Thursday, December 6, 2012

मानिसलाइ खुसि राख्ने तत्वहरू पहिलो दोस्रो ,,,, तत्वहरू के के त ?

पछिल्लो अध्ययनले मानिसलाई प्रफुल्ल बनाउन यौनक्रिडा सबैभन्दा कामयावी हुने देखाएको छ ।न्युजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले मानिसलाई खुसी राख्ने उपायको रुपमा सेक्स सदावहार हतियार भएको देखाएको हो ।
मानिसलाई खुसी राख्ने उपाय मध्ये सेक्स पछि दोश्रो स्थानमा मदिरापान परेको छ । त्यस्तै स्वयं सेवा तेश्रो स्थानमा परेको छ । खुसी राख्ने उपायको रुपमा योगा चौथो, बच्चाको हेरचाह पाँचौँ, संगीतको श्रवण छैटौँ तथा सामाजिक कार्य सातौँ स्थानमा छ । त्यस्तै रुचीको काम गर्नु आठौँ, सपिङ गर्नु नबौँ तथा खेल खेल्नु दशौँ स्थानमा परेका छन् । मोबाइलमार्फत म्यासेज पठाएर जवाफ माग गरी गरिएको सर्भेक्षण अनुसार फेसबुकको प्रयोग, घरायासी काम, अध्ययन, अध्यापन, ज्यालादारी काम तथा कपडा धुने जस्ता काम मान्छेलाई सबैभन्दा मन नपर्ने काम हुन् र यी काम गर्दा मान्छेको मन पटक्कै खुसी हुँदैन । साभार ऑनलाइन खबर

Tuesday, December 4, 2012

बिष्व एड्स दिवसको उपलक्क्षमा चिानमा हस्त मैथुन प्रतियोगिता


विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको

Thursday, November 29, 2012

स्तनजस्तै देखिएकाले फेसबुकले उक्त फोटो हटाएको हो।

मेलवर्न, मंसिर १४ (एजेन्सी) - कुनै पनि महिलाको कुइनो र स्तनमा के फरक हुन्छ ? फेसबुकका लागि यी दुईमा अन्तर छैन। हालै सामाजिक सञ्जाल फेसबुकले वाथटपमा रहेकी एउटा महिलाको फोटो हटाएको छ। हटाउनुको कारण हो उनको कुइनो। 
डीप अन्डरस्ट्यान्डिङ अफ दिङ्स् सिद्धान्तका आधारमा कुइनो स्तनजस्तै देखिएकाले फेसबुकले उक्त फोटो हटाएको हो।
फेसबुक उपयोग गर्दा पालन गर्नुपर्ने नियमका आधारमा कुनै पनि अस्लिल अर्थात् प्रोनोग्राफिक कुरा पोस्ट गर्न पाइन्न। फेसबुकबाट हटाइएपछि यो फोटोबारे चर्को कुरा उठ्यो। र आफ्नो ब्लन्डर सच्याउँदै फेसबुकले यो फोटो रिस्टोर गर्यो। गसिप ब्लग गोकरले फेसबुकलाई उदृत गर्दै लेखेको छ, 'हामीले गल्ती गरेको हो त्यसको लागि फोटो पोस्ट गर्नेसँग माफी मागिसकेका छौं।' nagarik news

Wednesday, November 28, 2012

महिलाले मरिमेट्ने ५ सेक्स पोजिसन



जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् । आफुलाइ मन लागेको हिसावले यौन क्रियाकलापका बारेमा महिलाहरु खुल्न थालेपछि पुरुषहरुले पनि आफ्ना महिला सेक्स पार्टनरका चाहना र रोजाइ बुझ्नु जुरुरी हुँदै गएको छ । विभिन्न खोज र अनुसन्धानमा आधारित भई महिलाले असाध्यै मनपराउने ५ सेक्स पोजिसनहरु पाठकहरु समक्ष ल्याएको छ । यस्ता छन् महिलाहरु मरिमेट्ने पाँच सेक्स पोजिसनहरु.. १. डग पोजिसनः डग पोजिसनलाई महिलाहरुले त मन पराउँछ नै परुषहरु पनि उत्तिकै हुरुक्क हुन्छ्न् । यसलाई संभवत सर्वाधिक लोकप्रिय पोजिसन मानिन्छ । प्राय महिलहरु यो पोजिसनको माग राख्ने गर्दछन् । २. मिसिनरी पोजिसनः यसलाई नेपाली मा क्षेप्यास्त्र पोजिसन भनेर बुझ्न सकिन्छ। यो महिला माथि पुरुष रहेर गरिने परम्परागत सेक्स पोजिसनको हो । प्रायजसो रुपमा यौन जन्य क्रियाकलाप यही पोजिसनबाट शुरु हुने विश्वास गरिन्छ। र केही महिलहरुले यो सेक्स पोजिसनको माग राख्ने गरेका छन् । यो सेक्स पोजिसनमा महिलाहरु आई कन्ट्य्याक्टबाट ज्यादा उत्साहित हुन्छन् । ३.काउगर्ल पोजिसनः यो सेक्स पोजिसनलाई सवै भन्दा सेक्सी पोजिसन मानिन्छ। यो पोजिसनमा महिला माथी रहन्छन भने महिलाहरु दुइ किसिमले क्रियाकलापमा संलग्न रहन सक्दछन् । धेरै जसो आक्रामक महिलाहरु यो पोजिसनाम यौन क्रियाकलाप गर्न रुचाउछन् । ४.स्पुन्स पोजिसनः यसलाई साइड बाइ साइड पोजिसन समेत भनिन्छ , यसमा सेक्स पार्टनरहरु एक अर्काको साइटमा चम्चा खप्टिएझै यौन क्रियाकलाप गर्दछन् । यो पोजिसन पनि महिलाहरुले मन पराउने मध्यको एक हो । यस पोजिसनबाट लामो समयसम्म यौन क्रियाकलापमा संलग्न हुन सकिने विश्वास रहेको छ ।५.स्ट्यान्डिङ पोजिसनः यो पोजिसनमा सेक्स पार्टनरहरु उठेर यौन क्रियाकलापमा संगल्न हुन्छन् । महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट परुष संलग्न रहनेको यो पोजिसन प्रति पनि महिलाहरु उत्तिकै आकर्षित छन् । khojtalas.com

Saturday, September 8, 2012

मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’

 मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’ यसो भन्ने ‘उनी’ हुन मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रूपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन् । उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ । त्यस्ता पुरुष प्रयोग गर्नेमध्ये युवतीमध्ये एक हुन्, मोडल स्मिता थापा ।
पत्रपत्रिकामा प्रकाशित हट पोज ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्विर छपाएकी स्मिता त्यस्ता युवतीहरुकी प्रतिनिधि हुन्, जो पुरूषलाई यौन साधन मात्रै मान्छन् । उनको विचारमा पुरूषले महिलामाथि मायाको नाममा यौन शोषण गरेको छ । अब पालो युवतीको हो । युवतीहरुले पनि पुरूषहरुलाई यौन साथीका रूपमा मात्र हेर्न सिक्नुपर्छ ।
भनिन्छ, केही पुरुषहरू महिलाहरूलाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरूषहरु मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरुलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि सकिन्छ ।


कति परुषसँग सगंत गनर्भुयो ?
मैले १६ वर्षदेखि पुरूषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? (लामो हाँसो ।)
भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रिम ब्वाई नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।
यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न यौन सम्बन्ध राखें । कहिलेकाहीं सम्बन्ध राख्दै जाँदा त्यो मायामा परिणत पनि भयो । जब मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने थाहा पाएँ, त्यसयता मैले पनि पुरुषलाई ‘युज एन्ड थ्रो’कै व्यवहार गर्न थालेकी छु ।
पुरुष स्वार्थी कि महिला ?

Wednesday, August 8, 2012

पत्नीको गुप्ताङ्गमा ताला


सफल दाम्पत्यका लागि आपसी समझदारी एवं विश्वास अपरिहार्य हुन्छ। यद्यपि पति-पत्नीबीच शंका-उपशंका भयो भने के हुन्छ ? हालैको  एउटा घटनाले यसको पराकाष्ठा उजागर गरेको छ। आफ्नै पत्नीको चरित्रमाथि शंका गर्ने एक लोग्नले पत्नीको गुप्ताङ्गमा ताला लगाइदिए।  घटना भारतको मध्यप्रदेश राज्यको प्रमुख सहर इंदौरको हो। यस्तो नारकीय जीवन भोग्न नसकेपछि पीडित पत्नीले विष सेवन गरेपछि  त्यसको खुलासा भएको हो। विष सेवनपछि वेहोस अवस्थामा अस्पताल पुर्‍याइएकी उक्त महिलालाई जब डाक्टरले परीक्षण गर्न थाले, तव  गुप्ताङ्गमा ताला लगाइएको पाइयो। त्यसपछि उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरीले आरोपित पतिलाई हिरासतमा लिएको छ। 
उक्त महिलाले विष सेवन गरेपछि उनका छोरा-छोरीले रोइकराइ गर्न थालेपछि छिमेकीले उनलाई स्थानीय अस्पताल पुर्‍याएका थिए। छिमे कीहरूका अनुसार तिनका पति शंकालु प्रवृत्तिका छन्। उनले करिब चार वर्षदेखि पत्नीको गुप्ताङ छेडेर ताला लगाइदिएका थिए। बिहान  काममा जाँदा उनी पत्नीको गुप्ताङ्गमा ताला लगाइदिन्थे र साँझ घर फर्किएपछि ताला खोलिदिन्थे। अस्वीकार गर्दा पतिले पिट्ने गरेको  पीडित महिलाले बताएकी छिन्।  kantipur weekly

Sunday, August 5, 2012

श्रीमती कुमारी रहिनछ भनी तनाव लिने पुरुष नेपाली समाजमा थुप्रै छन्

डा. सुमनराज ताम्राकार- बिहेको पहिलो रातमा तन्नामा रगतका टाटा देखिएन भने श्रीमती कुमारी रहिनछ भनी तनाव लिने पुरुष नेपाली समाजमा थुप्रै छन्। तर, आधुनिक चिकित्सा विज्ञानले कुमारीत्वको यस्तो मापनलाई हास्यास्पद र कपोलकल्पित मान्छ। पहिलो पटकको यौन सम्पर्कमा महिलाको हाइमेन च्यातिएपछि बग्ने रगतलाई कुमारीत्वको प्रमाणको रूपमा लिनु मूर्खता हो। केही महिला हाइमेनबिना जन्मिने, सबै जनामा हाइमेन कमलो नहुने, खेलकुद, घोडचढी, साइक्लिङलगायत शारीरिक अभ्यासका क्रममा च्यातिनसक्ने कसैकसैको महिनावारी सुरु भएपछि यसमा भएको प्वाल (छिद्र) ठूलो हुँदै जान सक्ने तथ्य चिकित्सा विज्ञानले पत्ता लगाएको छ। साथै, कतिपयको हाइमेन निकै लचकदार भई कहिल्यै नच्यातिने वा च्यातिए पनि रगत नबग्ने हुन्छ भने कतिपय हाइमेन रहँदै पनि गर्भवती हुन सक्छन्। 

Saturday, July 28, 2012

पाँच श्रीमतीको सामुहिक बलात्कारबाट श्रीमानको मृत्यु


डिसीनेपाल डटकम संवाददाता- नाइजेरियामा पाँच श्रीमतीको सामुहिक बलात्कारबाट श्रीमानको मृत्यु भएको छ ।
नाइजेरियका एक व्यापारीलाई उनका पाँचजना श्रीमतीले सामुहिक बलात्कारबाट मृत्युको शिकार बनाएका हुन् । आधा दर्जन विवाहा गरेका एक युवकले छैठौँ श्रीमतीलाई समय दिएको भन्दै पाँचवटी श्रीमतीले सामुहिक बलात्कार गरेपछि श्रीमानको मृत्यु भएको हो । 

Saturday, July 21, 2012

श्रीमान्ले आफ्नै अघि अर्को पुरुषसँग सम्बन्ध राख्न प्रेरित गर्दा


विदुर खतिवडा
विशेष सहयोग जे पान्डे

श्रीमान्ले आफ्नै अघि अर्को पुरुषसँग सम्बन्ध राख्न प्रेरित गर्दा श्रीमती चित मात्र खाइनन्, यो कुरा सपना हो कि विपना नै हो भनेर आफैंलाई चिमोट्नुपर्‍यो। 'भिडियो हेरेकी छैनस् ? ३-४ जनाले एकै साथ एउटै केटीसित सम्बन्ध राखेको ?' श्रीमान्ले यो वाक्य नै थपेपछि श्रीमती  अवाक भइन्। उक्त घटना आफैंमा अपत्यारिलो थियो। ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू पनि यस्तो उजुरी देखेर छक्क परे।  श्रीमतीले आफ्नो रक्षक जीवनसाथी भनेको श्रीमान्बाटै सुरक्षित नहुने देखेपछि प्रहरीको ढोका ढकढकाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय  ललितपुर प्रहरी नायब उपरीक्षक राजेन्द्र भट्टले भने- 'उजुरीका लागि आएकी महिलाको त्यस्तो कुरा सुनेर आफैंलाई लाज लाग्यो।' 

Tuesday, July 10, 2012

महिलाले कन्डोम, पिल्स, डिपो, नरप्लान्ट,आइयुडी आदि प्रयोगबारे जानकारी पाउन नसकेको उल्लेख

रुबी रौनियार, काठमाडौं,असार २६- परिवार नियोजनका अस्थायी साधन नवविवाहित महिलाको पहुँचमा नभएको एक अध्ययनले देखाएको छ। अध्ययनमा १५-१९ वर्ष उमेर समूहका नवविवाहित ४२ प्रतिशत महिलाले कन्डोम, पिल्स, डिपो, नरप्लान्ट,आइयुडी आदि प्रयोगबारे जानकारी पाउन नसकेको उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रका प्राध्यापक रामशरण पाठकको अध्ययनअनुसार २० देखि २४ वर्ष उमेर समूहका ३७ प्रतिशत महिलाको पहुँचमा यस्ता साधन पुग्न सकेका छैनन्।
अध्ययनअनुसार १५-१९ वर्ष उमेर समूहका २१ प्रतिशत र २०-२४ उमेर समूहका २३ प्रतिशत महिलाले परिवार नियोजनका साधनबारे एफएम रेडियो, टिभी, पत्रपत्रिका र सडक नाटकबाट सूचना पाउन सकेका छैनन्।

Saturday, July 7, 2012

धेरैजसो किशोरकिशोरी शारीरिक, मानसिक तथा यौन समस्याबाट प्रताडित छन्।

डा.सुमनराज ताम्राकार- प्रजनन् अंगको विकासले युवायुवतीमा कौतूहल थपिदिन्छ। नेपालको जनसंख्यामध्ये २२ प्रतिशत किशोरकिशोरी छन्। सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन्। किशोरीहरूमा नितम्ब चौडा हुने, स्वर अझै सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने, तिघ्रा सुलुत्त पर्ने आदि शारीरिक परिवर्तनका सार्थ मानसिक, भावनात्मक तथा व्यावहारिक परिवर्तन पनि हुन्छन्। यस बेला किशोरकिशोरीमा विपरीत लिंगीप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने, यौन सम्बन्धी खोजीनिती गर्ने हुन्छ। साथै एक्लै बस्ने, स्वतन्त्रता चाहने, दिवास्वप्न देख्ने, मुड परिवर्तन भइरहने, गोपनीयता चाहने आदि लक्षण पनि देखाउँछन्।


Friday, July 6, 2012

‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ


काठमाडौं । श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’
१२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ ।


साँचो प्रेमलाईर् कसैले पनि रोक्न सक्दैन भन्ने प्रमाण दुर्गालाल र पूर्णदेवी श्रेष्ठको प्रेमले बताउँछ 

दुर्गालालले घरमा सल्लाह गरे तर जात नमिलेको भन्दै दुर्गाका अभिभावकले पूर्णलाईर् भित्र्याउन मानेनन् । आफ्नो खुट्टामा उभिन नसकेकाले दुर्गाले पूर्णलाईर् भगाउने आँट पनि गरेनन् । त्यसपछि पूर्णको अर्कै युवकसँग धुमधामसँग विवाह भयो । उनलाईर् पनि भोजको निम्तो आयो । मुटुमाथि ढुंगा राखेर उनी भोजमा सामेल भए । उनले दाइजोका रूपमा चाँदीको प|mेममा भैगो तिमी जाने भए यति कुरा सुनिजाऊ, गएसम्म कतै ठक्कर नखाऊ, पुगेसम्म तिम्रो जय होस् भन्ने नेवारी गीत लेखेर सजाए ।




Thursday, June 21, 2012

सेक्सका बारे चल्दै आएका भ्रमलाई चिर्दै छन् राजन नेपाल।

सेक्स समस्या होइन, समस्या व्यक्तिको आफ्नै कुण्ठा हो। कोही लिंगको आकार सानो भएको कुण्ठामा रुमलिएका छन् भने कोही छातीका दाना साना भएका चिन्ताले ग्रस्त छन्। शताब्दीयौँदेखि 'मोरल पुलिसिङ'को एकमात्र काम गरिरहेका सरकार र सामाजिक संस्थाहरूको अत्याचारमा मानिसहरू बिस्तारै खुल्न थाल्दा अनेक समस्या देखिनु स्वाभाविक हो। यसपटक सेक्सका बारे चल्दै आएका भ्रमलाई चिर्दै छन् राजन नेपाल। विवरण : 
.........
केस नं. १ 
यही असारभित्र विवाह बन्धनमा बाँधिन लागेका २७ वर्षीय एक शहरिया र शिक्षित युवक यौन विशेषज्ञकहाँ पुग्छन्। देशविदेश घुमेका उनी धेरै कुरासँग परिचित छन्। तर, उनलाई एउटा कुराले साह्रै नराम्रोसँग पिरोलिरहेको छ। उनी असाध्यै अशान्त छन्, छटपटाइरहेका छन्। सेक्सका बारेमा उनले प्रशस्तै पढेका पनि छन्। उनलाई लाग्छ- उनको लिंग सानो छ। श्रीमतीलाई कसरी सन्तुष्टि दिनेहोला? यही प्रश्नले उनलाई भित्रभित्र खाइरहेको छ। यौन विशेषज्ञले कुनै उपाय सुझाउँछन् कि भन्ने आश छ उनलाई। 
केस नं २ 
भर्भराउँदो जवानी चढिसक्दा पनि चौबिस वर्षीया सीमा (नाम परिवर्तन) का स्तन आलुबखडाका दानाजत्रा छन्। अरूका पुष्ट स्तन देख्दा उनी हीनताबोधले खङ्रङ हुन्छिन्। रातारात भोगटेजत्रो स्तन बनाउने भनी पत्रपत्रिकामा छापिने विज्ञापनमा उनलाई विश्वास छैन। त्यसैले उनी पनि महिला यौन विशेषज्ञकहाँ स्तनको आकार बढाउन सकिन्छ कि भनेर पुगेकी छिन्। विवाहपछि श्रीमान्लाई स्तन सानो भएकै कारण सन्तुष्ट बनाउन सकिँदैन कि, यसकै कारण घरबारै बिग्रन्छ कि भन्ने चिन्ताले सताइरहेको छ उनलाई।
सेक्ससम्बन्धी भ्रम, अन्धविश्वास या कुण्ठाका यस्ता हजारौँ केस छन्। यौन भ्रमको वृक्ष ‰यांगिदै जाँदा मानिसहरू रोगी भइरहेका छन्।

Saturday, June 9, 2012

बिबाहले मानिसलाइ खुसि दिन्छ

काठमाडौ, जेष्ठ २७ - विवाहलाई मानिसहरू एउटा यस्तो लड्डुसूग तुलना गर्छन्, जसलाई खानेहरू पनि पछुताउूछन्, नखानेहरू पनि चुकचुकाइरहेका हुन्छन् । तर वैवाहिक जीवनका फाइदा कम हुूदैनन् । तिनैमध्येको एउटा हो— विवाहित व्यक्तिहरू अविवाहित व्यक्तिको दाूजोमा धेरैधेरै समयसम्म,

यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ



काठमाडौं । श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।