Thursday, April 21, 2016

करोडौ लिएर श्रीमती बेपत्ता भएपछि कानुनी बाटो रोज्दै पीड़ित

प्रकाश पाक्साँवा,
तेह्रथुम, ९ बैशाख: मनभरी सपना बुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ ।

तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला ले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कैसँग भागेपछि उनका सपना चकनाचुर भएको हो ।

रोजगारीको सिलसिलामा १२ वर्ष पहिले साउदी अरब पुगेका दोर्ण बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएका उनकी श्रीमती सिन्धुलीका दिपक भुजेलसँगै भागेको दोर्णले बताए ।

उनले कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी मन्जुलाले बिदेशबाट पठाएको ५० लाख १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपकसँग भागेको मन्जुलाले छोरालाई उनी हराएको केही दिनमा फोन गरेर बताएको दोर्ण बताए ।

घर नजिकैको छथर सुक्रबारे बजार सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भोली मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन ।

२ छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनुको निम्ती दोर्ण अहिले कानुनी बाटो रोज्न जिल्ला अदालतमा मुद्धा दायर गरेका छन । सँगै जिउने सँगै मर्ने बाचा गरेर लगान गाँठोमा बाँधिएका हामी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उहाँ बताउनु हुन्छ मेरा दुई छोराहरुलाई बेपत्ता बनाएर गई म ५ महिनाको लागी यस पटक छुट्टी आएको थिएँ मलाई भाग्यले पनि यति धेरै ठग्यो अहिले गाँउमा रहेका घर बाहेक कुनै सम्पती छैन ।

महिला अधिकारसँगै पुरुषहरुको अधिकारको लागी न्यायिक कानुनको अभाब खड्एिको देखिएको छ अहिले महिला द्धारा पुरुष पिडित भएको प्राय दैनिक घटनाहरु घटि रहेका छन तर पनि महिला अधिकारका नभएको महिला अधिकारकर्मीहरुल् भन्ने गरेको पाईन्छ ।

Wednesday, April 20, 2016

२१ देशमा को को राजदूत सिफारिस गरियो मंत्रीपरिसदवाट ? बिवरण हेरौ

  काठमाडौंः सरकारले विभिन्न २१ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । मंगलाबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशहरुमा राजदूतहरु सिफारिसको निर्णय गरेको हो ।
बैठकले चीन, जापान, ब्राजिल, अस्ट्रेलियासहित २१ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
सरकारको सिफारिसमा राजदूत बन्नेहरुमा तीन पूर्व मन्त्री पनि रहेका छन् । राजदूत हुनेहरुमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे,  पूर्वमन्त्रीद्वय युवराज कार्की र निरञ्जन थापा रहेका छन् ।
पाण्डे चीनका लागि नेपाली राजदूत बन्ने भएका छन् भने कार्की दक्षिण कोरिया र थापा रसियाका लागि नेपाली राजदूत बन्ने भएका छन् ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार गोपाल खनालका अनुसार मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेकामा परराष्ट्र सेवाबाट पनि सातजना परेका छन् ।
परराष्ट सेवाबाट राजदूदका लागि सिफारिसमा भएकामा ताराप्रसाद पोखरेल, रमेश खनाल, झविन्द्र अर्याल, सेवा अधिकारी, लोकबहादुर थापा र दुर्गाबहादुर सुवेदी रहेका छन् ।
          annapurnapost मा खवर लेखिएको छ
 

Monday, April 11, 2016

अनुदानबारे भूकम्प पीडितका ४ अप्ठेरामा यस्ता छन् प्राधिकरणको निर्णय

---एकल यात्री दोलखाको ---
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्ननिर्माणका लागि अनुदान वितरणलाई सजिलो तुल्याएको छ। दोलखाबाट सुरु भएको अनुदान वितरणमा व्यवहारिक कठिनाई देखिएपछि प्राधिकरण सुल्झाउनतर्फ केन्द्रीत भएको हो।

प्राधिकरणको निर्देशक समितिको आइतबार बसेको बैठक अप्ठेराहरुलाई फुकाउँदै अनुदान वितरणका लागि घर निर्माण सम्झौता गर्ने निर्णय गरेको हो। लालपूर्जा नभएका भूकम्प पीडित, घर भत्किए लगत्तै नयाँ संरचना निर्माण गर्नेले अनुदान पाउने कि नपाउने भन्ने अन्यौलता उत्पन्न भएपछि प्राधिकरणले त्यसलाई सुल्झाएको हो।
अप्ठेरो : लालपूर्जा नहुने भूकम्प पीडितले अनुदान पाउने कि नपाउने?

निर्देशक समितिको निर्णय -  २०७२ साल वैशाख १२ अगावै सम्बन्धित मालपोत कार्यालयमा अंशवण्डा कागज पारित गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराइनेछ। तर, अंशवण्डा कागज अड्डाबाट पारित नगरेको भएता पनि २०७२ साल वैशाख १२ गते अगावै मानो छुटिई छुट्टै घर बनाई बसेको रहेछ र केन्द्रीय तथ्यांक विभागद्वारा संकलित तथ्यांकमा परेको र छुट्टिभिन्न भई अलग अलग घर बसोबास गरेको अवस्थामा स्थानीय गाविस/ नगरपालिकाका प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सर्जिमिनको आधारमा शर्त तोकी पुष्टि भएमा त्यस्तो भूकम्प प्रभावित व्यक्तिलाई समेत छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराउने।

अप्ठेरो : निधन भएका वुवा/आमाको नाममा लालपूर्जा छोरा/छोरी भूकम्प पीडित अनुदान के हुन्छ?

निर्देशक समितिको निर्णय - साबिक जग्गाधनीको मृत्यु भइ हकवालामा नामसारी हुन बाँकी रहेको अवस्थामा मृतकको हकवालाहरुको संयुक्त वा निजहरुको मञ्जुरीमा हकवाला मध्ये सम्बन्धित निकायमा मृत्यु दर्ताको प्रमाणपत्र पेश गरी सम्पर्क गर्न आएमा एक जनाको नाममा अनुदान दिन सक्ने।

अप्ठेरो : भत्किए लगत्तै भूकम्प प्रतिरोधी घर बनाउनेले अनुदान पाउने कि नपाउने?

निर्देशक समतिको निर्णय : केन्द्रीय तथ्यांक विभागद्वारा संकलित भूकम्प प्रभावित लगत कार्यक्रम अन्तर्गत संकलन गरिएको तथ्यांकमा नाम समावेश भएका तर अनुदान सम्झौता हुनु अगावै घरधनी स्वयंले घर निर्माण कार्य प्रराम्भ गरिसकेका घरधनी लाभग्राहीको हकमा निर्मित वा निर्माणाधिन उक्त घर तोकेका प्राविधिकहरुले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भएमा अनुदान उपलब्ध गराउन सकिने।

अप्ठेरो : अनुदानबारेका अप्ठेरा र गुनासा सुन्ने कोही भएन?
निर्देशक समतिको निर्णय : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणबारे जानकारी दिन नोटिस बोर्ड सुरु गरेको छ। पैसा नलाग्ने टोल फ्रि १६१८०१४२११४६५ नम्बरमा डायल गरेपछि निजी आवास पुनर्निर्माण अनुदान सम्बन्धी जानकारी पाउन सकिनेछ।
-source ..pahilopost.com

Sunday, April 10, 2016

बैशाख 1 गतेवाट #दर्ता_बिना बिदेशवाट ल्याएको मोबाइल नचळने !


अब चोरीका मोवाइल चल्दैनन्, दूरसञ्चार प्राधिकरणले गर्दैछ नियमन, बैशाख १ गतेबाट नयाँ नियम


काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा अवैध तथा गैह्रकानुनी तवरबाट भित्रिएका मोवाइल फोनलाई व्यवस्थित गर्न बैशाख एक गतेदेखि नयाँ निर्देशिका लागु गर्न लागेको छ।

प्राधिकरणले बैशाखदेखि अनिवार्य रुपमा मोबाइल सेटहरु दर्ता गर्नुपर्ने अर्थात आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्राबधान लागू गर्न लागेको छ। आईएमईआई नम्बरद्धारा आफ्नो फोन सक्कली वा नक्कली हो भनेर थाहा पाउन सकिन्छ।

बजारमा मोवाइल फोन प्रयोगकर्ताले गैरकानुनी तथा ग्रे मार्केटबाट खरिद गरेका मोवाइल सेट छ्याप्छ्याप्ती पाइने गरेका छन्। यस्ता सेट नियन्त्रण गर्न प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो ।

गैरकानुनी तरिकाले ल्याइएको मोबाइल फोन बजारमा छ्याप्छ्याप्ती पाइन्छ । त्यसले मोबाइल ग्राहक तथा कम्पनीहरुलाई पनि समस्या हुन थालेपछि प्राधिकरणले निर्देशिका ल्याएको हो।

अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा प्राधिकरणले मोबाइल ह्याण्डसेटको पहिचान हुनेगरी युनिक आइडेन्टिटी आइएमएआइ/इएसएन/एमइआइडी अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाएको हो।

प्राधिकरणले बैशाखदेखि लागुहुनेगरि नेसनल इक्वीपमेन्ट आइडेन्टिटी रजिष्ट्रीलाई अनिवार्य बनाएको हो। यो व्यवस्था लागुभएसंगै नेपालमा मोवाइल फोन आयात गर्ने आयातकर्ता र सेवा प्रदायकले यो निर्देशिका लागु हुने प्राधिकरणले जनाएको छ।

अबैध तरिकाले नेपालमा भित्रिएका मोबाइल फोन नेपालमा दर्ता नहुने र नेपाली मोबाइल सेवा प्रदायकका नेटवर्कमा सहि रुपमा प्रयोग गर्न पनि कठिन हुने गर्दछन् ।

बैशाख १ गते देखि नयाँ नियम
आगामी बैशाख १ गतेदेखि सबैखाले मोवाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु गर्नेछ। एक गतेबाटै आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ गर्ने काम सुरु हुनेछ।

असोज ३० भित्र प्राधिकरणले मोवाइल ट्रयाकिङको सिस्टमलाई फूल अपरेसनमा लौजाने कार्ययोजना बनाएको छ। त्यसमा सवै किसिमका सेलुलर सिस्टमहरु पर्नेछन्।

कार्तिक १ गतेवाट त्यो सिस्टमलाई पूर्णरुपमा लागु गरिनेछ भने त्यहि मितिदेखि ६ महिनाको लागि यो व्यवस्था लागु गरिनेछ। कार्तिकबाटै आइएमइआई नम्बर झुठोभएका मोवाइललाई व्लक गर्ने काम सुरु हुनेछ।

यी सम्पूर्ण कार्यलाई आगामी साउन एक गतेदेखि दूरसञ्चार सेवामा पूण रुपमा लागु गरिनुका साथै निर्देशिका लागु गरिनेछ।
यो निर्देशिकामा मोवाइल आयात गर्ने, वितरण गर्ने र प्रयोग गर्नेले आइएमइआई नभएका मोवाइल सेटलाई नियमनमा ल्याउने जनाएको छ।

विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध?

यदि तपाईलाई कसैले बैशाख १ गतेपछि विदेशबाट मोवाइल ल्याइदियो भने त्यो फोन तपाईले नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोवाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइको मोवाइल व्लक हुन सक्छ। तर तपाईले नेपालमा मोवाइल बेच्ने आधिकारीक कम्पनीवाट मोवाइल खरिद गर्नुभयो भने केहि गर्नु पर्दैन कम्पनी आफैंले दर्ता गरिदिन्छ।

'२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्' नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने 'आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।'

तपाईको मोवाइल हरायो भने के गर्ने
यदि तपाइको मोवाइल हरायो भने तपाइले अब नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गरेर एउटा निवेदन दिनुपर्ने हुन्छ। त्यसमा तपाइले हराएको मोवाइलको विवरण भर्नुपर्ने हुन्छ।

निवेदनमा हराएको मिति, हराएको स्थान, आएएमइआइ नम्बर, मोवाइल नम्बर, तपाईको नाम, नगरिकता वा व्यक्तिगत नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना  र नागरिकताको प्रतिलिपि राखि दस्तखत गर्नुपर्नेछ। यी सवै प्रक्रिया पुर्याएपछि तपाईको मोवाइल सेट ट्रयाक हुनेछ वा ब्लक हुनेछ।
- Source ....bizmandu.com

Wednesday, March 30, 2016

नेपालमा अब ट्राफिकको आँखा छळ्न नसकिने

30 March, 2016
आँखा छलेर नियम मिच्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ ।ट्राफिकको आँखा छलेर ट्राफिक नियम भिच्ने बानी परेकाहरुलाई ट्राफिक प्रहरीको आँखाले नदेखे पनि क्यामेराले भने निगरानी गरिरहेको हुन्छ । किनभने शरीरमा एक्सन क्यामेरा भिरेर बुधबारदेखि ट्राफिक प्रहरी सडक चेकिङमा निस्कदैछन् ।
चालकको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाही गरिने छ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए ।क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन् ।
‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनाए । ‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’उनले भने,’अफिस जाने र र्फकने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो र भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको बताए ।आजको नयाँ पत्रिकामा समाचार छ ।

Monday, August 10, 2015

सुर्खेतमा कर्फ्यू तोडियो १ जना प्रहरिको गोलिले मृत अन्य घाइते भिडियो

नेपालको सुदूरपश्चिमी सिमाक्षेत्रमा ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का


२०७२ साउन २५ सोमबार
एजेन्सी : सोमबार दिउँसो नेपालको सुदूरपश्चिमी सिमाक्षेत्र तथा भारतीय राजधानी दिल्ली आसपासमा भूकम्पको कडा धक्का महसुस भएको छ ।

सोमबार दिउँसो ३ बजेर ४८ मिनेटमा भारतको राजधानी दिल्ली, पञ्जावसहित उत्तर भारतमा ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको झट्कापछि मानिसहरु अत्तालिँदै सडक र खाली चौरमा निस्केका छन् ।


यो भूकम्पको धक्का हिमाञ्चल प्रदेश, हरियाणा, पंजाब र श्रीनगरसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार भूकम्प ६.२ म्याग्निच्यूडको थियो । यो भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दकुशमा रहेको बताइएको छ ।
 copied ....annapurna post 

Saturday, June 20, 2015

भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा


भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्षाफलमा ४७ प्रतिशत भन्दा बढी विद्यार्थी उतीर्ण भए। परिक्षाफलमा नीजि विद्यालयहरुको नै दवदवा रह्यो। सामुदायिक विद्यालयको परिक्षा तुलनात्मक रुपमा कमजोर नै रह्यो। यद्यपी ग्रामिण भेगका विद्यालयहरुले नै पनि नतिजा राम्रै निकालेका छन्।

भुकम्पले प्रभावित जिल्ला गोरखा मसेल ५ को श्री बिन्द्रावती माविका विद्यार्थीहरुले पनि राम्रै नतिजा ल्याए। मसेल ५ गोर्खाकी इन्दिरा बगालेले विदयालयको अहिलेसम्मकै ८२.५% अंक ल्याएर रेकर्ड राखिन। उनले ल्याएको नतिजा अहिलेसम्मकै राम्रो र उत्कृष्ट भएपनि त्यो सुन्न र त्यसको खुसी साट्न उनी यस संसारमै थिइनन। स्थानिय विश्व भट्टले भने ‘बिडम्बना आज उनको खुसीले आफन्तलाई झन पिडा थपेको छ।’

बैशाख १२ गतेको महाभुकम्पमा परि जीवन गुमाएकी इन्दिराको नतिजाले झन स्थानियहरुलाई अझ घाउमा नुनचुक छरेको जस्तो भएको छ। आफ्नो गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीको सफलताको र खुसीको पल साट्न नपाउँदा स्थानिय अभिभावक र विद्यार्थीहरु आज झन शोकमा परेको भट्टले बताए।

साभार hamrokura.com

Tuesday, November 11, 2014

अ्रालोक नेवाङले अात्मा हत्या गरेका होइनन्

केहीदिन अगाडि एप्पल कम्पनीका सीईओ टीम कुकले आफू ‘गे’ भएकोमा गर्व गरेको अभिव्यक्ति दिदै आफ्नो ‘सेक्सुवालिटी’ सार्वजनिक गरे। यसका बारेमा विभिन्न तर्क वितर्कहरु भइरहेका छन्। पछिल्लो चरणमा चर्चित ब्याण्ड ‘वान डिरेक्सन’ का गायक लुइस टोमिल्सनले ‘इन्द्रेणी’ रंगको एप्पलको लोगो भएको टिसर्ट लगाउदै टिम कुकको शाहसको समर्थन गरेको प्रसंग पनि निकै चर्चित बनिरहेको छ। यही सेरोफेरोमा नेपालमा भने एकजना सेलिब्रेटीको आत्महत्याको प्रसंगले विभिन्न खाले बहसहरु सृजना भइरहेका छन्।
४२ वर्षीय नेपाली सेलिब्रेटी आलोक नेम्बाङले केहीदिन अगाडि आत्महत्या गरे। उनको आत्महत्याको कारण

Monday, October 20, 2014

मेरो छोरिसँग किन लभ गरिस ? भन्दै रूखमा बाँधेर खुट्टामा काँटी ठोकियो ।

किन लभ गरेको भन्दै रूखमा बाँधेर किला ठोकियो
मनोहर पोखरेल |
२०७१ कार्तिक २ आईतवार

राजविराज : सप्तरीको देउरीभरु वा गाविसका वीरेन्द्र यादवसहित उनका परिवारका सदस्यहरूले एक युवकलाई रूखमा हातखुट्टा बाँधी खुट्टामा किला ठोकेर यातना दिएका छन्।

छोरीसँग प्रेम गरेको रिसमा आरोपितहरूले फर्सेठ गाविस ९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवको कपाल

नेपाल प्रहरीको अर्को कर्तुत ,,,,,

नक्कली नोट बेच्ने गिरोहको नाइके नै प्रहरी हबलदार
मनिका झा |
२०७१ कार्तिक २ आईतवार

जनकपुरधाम : नक्कली नोट बेच्ने  गिरोहको नाइके नै प्रहरी  हबलदार नै रहेको खुलासा भएको छ। नेपाली रु पैयाँको नक्कली नोट बेच्ने कार्यमा संलग्न भएको आरोपमा धनुषा प्रहरीले एक प्रहरी हबलदारसहित चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुर अञ्चल प्रहरी कार्यालयका हबलदार ३५ वर्षीय सञ्जय झा र सोही कार्यालयमा कार्यरत

Tuesday, April 15, 2014

अब यसरी एमआरपी (मेशीन रिडेवल राहदानी) का लागि निवेदन दिनुस् है .....


पुरानो अर्थात हस्तलिखित राहदानी २४ नोभेम्बर २०१५ सम्मका लागि मात्र काम लाग्नेछ । निवेदन दिएपछि २ महिनादेखि ६-७ महिनाको समयावधिमा मात्र तपाईको राहदानी हात पर्दछ । हस्तलिखित राहदानीको सट्टा सबैले मेशिन रिडेवल राहदानी बनाउनु पर्दछ ।  

मेशिन रिडेवल राहदानी भनेको यस्तो यात्रा अनुमतिपत्र हो जसको पहिचान राहदानी पृष्ठमा भएका विवरणहरु यन्त्रबाट पढ्न सकिने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड अनुरुपको राहदानी हो। एमआरपी अन्तर्राष्ट्रिय स्तरको राहदानी सुरक्षण विधिअनुरुप जारी भएको हो। यस राहदानीमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने खालका सुरक्षण चिन्हहरु प्रयोग गरीएका छन।

एमआरपी सुरक्षाको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको

Monday, March 3, 2014

दिलशोभाका नाममा .........

यौन दुराचारको आरोप झेलिरहेकी दिलशोभाको फोन रेकर्डमा उल्लेख गरिएको मन्दिरअगाडि पुगेर म उभिएँ । कालिमाटीको व्यस्त सडक छेवैमा रहेको गणेश मन्दिरछेउ म जिन्सपाइन्ट र नर्थफेसको कालो ज्याकेटमा थिएँ । तर मलाई कसैले बोलाएन न कोही लिन नै आए । शनिबारको सिमसिमे झरीले रुझाउन थालेपछि कथित आरोपले छटपटाइरहेकी दिलशोभालाई सम्झदै ब्लक छापेको गल्लीभित्र छिरेँ । फोन रेकर्डअनुसार यही गल्लीबाट बाहिर उभिएकी महिलालाई लिन कोही आउनुपथ्र्यो, तर यहाँ कोही आएनन् । मन्दिरको ठ्याक्कै पछाडि घरको भुइँतलाको कोठामा पुग्दा खाटमा पल्टिरहेकी एउटी वृद्धा देखिइन् । धुम्म परेको दिन झनै लोडसेडिङले गर्दा कोठा मधुरो थियो । अनुहार चाउरी परेकी, निकै दुब्ली अँध्यारामा पनि निकै गोरी देखिन्थिन् । उनी मसँगैको सोफामा बसिन् र मेरा दुवै हात च्याप्प समाइन्, 'लौ बाबु, दिलशोभा नानीलाई जोगाउनुपर्‍यो, मेरो कारणले उनको जिन्दगी नै खेर जाने भयो, उनले जीवनभरि गरेका पुण्यजति सबै बालुवामा पानी हालेजस्तै भए ।' उनका

Wednesday, December 18, 2013

एसएलसीमा ७३ जिल्लाका होम सेन्टर हटाइने

रमेश गिरी/उज्यालो । भक्तपुर, पुस ३ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसवर्षको एसएलसी (प्रवेशिका) परीक्षामा होम सेन्टर हटाउने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिदै गतवर्षसम्म ६२ जिल्लाबाट हटाईएको होम सेन्टर

यस्तो बन्दैछ चक्रपथ ...............

काठमाडौ, पुस ३ - तीव्र गतिमा सवारी चलाउन मिल्ने दायाँ-बायाँ दुई-दुई लेन । त्यसको दायाँ-बायाँ ७/७ मिटर चौडाइको दुई-दुई लेनको सर्भिस ट्रयाक । सडकको दुवैपट्टि साइकल लेन र फुटपाथ । यस्तो आठ लेनको सडक कुनै विकसित मुलुकको होइन । राजधानीमा चीनको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको

Monday, December 16, 2013

आजदेखि काठमाडौं महानगरमा पार्किङ निःशुल्क

नविन अर्याल

१ पुस, काठमाडौं । के तपाई काठमाडौं महानगरभित्र सवारी पार्किङ गर्दा शुल्क तिर्दै त हुनुहुन्न । अबदेखि महानगरभित्र सवारी पार्किङ गर्दा शुःल्क तिर्नुपर्दैन । काठमाडौं महानगरापलीकाले महानगरभित्रका सार्वजनिक स्थानहरुमा पुस १ गतेदेखि लागु हुने गरी सवारी पार्किङ निःशुल्क बनाएको छ ।
Parkingमहानगरपालीकाले नयाँ बानेश्वर, प्युखा, खिचापोखरी, कालीमाटी लगायतका ७३ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गर्न लागेको हो । यी स्थानहरुमा औपचारिक र अनौपचारिक रुपमा दुई पाँग्रो र चार पाँग्रे सवारी पार्किङ हुँदै आएका छन् । स्थानीय स्वयत्त शासन ऐन ०५५ र नियमावली ०५६ का प्रावधानअनुरुप महानगरपालीकाले पार्किङ शुल्क लिएर सवारी व्यवस्थापन गर्दै आएको थियो । उक्त व्यवस्था असार मसान्तमा सकिएपछि अब निःशुल्क पार्किङ बनाइएको महानगरको भनाई छ ।
महानगरपालीकाले फागुन महिनामा काठमाडौंका ७३ स्थानमा खुला प्रतिस्पर्धाबाट पार्किङका लागि बोलपत्र आहृवान गरेकोमा पार्किङ ठेकेदारहरुले महानगरको कदम न्याससंगत नभएको भन्दै वैशाखमा सर्वोच्च र पुनरावेदन

Wednesday, December 11, 2013

साझा वसमा जो पनि चढ्द छ होइन साझा वसले जे पनि गर्द छ ,,,,,

साझा बसमा पनि सुरु भयो मनपरी

मिलन तिमिल्सिना/उज्यालो ।
काठमाडौं, मंसिर २६ – उखान नै छ, नेपालको कानुन, दैवले जानुन् । नियम, कानुन भएपनि पालना गर्नेभन्दा उल्लंघन गर्ने धेरै भएपछि यो उखान बेलाबेला प्रयोग भैरहन्छ । यस्तै उखान अहिले साझा बससँग पनि ठ्याक्कै मेल खान पुगेको छ ।
बैशाखदेखि काठमाडौंमा सञ्चालन भएको साझा यातायातले पुरानो झल्कोसँगै केही नयाँ नियम पनि ल्यायो ।
‘सबैको साझा’ भन्ने मान्यतालाई यसले स्थापित गर्‍यो । काठमाडौंमा हरियो रंगको बस चल्न थालेपछि

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।