Saturday, December 7, 2013

दोलखाको विकल्प नेपालको पहिलो फिल्म नगरी


दिलबहादुर केसी-दोलखा, २० मंसिर । सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दोलखाको विकल्प नेपालको पहिलो फिल्म नगरी सरकारले नसोचेको बताएका छन् । लाँकुरीडाँडाको डाँङडुङेडाँडामा प्रस्तावित फिल्म सिटीको स्थलगत विहीबार आएका मन्त्री पौडेलले नेपाल सरकारले यहाँ बन्न लागेको फिल्म नगरीमा नै सरकारको ध्यान रहेको बताए ।
सरकारका तर्फबाट स्थलगत रुपमा नहेरी चलचित्र विकास बोर्डको प्रस्तावमा नै चालु आर्थिक वर्ष ०७०।७१को नीति तथा कार्यक्रमको बजेट बक्तव्यमा दोलखामा अन्र्तराष्ट्रियस्तरको फिल्म सिटी निर्माणको कार्यक्रम समाबेस भइसकेकाले यसमा कुनै परिवर्तन नहुने दाबी गरे । धेरैतिर मन डुलाउँदा कतै बन्न नसक्ने अवस्था

Sunday, December 1, 2013

माथिल्लो तामाकोशीमा सुरुङको काम सुचारु

-सञ्जीवकुमार दाहाल
दोलखा, १६ मंसिर । दोलखामा निमार्णाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ठाडो सुरुङ (पेनस्टक साफ्ट) को काम पुन सुचारु भएको छ ।

६ महिना अघि सिनो हाइड्रो कर्पोरेसन कम्पनीले चिनबाट ल्याएको रेजबोरिङ मेसिनमार्फत खन्ने ठाडो पेनस्टक साफ्ट विफल भएपछि काम रोकिएको थियो । परामर्शदाता कम्पनी ल्याहमेरको सहयोगमा सिनो हाइड्रोले विश्वको प्रसिद्ध जर्मनीको मेकोन इन्जिनियरिङ कम्पनीबाट मेसिन ल्याएको हो । जर्मनीबाट रेजबोरिङलाई गाइड गर्ने अर्को मेसिन ल्याएपछि काम सुचारु भएको हो ।
आयोजनाका प्रवक्ता एवं वाताबरण प्रमुख डा. गण्ँेश न्यौपानेका अनुसार पुरानो रेजबारङमा आरभीडीएस

Monday, November 25, 2013

दोलखाका ४१ उम्मेदवारको धरौटी जफत भयो

शम्भु गौतम। दोलखा, ९ मंसिर। दोस्रो संविधानसभा निर्वाचनमा दोलखाका तीन ठुला दलका ६ उम्मेदवार बाहेक अरुले धरौटी जोगाउन सकेनन् ।

दोलखाको दुबै क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ४७ ले उम्मेदवारी दिए पनि तीन ठुला दलका ६ जना बाहेकको धरौटी जफत भएको छ । दोलखा १ मा विभिन्न १५ वटा पार्टी र ७ जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिए पनि एमाले, नेपाली कांग्रेस र एमाओवादीका उम्मेदवारहरुले मात्रै धरौटी जोगाएका छन् । त्यसैगरी दोलखा २ मा विभिन्न २१ दल र ४ स्वतन्त्र गरी २५ ले उम्मेदवारी दिए पनि तीन ठुला दलका

Saturday, November 16, 2013

दोलखामा एमाले र एमाओवादीबीच झडप,२० जना एमाले कार्यकर्ता घाइते, ४ गम्भीर

म्भु गौतम..
 दोलखा, २९ कात्तिक । चुनावको दिन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ भने दलहरुबीचमा झडपका घटनाहरु पनि बढ्न थालेका छन् । यस क्रममा दोलखाको लादुकमा हिजो नेकपा एमाले र एमाओवादीका कार्यकर्ता बीचमा झडप भएको छ ।

झडपमा २० जना एमाले समर्थक घाइते भएको दोलखाका प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । एमाले कार्यकर्ता तारा केसी सहित ४ जना गम्भीर घाइते भएको र घाइतेलाई थप उपचारको लागि सिङ्गटी अस्पताल ल्याइँदै गरेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । गम्भीर घाइते भएका ३ जनाको नाम अझै खुल्न सकेको छैन ।

इलाका नं. ७ का संयोजक भरत ढुङ्गेल अध्यक्षतामा भइरहेको सभालाई एमाओवादी जिल्ला नेता कुलबहादुर बुढाथोकीको नेतृत्वको टोलीले आक्रमण गरेको एमाले नेता लालकुमार केसीले जानकारी दिनुभयो ।
साभार  हाम्रोकुरा.कम 

Wednesday, November 13, 2013

दोलखामा निर्वाचन पोष्टरले कांग्रेसमा विवाद


दोलखा, कार्तिक २६ - कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका एकजना उम्मेदवारको 'पोष्टर' बजारमा टाँसिएपछि दोलखा कांग्रेसमा बुधवार दिनभर चर्काचर्की भयो ।
दोलखाबाट सिफरिस भएकालाई वेवास्ता गर्दै अन्तैबाट सिफरिस भएका समानुपातिक उम्मेदवारको

Wednesday, October 30, 2013

चरिकोटमा बम राखेर अवरोध (फोटो फिचरसहित)

 दोलखा, १३ कात्तिक  - एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने चुनावी सभालाई विथोल्न नेकपा-माओवादीले बम राखेर अवरोध गरेको छ।बुधबार दोलखाको चरिकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्न दाहाल चरिकोट आउने भएपछि नेकपा-माओवादीका कार्यकर्ताहरुले जिल्लाको भीमेश्वर नगरपालिका–१३ स्थित चर्नावती खोला नजिक सडकमा बम राखेर अवरोध गरेका हुन् । उनीहरुले सडकमा बमका साथै रुख ढालेर अवरोध पु-याएका छन् ।

Monday, October 28, 2013

दोलखामा प्रमुख तीन दलहरू नै चुनावी प्रतिस्पर्धामा अगाडि

दोलखा, कार्तिक ११ - मध्यपूर्वको हिमाली जिल्ला दोलखामा प्रमुख तीन दलहरू नै चुनावी प्रतिस्पर्धामा अगाडि भएको आकलन गर्न थालिएको छ । अघिल्ला चुनावी परिणाम र यस पटकको गतिविधिका कारण यस्तो अनुमान गरिएको हो ।
२०६४ को संविधानसभा निर्वाचनमा एमाओवादीले क्षेत्र नम्बर १ बाट २२ हजार १ सय ८२ र २ बाट १८ हजार ७ सय ९३ मत ल्याएर जितेको थियो । नजिकको प्रतिस्पर्धीका रूपमा एमालेले १ बाट १२ हजार ८ सय ५ र २ बाट ११ हजार ९२ मत ल्याएको थियो । एमाओवादीको देवी खड्काले क्षेत्र नम्बर १ बाट एमालेका पशुपति चौलागाईंभन्दा ९ हजार ७७ मत बढी ल्याएर जितेकी थिइन् । तेस्रो भएको कांग्रेसका भीमबहादुर तामाङले १२ हजार ७ सय २ मत ल्याएका थिए ।
देवीलाई एमाओवादीले यसपटक समानुपातिकमा राखेर उनकै भाइ विशाल खड्कालाई प्रत्यक्षतर्फको

Sunday, October 27, 2013

माथिल्लो तामाकोशीलाई आफ्नो नीजि सम्पत्तिको रुपमा ब्याख्या गर्दै ...एमाओवादी

संजिब कुमार दाहाल
चरिकोट(दोलखा), कार्तिक १० । एकीकृत नेकपा माओवादीले दोलखाको लामाबगरमा निर्माण भैरहेको बुहुचर्चित माथिल्लो तामाकोसी जलबिद्युत् आयोजनाको स्वामित्वबाट दोलखालीलाई बञ्चित गराउने प्रपञ्च रचेको छ । एमाओवादीले आफ्नो घोषणापत्रमै तामाकोसीको १० प्रतिशत शेयर उसको भातृ संगठन सहिद तथा बेपत्ता

दोलखा एमाले नजिकिदो चुनावको मितिसँगै जाग्न थालेको छ

⇒ ५ हजार संगठित सदस्य अहोरात्र खट्दै
⇒ १ हजार शिक्षकहरु पनि उत्रिए
⇒ १७ जनवर्गीय संगठनका शक्ति परिचालित

संजिब कुमार दाहाल
चरिकोट , कार्तिक १० । प्रशस्त कार्यकर्ता, चलायमान संगठन र जनशक्ति भैकन पनि केही शिथिल देखिएको दोलखा एमाले नजिकिदो चुनावको मितिसँगै जाग्न थालेको छ । दोलखाका इमान्दार, जुझारु, समाजसेवी, बुद्धीजीवि र श्रमजीवि मजदूर तथा किसानहरु सम्मिलित एमालेको ५ हजार संगठित सदस्यहरु एमालेलाई जिताउन पूर्णरुपमा कार्यक्षेत्रमा खट्न थालेका छन् । एमालेको मेरुदण्ड मानिने शिक्षकहरुको सञ्जाल नेपाल राष्ट्रिय शिक्षक संगठनको

चरिकोटमा विभिन्न दल ,स्वतन्त्र उम्मेदवारहरुलाई लिखित प्रतिवद्धतामा हस्ताक्षर

संजिव कुमार दाहाल
दोलखा, कार्तिक १० । आगामी संविधानसभाका लागि निर्वाचित हुने प्रतिनिधिहरुलाई मतदाताप्रति जीम्मेवार बनाउनका लागि काठमाण्डौमा गठन भएको देशभरका युवाहरुको सञ्जाल 'तन्नेरी चासो'ले आजबाट अभियान सुरु गरेको छ । देशका विभिन्न १३ जिल्लामा सञ्चालन हुने अभियान आज दोलखाबाट सुरु गरिएको हो । कार्यक्रम अन्तर्गत आज दोलखाको चरिकोटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई

Friday, October 25, 2013

माथिल्लो तामाकोसीका मजदुरलाई सिनो हाइड्रोद्वारा दसैंतिहार खर्च


दोलखा, कार्तिक ७ गते । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले यस वर्ष दसैं खर्च र ७ दिन विदाको सुविधा पाएका छन् । आयोजनाको सिभिल निर्माणको जिम्मा पाएको चिनीया कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आफू मातहातका मजदुरहरुलाई यस वर्ष दसैं खर्च वापत एक महिना बराबरको तबल र ७ दिन विदा दिएको हो ।
सरकारी तथा गैर सरकारी निकायहरुमा कर्मचारीहरुले पाउने सुविधा अनुसार नै चिनीया कम्पनीले पनि

Thursday, October 24, 2013

दोलखामा कांग्रेस उम्मेदवारलाई एनेकपा माओवादीको अवरोध

दोलखा - नेपाली कांग्रेस दोलखा क्षेत्र नं १ का उम्मेदवार जिपछिरिङ लामालाई एकिकृत नेकपा माओवादीका कार्यकर्ताले दोलखाको जुगुँ गाउँमा अवरोध पुर्‍याएका छन्। झ्याकुको चुनावी अभियान सकेर जुँगु फर्कदै गरेका उनलाई एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले सडकमा रुख ढालेर झ्याकु र जुँगुको सिमानामा अवरोध पुर्‍याएको दोलखा कांग्रेसले जनाएको छ।
जुँगु एनेकपा माओवादीका उम्मेदवार बिशाल खड्काको गाउँ हो।
उनका दाजु ढालबहादुर खड्काको नेतृत्वमा गएराती सडकभरी ढुङ्गा थपार्नुका साथै रुख ढालेर अवरोध गरिएको कांग्रेसका जिल्ला नेता बर्मा लामाले बताए। सडकभरी रुख ढालेर साथै ढुङ्गा थुपारेर गरिएको अवरोधका कारण लामा सहितका कांग्रेस जिल्ला नेता र कार्यकर्ताहरुको टोली एक घण्टा सम्म रोकिएको थियो।
बिहLबार बिहान जुँगु आउदै गरेका उम्मेदवार लामाको टोली अवरोधमा परेको थाहा पाएपछि स्वस्फूर्त रुपमा स्थानियबासीले बञ्चरो, झ्याम्पल लगायतका हतौडा बोकेर अवरोध खुलाएका थिए। अहिले जुँगुमा कांग्रेसले चुनावी सभा गरिरहेको छ।
कांग्रेसको पक्षमा जनलहर उर्लिएको देखेपछि एनेकपा माओवादीले अत्तालिएको उम्मेदवार लामाले बताए।
  नागरिकबाट  साभार  

Sunday, October 20, 2013

दोलखामा 'हिपाथामी' लाई बिदावारी पूरा विवरण हेर्नुहोस


दोलखा, कार्तिक २ - नेवार र थामी जातिबीच परम्परापरादेखि सुसम्बन्धको प्रतीक 'हिपाथामी' जात्राका पाहुनालाई दोलखा बजारबाट सम्मानपूर्वक बिदावारी गरिएको छ ।
दसैं नवमीका दिनदेखि ऐतिहासिक नेवारी बस्ती दोलखा बजारमा सुरु हुने जात्राका मुख्य पात्रहरूलाई परम्पराअनुसार विधिवत् बिदा गरेपछि हिपाथामी जात्रा सकिएको हो । नेवारी र थामी जातिको मिश्रति सांस्कृतिक सम्बन्ध मानिने रोचक जात्रामा
आएका हिपाथामीलाई त्रिपुरासुन्दरीका पुजारीले प्रसाद दिएपछि विधिपूर्वक बिदाइ हुन्छ ।
परम्पराअनुसार देवीले दानवको खोजीमा सुराकी गर्न देवस्थल दोलखा बजारमा देवदूतका रूपमा गरेपछि हिपाथामी जात्रा सुरु भएको विश्वास गरिन्छ । दोलखा बजारबाट उत्तरतर्फ सुन्द्रावतीस्थित गाउँबाट बर्सेनि जात्रा देखाउने आउने २ जना हिपाथापी अर्थात् रगत थापेर खाने व्यक्ति आउँछन् । उनीहरूको सुसारे ४ जना हुन्छन् । २ दानवको प्रतीक टाउके अर्थात राँगाको टाउको बोक्ने हुन्छन् ।
नवमीको दिन १ डोको फूल त्रिपुरासुन्दरीमा चढाएर हिपाथामी धारामा नुहाएपछि उनीहरु दोलखा भिमेश्वर

Thursday, October 17, 2013

दोलखामा शोकका बीच खड्ग जात्रा सम्पन्न फोटो फिचर सहित

रवीन्द्र गौतम, दोलखा
 संवाददाता - कार्तिक बडा दशैँको शुरुमै दोलखाबासी चढेको बस दुर्घटनामा परी १० स्थानीयको मृत्यु र केही गम्भीर घाइते भई दोलखा बजार शोकमा डुबे पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा भने सम्पन्न भएको छ ।
फूलपातीको दिन दोलखाबासीले रिजर्भ गरेको बस दोलखाको लाकुरीडाँडामा दुर्घटना भई चालक र स्थानीय नौ जनाको मृत्यु र ३७ जना घाइते भए पनि परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा यस वर्ष पनि सम्पन्न भएको हो । स्थानीय १ सय ५४ परिवारमा घटनाले दुःख परेका कारण जात्रामा

दोलखाका युवा नेता बिसाल खडकाको अडियो अन्तर्वार्ता सुन्नुहोस

One Response to कार्यक्रम चिरफारमा ए. नेकपा माओवादि दोलखा क्षेत्र नं. १ का युवा उम्मेदवार विशाल खड्का सँगको कुराकनी …… ( 2070.06.23 )


बिसाल खडकाको अडियो अन्तर्वार्ता सुन्न यहाँ क्लिक 

Tuesday, October 15, 2013

दोलखा बजारमा नवमीको मध्यरातमा मेषबली पूजा

दोलखा, आश्विन २८ - नेवार समुदायको ऐतिहासिक, धर्मिक, सांस्कृतिक सहरले परिचित दोलखा बजारमा नवमीको मध्यरातमा मेषबली पूजा गरिएको छ ।
बजारका टोल र मन्दिरहरुमा पूजापाठा गर्दै कालरात्री (मध्यरात)को समय पारेर भीमेश्वर मन्दिरमा चार वटा

दोलखामा 'हिपाथामी' प्रारम्भ

दोलखा, आश्विन २९ - ऐतिहासिक सहर दोलखा बजारमा दैव्य शक्तिमाथि सत्यको विजयको स्वरुप मनाइने हिपाथामी जात्रा विजयादशमीको दिनदेखि सुरु भएको छ ।
चर्तुदशीका दिन अन्त्य गरिने यो जात्रालाई नेवारी र थामी समुदायको परम्परागत सास्कृतिक सम्बन्धको

दोलखाका उम्मेदवारहरू को को कस्ता ? पूरा हेर्नुहोस

दोलखा, आश्विन २९ - समाज परिवर्तन, उद्यम र आर्थिक विकासका योजना बनाउन सक्षम दाबी गर्ने उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँको २ निर्वाचन क्षेत्रमध्ये १ बाट प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरू ३२ देखि ६० वर्ष उमेरकासम्म छन् । त्यस्तै क्षेत्र नम्बर २ मा ५२ देखि ५५ सम्मका छन् । संविधान निर्माण प्रक्रियामा उमेरको खासै महत्त्व नहुने भए पनि आफूलाई युवा र पाका भनेर परिचय दिन

Sunday, October 13, 2013

दोलखा बजार शोकाकुल , दसैं संस्कार निरन्तर गरिने

दोलखा, आश्विन २७ - ऐतिहासिक, धार्मिक र नेवारी परम्परा भएको दोलखा बजारवासीमा दुर्घटनाको भयावह विपत्ति आइपरे पनि परम्परादेखि चल्दै आएको पूजापाठ र जात्राहरु निरन्तर गरिने निष्कर्ष निकालिएको छ ।
भीमेश्वर मन्दिरदेखि दर्जनौ टोल, डबली र मन्दिरहरुमा गरिने परम्परागत पूजाआजा र जात्राहरु शोकका

Wednesday, October 9, 2013

७ सदस्यीय दोलखा घोषण पत्र लेखन समिति गठन

दोलखा,असोज २२ गते । गत संविधान सभाको निर्वाचनमा मत खसाल्न जाँदा आफ्नो नाममा पहिले नै अरुले भोट हालि सकेकोले मताधिकार बाट बञ्चित हुनु परेको बास्तविबतालाई मध्ये नजर राख्दै नेकपा एमाले दोलखाले जिल्लाका सम्पूर्ण बुथमा सो अवस्था आउन नदिन तिब्ररुपमा पूर्ब तयारी पुरा गरेको हो ।अतिवादी एकिकृत माओवादी बाट आजित दोलखाली नागरिकलाई स्वतन्त्ररुपमा आफुलाई मन पर्ने पार्टीमा मत हाल्ने अवस्था सिर्जना गराउन पनि एमाले दोलखाले हरेक बुथमा जिल्ला कमिटी सदस्यहरुको कमाण्डमा टोली खटाई निर्वाचनको तयारीपुरा गरेको जनाएको छ । “मरेका मानिसको नाममा भोट खसाल्ने, बिदेशमा

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।