बुहारी थिइन्, तर देख्नासाथ काखमा खेल्न आउने बाख्राको पाठो थिएन । प्राय: बाहिरैबाट खाना आएर आउने छोरो थियो, तर आमालाई देख्नासाथ ड्वाँ गरेर खोले माग्ने प्यारो गोरु थिएन । आमाको बिमारी बिस्तारै बढ्न थाल्यो
निन्द्रा लाग्न छोडेपछि आमाले एक दिन भनेकी थिइन्, ‘हौ छोरा, गाउँ जाँदा पो निन्द्रा लग्थ्यो कि । म ठूल्दीदिकहाँ बस्छु, त्यतै पठाइदे न । नाति–नातिनालाई कहिलेकाहीं घुम्म पठाइदेओ । दसैं–तिहारमा तिमीहरू पनि आइहाल्छौं । म पनि कहिलेकाहीं काठमाण्डु आउँदै–जाँदै गरौंला । दिदी–बैनीहरू पनि हामी टुहुरा भयौं आमा भन्दै थिए । त्यो एक कठ्ठा जग्गा र घरचाहिं फिर्ता लिऊँ बाबु ।’ आमाको कुरा नसकिंदै गाडी स्टार्ट गरेर उसले हप्काएको थियो, ‘तपाईंलाई सुख नपचेको हो कि हामीलाई दु:ख दिन खोजेको हो ? यहाँ चुप लागेर सुखले बस्नु न ।’
छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो । वल्लो घर, पल्लो घर, टोल–छिमेक, खेत–बारी, कुटो–कोदालो, कीर्तन, सांगे, छोरी, ज्वाइँ, सम्धी, आफन्त, आमा यसैमा रमाउँथिन्, जुन कुरा सहरमा थिएन । अलि–अलि घुँडा दुखे पनि उनको सुख यही गाउँघर थियो । छोरा–बुहारीले पठाइदिएको १०–२० हजारले राम्रै खर्च चल्थ्यो । भर–अभर सघाउने छिमेकी छँदै थिए, तर यी सबै सुख छोडेर सधैंका लागि सहर पसेपछि उनको मुहारमा कहिल्यै हाँसोको संकेत देखिएन ।
आमालाई डिप्रेसन भएपछि लामो समयसम्म औषधी ख्वाउनुपर्‍यो । औषधीका कारण शरीर कमजोर हुँदै गयो । कमजोर शरीरले कलेजो र किड्नीलाई हान्यो । सुगर बढ्यो, प्रेसरले समात्यो । आमा कोठामा साँघुरिइन् । एकोहोरो टोलाउँथिन् । रुन खोज्थिन्, आँसु आउँदैनथे । डाक्टरले केस सिरियस भएको र अब धेरै आशा नगर्न सुझाव दिएपछि आमाको संसार काठमान्डौको घरबाट कोठामा साँघुरिएको थियो ।
एकपटक ठूली छोरीको अनुहार हेर्छु भनिन् । उसले दिदीलाई प्लेनबाट काठमान्डौ बोलायो । किनभने उनीहरू (श्रीमान्–श्रीमती)लाई मलेसिया भिजिटको चिठ्ठा परेको थियो । मृत्यु कुरिरहेकी आमालाई ठूल्दिदीको साथ छोडेर उनीहरू ठूलो चिलगाडीबाट मलेसिया हुंईकिए ।
सातदिने मलेसिया भिजिट सकेर क्वालालम्पुर एयरपोर्टबाट काठमान्डौ उडे । त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा झरेर मोबाइलको स्विच अन गर्नासाथ दिदीको भक्कानिएको आवाज आयो, ‘सोझै आर्यघाट आउनु !’ 
तस्वीर काल्पनिक
आर्यघाटमा पुगेर आमालाई दागबत्ती दिएपछि ऊ मलाई अँगालो मार्दै भक्कानियो । मैले सान्त्वना दिएँ— ‘नरो यार, सृष्टिको नियम नै यही हो ।’ उसले भन्यो, ‘तर मैले सृष्टिको नियम उल्लंघन गरें, जसका कारणले मेरी आमाको २० वर्ष छिटो मृत्यु भयो । सुख दिने नाममा मैले आमालाई दु:खको भवसागरमा ल्याएर अनजानमा आमा मारें, म मातृहत्यारा हुँ ।’ मैले सझाएँ, ‘अब ग्लानि गरेर केही हुँदैन । यही आशा गर् कि तेरो यो कथा अरू सहरिया छोराछोरीका लागि एउटा शिक्षा बनोस् । सबैले बुझून्— पितृ प्रसाद बेचेर सहर पस्दैमा पितृ खुसी हुँदैनन् ।’  
 (बरिस्ट हास्य कलाकार मनोज गजुरेलको लेख साभार हो )
यो ऐतिहासिक भिडियो हेर्न नछुटाउनू होला
   

Saturday, December 29, 2018

दोलखाली समाज यूएईले पायो नयाँ नेतृत्व : अध्यक्षमा नवराज बस्नेत

युएई– दोलखाली समाज युएईको आज सम्पन्न अधिवेशनबाट नवराज बस्नेत अध्यक्षमा निर्वाचीत हुनुभएको छ । अधिवेशनमा तीन उपाध्यक्षमा शहदेव खडका,इना गुरुङ सुनिल श्रेष्ठ, महासचिवमा सन्तोष भुजेल, सचिवमा लोक प्रसाद दाहाल, सहसचिवमा प्रदिप न्यौपाने, कोषाध्यक्षमा गोपिनी साहर सहकोषाध्यक्षमा दिनेश थोकर निर्वाचीत हुनुभएको छ । यस्तो छ नयाँ कार्यसमितिको नामावली ;
१. अध्यक्ष नबराज बस्नेत
. उपाध्यक्ष शहदेब खडका
. उपाध्यक्ष इना गुरुङ
४. उपाध्यक्ष सुनिल श्रेष्ठ
. महासचिव सन्तोष भुजेल
६. सचिव लोक प्रसाद दाहाल
. सहसचिव प्रदिप न्यौपाने
. कोषाध्यक्ष , गोपिनी साह
. ९. सहकोषाध्यक्ष, दिनेश थोकर
सदस्यहरु ;
०. बाबुराम कार्की
११. समीर आचार्य
२. राम बहादुर खड्का
१३. शंकर बुढाथोकी
१४. गोबिन्द थापा
१५. यसोधा बुढाथोकी
१६. अनिता खड्का
१७. राधिका रिमाल
१८. कल्पना रिमाल
१९. ईश्वर खड्का
२०. सोनाम शेर्पा
२१. तिर्थ श्रेष्ठ      
 ( खवर जनता टाइम्सवाट साभार हो ) 
अधिवेशन पश्चात  यसरी रामाएका थिए दोलखालिहरू  भिडियो हेरेर suscribe गर्न नभुल्नु होला



Thursday, December 27, 2018

मनै लोभिने यो दोलखाको सिन


साभार

सुमधूर राष्ट्र भक्ती गीतले कसको मन नछोला ?

Tuesday, December 25, 2018

नेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन्

१० पुस, काठमाडौं । नेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन् ।
जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् ।
कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको हो । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ ।
नयाँ नीति कार्यान्वयनका क्रममा आगामी आर्थिक वर्षमा २२.४ अर्ब यूआन खर्च गरिनेछ । विदेशीहरुलाई जापानी भाषा सिकाउन मात्रै ६० करोड यूआन खर्च गरिने छ ।
जापानले यही महिनाको सुरुवातमा अध्यागमन कानून पनि परिमार्जन गरेको थियो । परिमार्जित अध्यागमन कानूनअनुसार जापानले विश्वयुद्धपछि पहिलोपटक निश्चित सिप र विज्ञता भएका विदेशी कामदारलाई वर्किङ भिसा दिने नीति लिएको छ ।
जापान टाइम्सका अनुसार पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।
मंगलबार मात्र मन्त्रिपरिषदले नयाँ क्याटगोरीका भिसाका लागि नीतिगत निर्देशिका पारित गरेको छ । यो निर्देशिकामा विदेशी कामदारहरुलाई मुख्य शहरी क्षेत्रमा मात्रै थुप्रिन नदिने उल्लेख छ । धेरै राजनीतिज्ञहरुले नयाँ भिसा नीतिपछि टोकियोमा आप्रवासीहरुको चाप बढ्ने चिन्ता व्यक्त गरिरहेका छन् । कामदारहरुले निश्चित शर्तमा आफ्नो रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । विदेशबाट आउने कामदारको उमेर न्यूनतम १८ वर्षको हुनुपर्छ ।
कामदारहरुलाई उनीहरुको सीप र विज्ञताका आधारमा दुई वटा स्ट्याटस दिइनेछ । पहिलो स्टाटसमा आउनेहरु पाँच वर्ष बस्न पाउनेछन् र उनीहरुले आफ्नो परिवार ल्याउन पाउने छैनन् ।
दोस्रो स्टाटसमा रहेकाहरुले परिवार पनि ल्याउन पाउनेछन् र भिसालाई पटकपटक नविकरण गर्न सक्नेछन् ।
पहिलो स्टाटसका लागि जापानी भाषाको आधारभूत ज्ञान भए पुग्छ भने दोस्रो स्टाटसका लागि निश्चित काममा दक्षता चाहिन्छ । यसअघि जापानले व्यवसायिक ज्ञान र उच्च तहको सिप भएकाहरुलाई मात्रै वर्किङ भिसा दिने गथ्र्यो ।
कसरी जान सकिन्छ जापान ?
नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । हालै मात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैं जापान पुगेका थिए ।  श्रम, रोजगार तथा सामजिक सुरक्षा मनत्री गोकर्ण बिष्टले पनि पटक-पटक जापानिज राजदूतलाई यसका लागि अनुरोध गरेका थिए ।
दक्षिण कोरियाको ईपीएस मोडलमा नेपाली कामदार भित्र्याउने नेपालको प्रस्ताव छ । लामो समयदेखि खाडी र मलेसियाको वैकल्पिक गन्तब्य खोजिरहेको नेपाली कामदारका लागि जापान सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वास छ ।
सरकारी अधिकारीहरुका अनुसार सम्भवत आगामी अप्रिलदेखि जापानी भाषा परीक्षा पास गरेर रोजगारीका लागि जान पाइनेछ । जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण गर्नेछ ।
कामदार आपूर्ति र अन्य विषयमा छलफल गर्न जापानका परराष्ट्रमन्त्री पुस २५ गते नेपाल आउने तय भएको छ ।
त्यही सयममा कामदार आपूर्तिबारे सरकारी स्तरमा समझदारी (एमओयू) बारे छलफल हुनसक्ने श्रम मन्त्रालयले जनाएको छ । ‘अब तत्कालै जापानको प्राविधिक टोली आएर श्रम समझदारीका लागि छलफल हुन्छ,’ मन्त्रालय स्रोतले भन्यो  ।
यो खवर आजको onlinekhabar ले लेेेखेेको हो ।
          तळको भिडियो पनि   हेर्नुहोल

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।