Monday, April 18, 2016

चरिकोटमा आजबाट सप्ताह सुरु

बैशाख ६÷उषा तामाङ
दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञ सुरु भएको छ । सप्ताहको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले उद्घाटन गर्नुभयो । रेडियो कान्तिपुरका धार्मीक कार्यक्रम सञ्चालक एवम् प्राध्यापक जर्नादन घिमीरेले दोलखामा अवस्थित मठ मन्दिर र तामाकोशी, चर्णावति नदिका बारेमा जानकारी गराउनुभयो । सप्ताह बिनाशकारी भुकम्पका कारण मृत्युवरण गर्न पुगेकाको आत्माको चिरशान्ति एवम् वैकुण्ठमा बास होस भन्ने कामना सहित, संकलित दान दक्षिणाबाट कोटि होममा क्रिया पुत्री भवन निर्माण गर्ने उद्धेश्यका साथ सुरु भएको सप्ताह १२ गते सम्म चल्ने छ । सप्ताहमा सम्राट पण्डित भीमकान्त पन्थि र पण्डित जयराम अधिकारीको मुखारबृन्दबाट कथा वाचन भइरहेको छ ।
सप्ताह सुरु हुनु अघि ब्रह्मा कुमारी राजयोग दोलखा र दोलखाबासीको सहयोगमा बाजा गाजा सहित एक सय आठ कलश यात्रा गरी बजार परिक्रमा गरिएको थियो ।
विश्व हिन्दु महासंघ दोलखा र शक्ति सेवा समाज स्वयम्भु काठमाडौको संयुक्त आयोजनामा सुरु भएको सप्ताह उद्घाटन समारोहमा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले, समाजसेवी ऋषि प्रसाद न्यौपाने, विश्व हिन्दु महासंघ दोलखाका अध्यक्ष एव्म महायज्ञका संयोजक शिव केसी लगाएतले मन्तव्य व्यक्त गर्नुभयो ।
 खवर kaakinchowkfm को पेजवाट साभार गरिएको हो 
-

जफेमा मिनिट्रक सडकबाट खस्दा तिन घाइते

बैशाख ६÷उषा तामाङ
दोलखाको जफे गाविस वडा नम्बर ७ डुँडे नजीकै गुडिरहेको मिनिट्रक सडकबाट खस्दा तिन जना घाइते भएका छन् । बालुवा लिनका लागी रामेछापबाट दोलखाको ढोली खोला तर्फ आइरहेको बा ३ ख ३६० नम्बरको मिनिट्रक खस्दा रामेछाप जिल्ला डढुवा गाविस वडा नम्बर ७ बस्ने २६ वर्षिया राजकुमार लामा, सोहि गाविस वडा नम्बर ९ बस्ने १९ वर्षिया घ्याम्जु लामा र दोरम्बा ९ बस्ने १९ वर्षिया उमेश श्रेष्ठ घाइते हुनु भएको हो । घाइतेहरुलाई थप उपचारका लागी रामेछाप स्थित मन्थलीमा पठाइएको दोलखाका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले जानकारी दिनुभयो । मिनिट्रक आज दिउँसो करिव साँँढे एक बजे डँुडे नजिकैको घुम्तीबाट अनियन्त्रीत भइ खसेको हो ।
खवर -kalinchokfm को पेजवाट साभार 

दोलखामा सय मेगावाट विद्युत् थपिँदै

रबिन्द्र  गौतम
वैशाख ५, दोलखा । साना तथा मझौला गरी ७ वर्षभित्र दोलखाबाट थप १ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । विद्युत् विकास विभागका अनुसार १५ साना तथा मझौला जलविद्युत् आयोजनाद्वारा ७ वर्षपछि दोलखाबाट उक्त परिमाणको विद्युत् उत्पादन हुने भएको हो । यसअघि ५ ओटा जलविद्युत् आयोजनाबाट ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित ५ सय ६५ मेगावाट उत्पादन गर्ने गरी ७ ओटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।

१५ ओटा आयोजनामार्फत १ सय दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्न विभागले सर्भे इजाजतसमेत जारी गरिसकेको छ । सर्भे इजाजत प्राप्त सबैभन्दा कम जिल्लाको मालीस्थित १ सय ४० किलोवाट क्षमताको यलुङखोलादेखि सबैभन्दा ठूलो लामाबगर गाविस चिनियाँ सीमास्थित ६२ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना रहेको विभागको भनाइ छ ।

साना जलविद्युत् आयोजनामा गोपी विनायक हाइड्रोपावर प्रोजेक्टद्वारा नाम्दु र भीरकोट गाविसको सीमावर्ती गोपीखोलाबाट ९ सय ९६ किलोबाट, हेमराज गुभाजुद्वारा मालीस्थित यलुङखोलाबाट १ सय ४० किलोवाट, हिमाल पावर लिमिटेडद्वारा झाँक्रेखोलाबाट ६ सय ३५ किलोवाट, सास्कन प्रालिद्वारा गुमुखोलाबाट १ मेगावाट, नीलगङ्गा हाइड्रोपावरद्वारा घ्याङखोलाबाट १ मेगावाट, ग्लोबल हाइड्रोपावर एशोसिएटेडद्वारा अपरखिम्ती खोलाबाट १ मेगावाट, दीपककुमार बुढाथोकीद्वारा अँधेरीखोलाबाट ८ सय किलोवाट, ग्लो टेक सोलुशनद्वारा तामाकोशी नदीको भेड्पु खण्डमा ओपन रिभर टाइप टर्बाइनमार्फत ६ सय किलोवाट र गरीबी निवारण विद्युत् निर्माण कम्पनीद्वारा मार्बुको घट्टेखोलाबाट १ मेगावाट विद्युत् उत्पादनका लागि सर्भे इजाजत जारी गरिएको विभागले बताएको छ ।

मझौला जलविद्युत् आयोजनामा इञ्जिन कन्सल्टेन्सीद्वारा मार्बु गाविसको तल्लो खानीखोलाबाट ९ मेगावाट, मकर जितुमाया हाइड्रोपावरद्वारा चङ्खु र सुरी गाविसको सीमा माथिल्लो सुरीखोलाबाट ७ मेगावाट, नेपाल हाइड्रो डेभलपरद्वारा तल्लो चर्नावती खोलाबाट ६ दशमलव ४ मेगावाट, सावित्री श्रेष्ठद्वारा बिगु गाविसको पेगुखोलाबाट ४ दशमलव ३५ मेगावाट, सञ्जय श्रेष्ठद्वारा आलम्पु तथा बिगु गाविसको सीमा माथिल्लो साँघुखोलाबाट ४ दशमलव ७ सय ४० मेगावाट र मध्यम जलविद्युत् आयोजनामा सानिमा हाइड्रोपावरद्वारा लामाबगर गाविसको चिनियाँ सीमास्थित  जुमखोलाबाट ६२ मेगावाट विद्युत् उत्पादनको सर्भे इजाजत जारी गरिएको विभागको भनाइ छ ।
आर्थिक अभियानवाट साभार 

Sunday, April 10, 2016

दोलखामा उभिइरहेछ 'मल्लकालीन घर'

आइतबार २८ चैत्र, २०७२
रमेश खतिवडा
ऐतिहासिक दोलखा बजारमा रहेको ३ सय ३८ बर्ष पुरानो घर। ऐतिहासिक दोलखा बजारमा रहेको ३ सय ३८ बर्ष पुरानो घर।
दोलखा- ऐतिहासिक दोलखा सहरको प्रवेशविन्दु पाखलतीबाट ढुंगा बिच्छ्याइएको फराकिलो बाटो पार गरेपछि स्वयम्भूथान पुगिन्छ। त्यहाँबाट भीमेश्वर मन्दिरतर्फ मोडिने गल्ली। गल्लीबाट मन्दिर पुग्ने पहिलो सिँढी उक्लनेबित्तिकै आँखैमा ठोक्किन्छ, एउटा ठूलो घर।

Friday, April 1, 2016

आइतवारवाट 2 लाख वितरण हुने

१९ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षभित्र भूकम्पले भत्काएका सबै घर बनाइसक्ने योजना अघि सारेको जानकारी दिएको छ । “३ वर्षभित्रमा सबैले घर बनाइसकुन् भन्ने चाहेका छौँ”, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बुधबार बाह्रखरीसँग भने, “त्यहीअनुसार गृहकार्य पनि गरेका छौँ ।”

योजनाअनुसार काम पनि सुरु भइसकेको जानकारी प्राधिकरणले दिएको छ । प्रवक्ता थपलियाका अनुसार प्राधिकरणले आइतबारबाट भूकम्प प्रभावित १० जिल्लाका १० गाविसमा जनतालाई घर निर्माणका लागि दिने भनिएको प्रतिघर दुई लाख रुपैयाँको सम्झौता प्रक्रिया अघि बढाउनेछ । “अनुदान सम्झौताको काम सुरु गरेका छौं,” थपलियाले बाह्रखरीसँग भने, “चैत २१ गतेबाट भूकम्प प्रभावित १० जिल्लाका १० गाविसबाट अनुदान वितरण कार्यक्रम सुरु गर्दैछौं ।”

जनता आफैंले घर बनाउने हुँदा लक्ष्यभन्दा अघि नै बन्न सक्ने सम्भावना पनि उनले प्रकट गरे । “प्राधिकरणले घर बनाइदिने होइन”, उनले भने “जनता आफैँले बनाउने हो । हामीले उहाँहरूलाई रकम सहयोग गर्छौं, ज्ञान र सीप दिन्छौं ।” घर सुरक्षित होस् भन्नका लागि प्राधिकरणले निरन्तर अनुगमन गर्ने पनि उनले बताए ।

प्राधिकरणले गोरखाको हंसपुर, धादिङको खानीखोला, ओखलढुंगाको अँधेरी नारायण, काभ्रेको धोपीओपी, नुवाकोटको खरानीटार, रामेछापको ओख्रने, सिन्धुपाल्चोकको स्याउले, सिन्धुलीको झाँगाझोली, मकवानपुरको पालुङ र रसुवाको धुन्चेबाट पहिलो चरणमा अनुदान वितरण सुरु गर्न लागेको हो । प्राधिकरणले पुनर्निर्माणसँग सम्बन्धित कामका लागि विभिन्न मन्त्रालयमा ४ अर्ब रुपैयाँ पठाइसकेको छ ।

पीडितले २ लाख कसरी पाउँछन् ?

प्राधिकरणले अनुदान वितरणको लागि कार्यविधि पनि बनाएको छ । कार्यविधिअनुसार पीडितले सबैभन्दा पहिले गाविस सचिवलाई भेट्नुपर्ने हुन्छ ।
पहिले बनाएको तथ्यांकमा गैरपीडितको संख्या बढी भएकाले प्राधिकरणले भत्केका घरसहित पहिचानको डिजिटल प्रणाली अपनाएको छ । त्यसैले पीडित छुट्ने सम्भावना निकै कम रहेको प्राधिकरणको दाबी छ ।

गाविस सचिवले भूकम्प प्रभावित तथा लाभग्राहीको सूची प्रकाशन गर्नेछ । त्यस्तो सूची प्रकाशन गरेपछि गाविस सचिवले नै प्रत्येक वडामा कहिले सम्झौता गर्ने भन्ने विषयमा स्पष्ट जानकारी गराउनुपर्नेछ ।

त्यसबेला पीडितले सर्भे भएको निस्सा, जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपी साथमा लैजानुपर्नेछ ।

“सबै कागजात पुगेको र लाभग्राहीको सूचीमा नाम भएमा त्यसैबेला सम्झौता हुन्छ,” प्रवक्ता थपलियाले जानकारी दिँदै भने, “सूचीमा नाम छुटेको भए गुनासो प्रणालीमार्फत् आउन सकिन्छ ।”

त्यसका लागि प्राधिकरणले गाविस र क्षेत्रमा गुनासा सुन्ने केन्द्र बनाएको छ । सम्झौता भएको एक साताभित्रै लाभग्राहीले तोकिएको बैंकमा खाता खोल्नुपर्नेछ ।
सम्झौता पत्रमा केही सर्तहरू उल्लेख गरिएका हुनेछन् । ती सर्तको पालना भएपछि पहिलो किस्तामा लाभग्राहीको खातामा ५० हजार रुपैँया जम्मा हुनेछ ।

दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार रकम उपलब्ध गराइउनेछ ।
दुई लाखले घर नबने के गर्ने ?

बनाउँदा बनाउँदै दुई लाखले घर नबन्ने भएमा सामूहिक जमानीमा बैंकले ३ लाखसम्म कर्जा उपलब्ध गराउनेछ । गाउँका घरलाई पनि सामूहिक जमानीमा ३ लाखसम्म कर्जा उपलब्ध गराउन राष्ट्रबैंकले बैंकहरूलाई निर्देशन दिइसकेको छ । तर त्यो तीन लाख रुपैयाँ लिनेले सहुलियत ब्याजमा १५ लाख रुपैयाँ ऋण भने लिन पाउने छैनन् ।

घर बनाउँदा पुरानो घरका जस्ता, ढुंगामाटो प्रयोग गर्न सकिनेछ ।
प्राधिकरणले दिएको रकमबाहेक पीडित घर धनीले घरका पुराना जस्तापाता र ढुंगा माटो प्रयोग गर्न सक्ने प्राधिकरणका अधिकारीले बताए ।

पीडित आफैँले घर बनाए पनि दुईलाख पाउन सक्ने

प्राधिकरणका प्रवक्ता थपलियाका अनुसार सरकारको सहयोग नपर्खी भूकम्मपीडितले आफैँंले घर बनाएका भए घरको प्राविधिक मूल्याङ्कन गरेपछि प्राधिकरणले दुई लाख रुपैयाँ अनुदान दिनसक्छ । तर त्यस्ता घर भूकम्प प्रतिरोधी हुनुपर्नेछ । “हाम्रो उद्देश्य भूकम्प प्रतिरोधी घर बनाउने हो,” उनले भने, “लाभग्राही सूचीमा नाम पनि छ । घर पनि भूकम्प प्रतिरोधी बनाइसक्नुभएको छ भने उहाँले बनाएको डिजाइन र गुणस्तर मापदण्डअनुसार छ भनेर प्राविधिकले सिफारिस गरे प्राधिकरणले त्यसबेला सोच्नेछ । उहाँहरू गुनासो प्रणालीमार्फत हामीकहाँ आउनुपर्नेछ ।”

थपलियाले सरकारलाई सहयोग गर्नेलाई सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखे । “सबै मान्नुपर्ने कुरा मानेर भूकम्प प्रतिरोधी घर बनाउनुभएको भए त्यो उहाँहरूले राष्ट्रका लागि गरेको सहयोग हो,” उनले भने, “राष्ट्रले पनि उहाँहरूका बारेमा सोच्नुपर्छ ।”
source

Ghumphir.com

Tuesday, December 9, 2014

स्वीजरल्याण्डका पहाड भन्दा के कम छ 'कालिन्चोक'




यी प्रतिनिधि तस्वीरहरू स्वीजरल्याण्डको कुनै पहाडका होइनन् । यी तस्वीरहरू त दोलखाको कालिञ्चोक गाविसमा रहेको कालिञ्चोक भगवती मन्दिरपरिसरबाट कैद गरिएका हुन, जसले हाम्रो देशको प्राकृतिक वैभवतालाई प्रर्दशित गर्छन् । चैतको १० गते हामी दोलखाको कालिञ्चोक भगवती मन्दिर पुग्दा त्यहाँबाटै कैद गरिएका तस्वीरहरू आफै बोल्छन्, ‘ए मान्छेहरू हो, हामी तिमीहरूलाई यतिधेरै सुन्दरता पस्केका छौं, तर हामीलाई उपयोग गर्न तिमीहरु किन अक्षम बनेको रु’ मध्य चैत लाग्दासमेत कालिञ्चोकक्षेत्रमा यतिबेला हिउँ छ र यही हिउँले कालिञ्चोकको

Sunday, November 23, 2014

दोलखामा मंसिर ११ बाट तथ्यङ्क संकलन सुरू

माथिल्लो तामाकोशी जलविद्युत आयोजना :
मंसिर ११ देखि स्थानीयको तथ्याङ्क संकलन

कारोबर सम्बाददाता
दिलबहादुर केसी-दोलखा, ६ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर लगानीका लागि मंसिर ११ बाट तथ्याङ्क संकलन सुरु हुने भएको छ । सेयर लगानीका लागि जिल्लाभरका नागरिकको स्पष्ट

दोलखाकि खडका ललितपुर इमाडोलको किस्ट हस्पिटलको सैाचालयबाट खसेर ठहरै


काठमाडौं, मंसिर ६ - ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालको शौचालयबाट खसेर बिरामीको मृत्यु भएको छ ।
शनिबार बिहान ६ शौच गर्न गएकी दोलखा निवासी ८१ वर्षीया ललितमाया खड्काको एक तलामाथि रहेको शौचालयबाट खसेकी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरेका छन् ।
साभार,,,,,,,,,,,कान्तिपुर

Friday, October 24, 2014

भीमेश्वर मन्दिरका घन्ट र त्रिशुल कबाडीमा बेचिएपछि समिति र स्थानीयबीच विवाद

बिहीबार ६ कार्तिक, २०७१
रमेश खतिवडा
दोलखा— प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा भक्तजनले चढाएका वर्षौं पुराना घन्ट र त्रिशूल मन्दिर व्यवस्थापन समितिले नियमविपरीत कबाडीमा बेचेपछि समिति र स्थानीयबीच विवाद बढेको छ।

श्रद्धापूर्वक चढाइएका तामा, पित्तल र फलामका त्रिशूल र घन्ट एक महिनाअघि पूजा तथा व्यवस्थापन

Wednesday, June 11, 2014

रामेछापमा ८ महिनाको गर्भ बोकेकि छोरि बिबाह गरिदिदा ,,,,,,,

संजिव दाहाल ,२७ जेठ ।
विवाह गरेको वीस दिनमै घरपक्षले बुहारी फिर्ता गर्नुमा तपाईलाई लाग्न सक्छ दाईजो, घरझगडा र केटाकेटीबीचमा मनमुटाव । तर सुन्दा पनि आश्चार्य लाग्न सक्छ । आठ महिनाकी गर्भवती केटीको विवाह गरिदिएपछि रातारात बेहुली फिर्ता गरिदिका छन् ।
रामेछाप जिल्ला बेथान– ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह

Tuesday, June 10, 2014

सिंगटी खोला जलविद्युत आयोजनाको काम सुरु

दिलबहादुर केसी-दोलखा २६ जेठ । 
नेपाल विद्युत प्राधिकरणले लामो प्रतिक्षापछि विद्युत खरिद सम्झौता(पीपीए) गरेपछि सिंगटी खोला जलविद्युत आयोजनाको काम सुरु भएको छ । सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा “सुपर ६” आयोजना अन्र्तगत पर्छ ।
 
आयोजनाको स्थलगत रुपमा जग्गा खरिद पूर्वाधार पूर्वाधार तयारीको काम गरिरहेको छ । आयोजनाका प्रबद्र्धक कम्पनी सिंगटी हाइड्रो इनर्जी प्रालिका निर्देशक काजी शेर्पाले जग्गा खरिदको काम भई रहेको

Monday, January 27, 2014

तामाकोसी आयोजनाले बस्तीको मुहार फेर्दै

लामाबगर (दोलखा), माघ १२ - तिब्बती सीमा क्षेत्र लामाबगर गाविसका पूर्वअध्यक्ष आगा शेर्पा वैदेशिक रोजगार त्यागेर पुनः घरगाउँमा बस्न थालेका छन् ।
अध्यक्षको कार्यकाल सकिएपछि बेकामी भएर परदेशिएका उनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएपछि घर फिरेका हुन् । ४ सय ५६ मेगावाट जडित क्षमताको नेपालको हालसम्मकै ठूलो आयोजनाको चहलपहलसँगै उनले घरमै बसेर व्यवसाय र राजनीति दुवैलाई अघि बढाएका छन् । आयोजनाले ५६ प्रतिशत लक्ष्य हासिल गरेको सार्वजनिक भएसँगै आँगाले भने, 'दुर्गम लामाबगरमा आयोजनाले सडक, सञ्चार, स्वास्थ्य सेवाजस्ता विकासलाई सँगसँगै तानिरहेको छ ।'
दुई दिन जोखिम पदयात्राबाट सदमुरकाम चरिकोट पुग्नुपर्ने बाध्यता सकिएसँगै घर फिरेका पेम्बाछिरिङ शेर्पा पनि समाजसेवा र व्यापारमा जमेका छन् । आयोजनाको पेरीफेरीमा सञ्चालित होटल र खुद्रा पसलमा व्यस्त 'मिजार' भनेर चिनिने उनी द्वन्द्वकालकै बेला रोजगारीका लागि विदेश पलायन भएका थिए । गाउँका अगुवा

Sunday, December 22, 2013

भिमेस्वर सम्म उल्टो ट्याक्सि पुग्यो

शम्भु गौतम। दोलखा, ६ पुस। मुलुकमा संकट टरोस भन्ने कामना गर्दै पशुपतिनाथको जल दोलखा भीमेश्वरमा चढाउन एक ट्याक्सी चालकले काठमाडौँदेखि चरिकोटसम्मको उल्टो  सवारी यात्रा पूरा गरेका छन्।

शुक्रवार विहान करिब ७ बजे काठमाडौँ पशुपतिनाथबाट सुरु गरेको उल्टो यात्रा आज विहान करिब ९ बजे चरिकोटमा आइपुगेर पूरा गरेका हुन्। दोलखा भीमेश्वरलाई पसिना आएपछि मुलुकमा कुनै विपत्ति आइपर्ने

दोलखामा अप्पर तामाकोसीको गाडी तोडफोड


कारोबर सम्बाददाता
दोलखा, ७ पुस- माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एक गाडिमा अज्ञात समूहले तोडफोड गरेको छ । लामाबगरमा कार्यालय अगाडी पार्किङ गरी राखेको बा९च ९३६७ नं. को हाइलेक्समा शनिबार राती तोडफोड भएको छ ।
तोडफोडबाट गाडिको अगाडीको र चालक साइडको सिसामा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । गाडि तोडफोडमा प्रयोग भएको एउटा चिरुवा दाउरा समेत फेला परेको आयोजनाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलका डिएसपी दलबहादुर श्रेष्ठले जानकारी दिए ।
गाडि तोडफोडमा संगल्नहरुको प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीको अनुसन्धानमा सशस्त्रले समेत सहयोग गरिरहेको उनले   copied by  karobardaily 

Saturday, December 21, 2013

दोलखाको जिरी : विदेशीले गुण्टा उठाएपछि

राजधानीबाट पूर्वोत्तर १ सय ८८ किलोमिटर टाढा रहेको एउटा सुन्दर, सानो शहर हो दोलखाको जिरी । यहाँको भौगालिक अवस्था स्वीटजरल्याण्डको ज्युरिचसँग मिल्दोजुल्छ छ भनिन्छ । त्यसैले त्यसलाई स्वीसहरु नेपाली ज्युरिच भन्छन् । जिरेलहरुको घना बस्ती रहेको जिरी प्राकृतिक सौन्दर्यले चिटिक्कै सिँगारिएको छ भने जातीय सदभाव र पर्यटकीय अवस्थाले सुन्दर छ । त्यहाँ रहेको सानो विमानस्थल र सगरमाथाको आधार शिविर जाने बाटोको कारणले पनि जिरी महत्वपूर्ण रहेको छ ।
जिरीमा एण्डमण्ड हिलारीदेखि जुनको तावेइसम्मले पाइला टेके । तेञ्जिङदेखि आङरितासम्म सबैले जिरीको पानी पिउन

Thursday, December 19, 2013

लामाबगरको तरकारी काठमाडौंमा उपहारका रूपमा जान थाल्यो

दिलबहादुर केसी
लामाबगर (दोलखा), ३ पुस - लामाबगरमा उत्पादन भएको तरकारी उपहारका रूपमा काठमाडौं जान थालेको छ । कुनै पनि विषादी र रासायनिक मलको प्रयोग नगरी प्राङ्गारिक मल मात्र उत्पादन भएको रायोको साग, काउलीजस्ता तरकारी आजभोलि कर्मचारीहरूले काठमाडौंसम्म लैजान थालेका हुन् ।
चारैतिर भीर पाखा र सीमित उब्बजीयोग्य जमिनमा स्थानीय कृषकहरू तरकारी खेतीतिर आकर्षित हुन थालेपछि कृषकहरू दैनिक डोकामा तरकारी लिएर बिक्री गर्न गोंगर, लामाबगर र जगत बजारमा झर्ने गरेका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सुरु भएपछि तरकारीको समेत माग बढेको छ । कृषक बिहानै आयोजनाको कार्यालय र निर्माण कम्पनीको कार्यालय र भान्सासम्म तरकारी पु¥याउने गरेका

Wednesday, December 18, 2013

दोलखा मकै वारिका किसान खेतिमा .. उनको वार्षिक आम्दानी १० लाख रुपैयाँसम्म

दिलबहादुर केसी
दोलखा, २ पुस - भीमेश्वर नगरपालिका–१२ मकैबारीका कृषक शेरबहादुर तामाङ २५ रोपनी जग्गामा तरकारीखेती गर्छन् । उनको वार्षिक आम्दानी १० लाख रुपैयाँसम्म हुन्छ । तरकारीमा लागेपछि उनले कोदो मकैलगायतका अन्य बाली लगाउन छाडिसके । उनको घर वरपर सबै मौसमी तथा बेमौसमी तरकारी मात्र छन् ।
व्यावसायिक तरकारी खेतीमा लागेपछि अरु सबै खेतीको काम उनले छाडेका छन् । शेरबहादुर जस्तै

Tuesday, December 17, 2013

माथिल्लो तामाकोसीमा नेपालकै पहिलो सुरुङ सडक बन्ने

दिलबहादुर केसी-दोलखा १ पुस ।
लामाबगर–फलाक सडकको लामाबगरमा सुरुङमार्ग निर्माण हुने भएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थल आसपासको ६ सय मिटर सडकमा सुरुङ निर्माणका लागि सडक विभागले सुरुङ मार्फत सडकको ट्रयाक खोल्न लागेको हो ।
भौगोलिक कठिनाइका कारण सडक निर्माण जोखिमपूर्ण भएपछि माथिल्लो तामाकोसी प्रभावित क्षेत्रको सडक आयोजना मार्फत नै सुरुङ निर्माणको कामहुने भएको छ । आयोजनाको बाँधनिर्माणको काम आधा भन्दा बढी भइसके तापनि सडकको काम हुन नसकेपछि सडक विभागले प्रभावित सडक आयोजनाले नै निर्माण गर्ने निष्कर्ष सहितआयोजनालाई अनुरोध गरेको छ ।
लामा बगरमा निर्माण हुने सुरुङमार्ग नेपालकै पहिलो सुरुङ सडक हुने सडक विभागका अधिकारीहरुको दाबी छ । काठमाडौ कुलेखानी जोड्ने सुरुङमार्ग सुरु भएतापनि पूरा हुनेमा यो पहिलो हुने उनीहरुको दाबी छ । ३ वर्षअघि नै सडक विभागले टेण्डर गरेर ठेकेदार छनौट गरे पनिउल्लेख्य प्रगतिहुननसकेपछि छिटोछरितोका लागि विभागले आयोजनालाई नै दिन लागेको हो । आयोजनाले आयोजनाकै सिभिल ठेकेदार कम्पनी चिनीयाँ सिनो हाइड्रो कर्पोरेसन मार्फत निर्माण गर्ने छ । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले सडक विभागको अनुरोध अनुसार आयोजनाले सिनो मार्फत सडकको सुरुङ निर्माण गर्ने बताए ।
सडकको सुरुङ निर्माणका लागि आयोजना र डिभिजन सडक कार्यालय चरिकोटका अधिकारीहरु लामा बगरमा बैठक बसेर विदेशी परामर्शदाता सहित सिनोका अधिकारी सहित संयुक्त निरीक्षण समेत भइसकेको छ । आयोजनाका परामर्शदाता नरकन्सल्ट–ल्याहमेरका विशेषज्ञहरुले समेत आर्थिक तथा भौगालिक कारणले पनि बाहिरी सतहभन्दा सुरुङ मार्ग नै उपयुक्तहुने सुझाव दिएका छन् ।
copied by  karobardaily

Saturday, December 14, 2013

दोलखाको लागि पोखरेलका पाँच कुरा

(चिरञ्जीवि मास्के) दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभासद्हरूको आ–आफ्नै योजनाहरू सार्वजनिक भएका छन् । कोही विकासलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता गरिरहेका छन्, कोही संविधान निर्माणमा सक्रिय रहने कसम खाँदैछन्, कोही पार्टीको निर्देशनअनुसार चल्ने वचनबद्धता प्रकट गरिरहेका छन् । ६ सय १ जनाको यो भीडमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् आनन्दप्रसाद पोखरेलको कुरा भने अलिक फरक छ । दोलखा सिंगो नेपालको प्रमुख

Sunday, December 8, 2013

दोलखामा किन हार्‍यो एमाओवादी ?

बन्दुक बिसाएको झण्डै डेढ बर्ष पछि भएको पहिलो संविधान सभा निर्वाचन ०६४ मा दोलखा माओवादी भित्र एउटा छुट्टै माहोल थियो। सदरमुकाम चरिकोटको बसपार्क क्षेत्रको एउटा घरमा रहेको कार्यालयमा पूर्णकालिन कार्यकर्ताहरु बस्थे। सबैलाई कार्यालय भित्रै भात पाक्थ्यो। चुनावमा पार्टीलाई जिताउन उनीहरु कार्यालयमा बसेर प्रत्येक गाउँको योजना बुन्थे। त्यसबेला जिल्ला पार्टी कार्यालयको रौनक हेर्दा लोभलाग्दो देखिन्थ्यो। तर ०७० मा आइपुग्दा उक्त पार्टी कार्यालय दुलही अन्माएर पठाएको बिहे घर जस्तै सुनसान देखियो। निर्वाचनको तयारीकै सिलसिलामा पनि पार्टी कार्यालय मानिस नबसेको घर जस्तो गतिविधिविहिन र योजनाविहिन

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।